कोरोनाभाइरस: के गर्भमैं आमाबाट बच्चामा सर्न सक्छ र?


कोरोनाभाइरस अर्थात कोविड-१९ को असर आमा र गर्भको बच्चामा के असर हुन्छ? के गर्भमैं आमाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ र?

कोविड-१९ एउटा नयाँ भाइरस हो त्यसकारण यसलाई लिएर कैंयन जवाबहरु खोजिन थालिएको छ । गर्भवती महिला तथा उसको बच्चामा यसको असर कस्तो हुनसक्छ भन्ने विषयमा समेत अनुसन्धानहरु भइरहेका छन् ।

यस सम्बन्धमा बेग्ला-बेग्लै किसिमका घटनाहरु सार्वजनिक भएका छन् । कुनै घटनामा गर्भवती आमालाई कोरोनाको संक्रमण छ तर बच्चा पूर्णतः स्वस्त जन्मिएका छन् भने कुनै घटनामा आमा स्वस्थ छिन तर बच्चा जन्मिसकेपछि इन्फेक्शन भएको पनि भेटिएको छ ।

तर केही यस्ता पनि घटना छन् जसमा आमा कोविड-१९ बाट संक्रमित छिन तथा बच्चा पनि जन्मिएकै केही घण्टाभित्र नै कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् । यस्तो प्रश्न यो उठछ की के बच्चालाई गर्भमैं कोरोनाभाइरसको संक्रमण भइसकेको थियो त? के यस्तो सम्भव छ?

यस सम्बन्धमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले गरेको अध्ययन सार्वजनिक गरेको छ । जसमा भनिएको छ, “वर्तमान प्रमाणले पुष्टि गर्छ की गर्भ भित्र पनि आमाबाटै पनि बच्चालाई पनि कोविड-१९ को संक्रमण हुनसक्छ । तर, हरेक घटनामा संक्रमण हुन्छ नै भन्न सकिन्न तर हुन सक्छ ।”

पुरा रिपोर्ट पढ्नुहोस्ः
Guidance_for_Management_of_Pregnant_Women_in_COVID19_Pandemic_12042020

आइसीएमआर को अध्ययन अनुसार यस कुराको जानकारी अझै स्पष्ट छैन की इन्फेक्सन कुन स्तरमा हुन्छ तथा बच्चाको स्वास्थ्यलाई कतिसम्म प्रभावित गर्न सक्छ ।

आमाबाट बच्चामा कसरी सर्छ (ट्रान्सफर हुन्छ) भाइरस?
आमाबाट बच्चामा धेरै तरिकाहरुबाट सर्नसक्छ । तर जरुरी छैन कि गर्भमैं बच्चालाई भाइरसको संक्रमण भएको होस् ।

इस सम्बन्धमा भारतको स्त्रीरोग विशेषज्ञ डाक्टर शालिनी अग्रवाल भन्नुहुन्छ, “किनकी यो एक नयाँ रोग हो त्यसकारण यसका विभिन्न पाटोहरुको सम्बन्धमा अहिले अध्ययन भइरहेका छन् । केही भाइरस यस्ता हुन्छन् जुन आमाको गर्भबाटै बच्चामा सर्नपुग्छ । जस्तो की यदी आमालाई मलेरिया छ भने बच्चालाई पनि मलेरिया हुने सम्भावना प्रबल रहन्छ । एचआइभी (HIV) मा भने आमाबाट बच्चामा ट्रान्समिशनको आशंका न्यून रहन्छ ।”

“केही भाइरस यस्तो पनि छन् जसले बच्चालाई तबसम्म प्रभावित गर्दछ जतिखेर उसको जन्म भइरहेको हुन्छ । जन्म भएपछि बच्चा आमाको समिप रहने हुँदा भाइरसको संक्रमण हुनसक्छ । यो सम्भावना हरेक आमाले बच्चाहरुका साथ बदल्न सक्छ ।”

गर्भवती महिलाहरुलाई कोरोनाभाइरस संक्रमणको कति खतरा?
आइसीएमआर अनुसार गर्भधारणका क्रममा आमाको प्रतिरोधक क्षमता केही कम हुनजान्छ । त्यस क्रममा आमा कुनै पनि भाइरसबाट चाँडै संक्रमित हुन सक्दछिन् । पहिलेदेखि रहेका भाइरसहरुका सम्बन्धमा यो साबित भइसकेको विषय हो । सम्भावना छ कि कोविड-१९ को सन्दर्भमा समेत गर्भधारणका क्रममा यस्तो असर हुन सक्दछ ।

डाक्टर शालिनी अग्रवालले पनि यस विषयमा भनेकि छिन, “गर्भमा हुर्कँदै गरेको बच्चा आमा तथा बुवाबाट बनेको एउटा नयाँ अंश हुनेगर्दछ । उसको शरिरमा सामान्य प्रतिरोधक क्षमता भएको खण्डमा शरिरले बच्चाको विरुद्धमैं काम गर्नसक्दछ, यस्तो नहोस् यसै कारण गर्भावस्थाका क्रममा प्रतिरोधक क्षमता कम हुन पुग्छ ।”

आइसीएमआरका अनुसार कोरोनाभाइरस संक्रमणकालित यस अवधिमा समय अगावै बच्चा जन्मिएका घटनाहरु बढेका छन् तर यो भन्न सकिन्न की यो कोभिड-१९ का कारण भएको हो । यस विषयमा अझै अध्ययन भइरहेको छ ।

अहिले विश्वभर यस्तो कुनै ठोस प्रमाण छैन की कोभिड-१९ का कारण समयभन्दा अघि बच्चाको जन्म अथवा गर्भपतन भइरहेका छन् या अन्य किसिमका कुनै समस्या आइरहेका छन् ।

कसरी जोगाउने त?
गर्भधारणका क्रममा आमा तथा बच्चालाई कोभिड-१९ बाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने प्रश्नमा डाक्टर सालिनी भन्छिन्, “गर्भ भित्रको बच्चालाई संक्रमणबाट बचाउनु छ भने सबैभन्दा पहिले आमालाई संक्रमणबाट बच्नुपर्ने छ । यसका लागि त्यही सावधानी अपनाउनुपर्ने छ जुन सबैकालागि जारी गरिएका छन्ः”

– हाथ सफा राख्ने, मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम राख्ने, कसैसँग हाथ न मिलाउने, अंकमाल नगर्ने सो को सट्टा नमस्कार गर्ने,

– जसलाई जुनसुकै किसिमको इन्फेक्शन छ या कोभिड-१९ को लक्षण मेलखाने खालका ब्यक्तिसँग दूरी कायम राख्ने ।

– गर्भधारणका क्रममा यी सबै कुराहरुलाई कडाइका साथ ध्यान राख्न आवश्यक छ ।

– यदि आमालाई प्रसव अघि देखि नै कोरोनाभाइरसको संक्रमण देखिएको छ भने आवश्यक छैन की जन्मिने बच्चामा पनि संक्रमण अवश्य हुनेछ । परिक्षण पश्चात संक्रमण रहे नरहेको पत्ता लाग्छ नै । यसका लागि केही सावधानीहरु राखेमा बच्चालाई संक्रमणबाट बचाउन सकिन्छ ।

– बच्चालाई आमाको सास या ड्रपलेट्सबाट कुनै किसिमको संक्रमण नहोस् भनेर बच्चालाई आमाबाट केही समयका लागि टाढा राखिन्छ ।

के बच्चालाई आमाको दूध खुवाउन मिल्छ?
आमाको दूध नवजात शिशुका लागि सबैभन्दा उत्तम मानिन्छ । यसलाई एक किसिमले सम्पूर्ण आहारको मानिएको छ । कैंयन महिनासम्म बच्चाले केवल आमाकै दूधबाट नै आफ्नो पेट भर्ने गर्दछ ।

आमाको दूधमा कोभिड-१९ को असरका सन्दर्भमा पनि आइसीएमआरमा अध्ययन गरिएको थियो । अध्ययन अनुसार आमाको दूधमा कोभिड-१९ भेटिएको छैन । यस्तोमा बच्चालाई आमाको दूध खुवाउन सकिन्छ ।

यदि भाइरसको खतराको कारण बच्चालाई अस्थायी रुपले आमाबाट टाढा राखिन्छ र दूध खुवाउन लगाइन्छ भने यस सम्बन्धमा केही दिशा-निर्देश पनि जारी गरिएको छ ।

– आमा तथा बच्चालाई अस्थायी किसिमले टाढा राख्दा हुने सम्भावित खतरा तथा फाइदाका विषयमा आमासँग कुराकानी गर्नुहोस् ।

– जबसम्म कोभिड-१९ को परिक्षण हुँदैन त्यसबेलासम्म नवजातलाई एउटा बेग्लै कोठामा राखिनुपर्छ ।

– आमा यदि बच्चालाई दूध खुवाउन चाहन्छिन भने राम्ररी सेनिटाइज्ड गरिएको ब्रेष्ट पम्मको सहयोगले दूध निकालेर बच्चालाई खुवाउन सकिन्छ ।

– यदि आमा आफै बच्चालाई दूध खुवाउन चाहन्छिन भने हरेक पटक नवजातलाई दूध खुवाउनु अघि मास्क राम्ररी प्रयोग गर्ने तथा हाथ साबुन पानीले राम्री धूने तथा सेनिटाइज्ड गर्ने ।

बच्चाहरुको रोग प्रतिरोधक क्षमता धेरै नयाँ हुन्छ । त्यसले कुनैपनि किसिमको रोगलाई चिन्न सक्दैन । यसकै कारण बच्चालाई खोप दिइन्छ र निश्चित गरिन्छ की रोगहरुलाई बच्चाको शरिरले चिन्न सकोस् र त्यसबाट बच्न पनि सकोस् ।

गर्भवती महिलाहरुमा हल्का संक्रमण
आइसीएमआरका अनुसार गर्भवती महिलाहरुमा अहिलेसम्म भेटिएको कोविड-१९ संक्रमणका घटनाहरुमा संक्रमण हल्का देखिएका छन् र तिब्र गतीले सञ्चो पनि भएका छन् ।

गर्भादानको २८ हफ्तापछि जोखिम अत्याधिक हुन्छ । यस क्रममा इन्फेक्शन हुने खतरा बढ्न थाल्छ । त्यस बेला बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

हृदय रोगबाट पीडित महिलाहरुलाई बढी खतरा

कोरोना भाइरस महामारीले महिलाहरुमा प्रसवलाई लिएर चिन्ता तथा अवसादको खतरा बढाएको छ । यस्तो मा महिलाहरु तथा उनका परिवारलाई जहाँसम्म हुनसक्छ सहयोगको आवश्यक्ता पर्दछ ।

अध्ययनमा कुन कुराहरुको पुष्टि भएको छैन?
आइसीएमआरका अनुसार अहिलेसम्म अध्ययनमा यि कुराहरुको पुष्टि भएको छैन ।

– यस कुराको अझै प्रमाण छैन कि कोविड-१९ का कारण गर्भपतन या गर्भलाई कुनै अन्य किसिमको नोक्शानी हुन सक्छ ।

– यस कुराको प्रमाण छैन की नवजात शिशुमा कोविड-१९ को कारण जन्म अघि कुनैखालको विकृति हुन सक्छ ।

– अहिलसम्म यसको संकेत पनि प्राप्त भएको छैन कि कोविड-१९ को कारण गर्भपतन आवश्यक हुन्छ ।

यस बाहेक आइसीएमआरले प्रसवसँग सम्बन्धित दिशानिर्देश पनि जारी गरेको छ । जस्तो कि यस्तो घटनाका लागि अस्पतालमा कस्तो सुविधाहरु हुनुपर्छ तथा मेडिकल स्टाफलाई के के सावधानीहरु अपनाउनुपर्ने हुन्छ ।

गर्भवती महिलाहरुलाई तथा उनको बच्चाहरुमा कोरोना भाइरसको खतरालाई बिचार गर्दै उनको परिक्षणका सम्बन्धमा समेत आइसीएमआरले एउटा आदेश जारी गरेको छ ।

त्यस अनुसार हटस्पट क्षेत्रहरुमा रहेका जुन गर्भवती महिलाहरुको प्रसव हुनेवाला छ उनलाई कोविड-१९ को लक्षण देखिएपनि नदेखिएपनि परिक्षण तुरुन्त गराइयोस् । 


Loading comments...