GPS को चिनियाँ भर्जन Beidou प्रयोग गर्न पाकिस्तान तयार, जान्नुहोस् चिनियाँ GPS मा के के छ?


GPS from China Beidou: चीनले आफ्नो Beidou Navigation Satellite System (BDS) सार्वजनिक गरेको छ र यस ग्लोबल पोजिशनिंग सिस्टमलाई पाकिस्तानले प्रयोग गर्ने सम्बन्धमा सम्पूर्ण तयारी समेत गरिसकेको छ । प्रस्तुत छ यस सम्बन्धमा विशेष जानकारी केवल ‘लाइभमाण्डू’मा ।

चीनको BeiDou नेभिगेशन स्याटलाइट सिस्टम (BDS) को प्रयोग गर्नका लागि पाकिस्तानमा तयारी शुरु भएको छ । चीनको साथ बढ्दो एकापसी सम्बन्धका बीच पाकिस्तानले अमेरिकाको ग्लोबल पोजिशनिंग सिस्टम (GPS) माथीको निर्भरता कम गर्न खोजेको स्पष्ट पनि भएको छ । आफ्नै ग्लोबल पोजिशनिंग सिस्टम (BDS) राखेको चिन अब यस क्षेत्रमा अमेरिका पछि रुसको ग्लोबल नेभिगेशन स्याटलाइट सिस्टम (Glonass) तथा यूरोपियन यूनियनको ग्यालीलियो बाहेकको चौथो नेभिगेशन स्याटलाइट सिस्टमको रुपमा उभिएको छ ।

विशेषज्ञहरुका अनुसार BeiDou सक्रिए भएलगत्तै चीनलाई अमेरिकी GPS को उपयोगको आवश्यक्ता पर्नेछैन । यो चिनियाँ GPS स्मार्टफोन, चालकविहिन सवारी साधनहरु, विमान तथा पानी जहाजहरुलाई समेत सहयोग प्रदान गर्नेछ । यति मात्र हैन, यो चीनको महत्वाकांक्षी चालकविहिन तिब्रगतीका ट्रेनहरुको मार्गदर्शनमा समेत प्रयोग हुनेछ । BeiDou नेभिगेशन स्याटलाइट सिस्टम (BDS) सँग सम्बन्धित विशेष कुराहरुः

पृथ्वीबाट कतिको दूरीमा छ यो स्याटलाइट सिस्टम?
नेभिगेशन तथा स्पेशलिटी स्याटलाइट मीडियम अर्थ अर्बिट (MEO) मा २०००-३५,७८९ किलोमिटरको उँचाईमा हुने गर्दछ । साउथ चाइना मर्निङ पोष्टका अनुसार, “Glonass झण्डै १९,१०० किलोमिटरको उँचाईमा छ र ११ घण्टा १५ मिनेटमा पृथ्वीलाई एक फन्को मार्दछ । GPS २०,२०० किलोमिटरको उँचाईमा दिनमा दुईपटक पृथ्वीलाई परिक्रमा गर्ने गर्दछ । त्यहीं, BeiDou २१,५२८ किलोमिटरको उँचाईमा रहेको छ । यस पछि यूरोपियन यूनियनको ग्यालीलियो २३,२२२ किलोमिटरको उँचाईमा रहको छ । BeiDou GEO भने ३५,७८६ तथा IGSO ३५,७८६ किलोमिटरको उँचाईमा रहेको छ ।

कैंयन चरणमा लन्च गरियो BDS
BDS 1 अन्तर्गत तीन पटक GEO (Geosynchronous Equatorial Orbit) स्याटलाइट्स २००० देखि २००३ को बीचमा लन्च गरिएको थियो । त्यससँगै चीन रूस तथा अमेरिकापछि पहिलो कुनै देश बन्न सफल भएको थियो जसले आफ्नै स्याटलाइट नेभिगेशन सिस्टम तयार पारेको थियो । BDS-2 मा २००४ देखि २०१२ का बीच चीनले १३ वटा स्याटलाइट तयार पार्र्यो जुन एशिया-प्यासफिक क्षेत्रलाई समेटने क्षमता राख्थे । जसमा पाँच वटा GEO स्याटलाइट थिए भने ५ वटा IGSO (Inclined Geosynchronous Orbit) स्याटलाइट तथा ५ वटा MEO स्याटलाइटहरु रहेका थिए । BDS-3 अन्तर्गत २३ जुन, २०२० मा लन्च गरियो, मार्च ३ बी रकेट सिचुआन प्रान्तमा शिचान्ग स्याटलाइट लन्च सेन्टरले स्याटलाइट उडायो जसले BDS-3 सिस्टमलाई पूरा गरेर चीनलाई आफ्नै ग्लोबल पोजिशनिंग सिस्टम (GPS) दिन सफल भयो । त्यसमा २४ वटा MEO, ३ वटा IGSO तथा ३ वटा GEO स्याटलाइटहरु संलग्न छन् ।

कत्तिको सटीक छ Beidou?
सन् २०१९ को अन्त्यतिर एकातर्फ चीनको हुवान प्रान्तमा कोरोना महामारी देखिन थालेको थियो भने अर्को तर्फ त्यस बेला चीनसँग १५५ फ्रेमवर्क रेफरेन्स स्टेशन तथा २२०० भन्दा पनि बढि क्षेत्रीय स्टेशनहरु थिए जुन देशभरी सिस्टमको सटीकता सुनिश्चित गर्नका लागि अपरेट भइरहेका थिए । फ्रेमवर्क रेफरेन्स स्टेशनले रियल-टाइममा मीटर तथा डेसिमीटर स्तरमा नेभिगेशन सर्भिस दिने गर्दछ । जबकि क्षेत्रीय स्टेशन सेन्टिमीटर स्तरमा नेभिगेशन सर्भिस दिने गर्दछ । ग्लोबल एरियामा यसको सटीकता १० मीटर सम्म छ जबकि GPS को सटीकता ७.८ मीटर सम्म रहेको छ । त्यहीं, ग्यालीलियोको सटीकता ४ मीटर तथा Glonass को सटिकता ४ देखि ७ मीटरको बीचमा रहेको छ ।

पाकिस्तान पनि चीनको GPS प्रयोग गर्नका लागि तयार
पाकिस्तान ले पनि आफ्नो देशमा अब BeiDou को प्रयोग गर्नेछ । पाकिस्तान तथा चीनका बीच रक्षा तथा रणनीतिक सहयोग अन्तर्गतको एउटा भाग हो यो कदम । चीन आफ्ना नजिकका देशहरुमा अमेरिकाको GPS को प्रभाव कम गर्न चाहन्छ तथा एशियामा आफ्नो मात्र नेभिगेशन सिस्टमलाई प्राथमिकतामा राख्न चाहन्छ । चीनको स्याटलाइट नेभिगशन अफिसले पाकिस्तानमा BeiDou को प्रयोगका लागि Continuously Operating Radar Station तयार गर्ने सन्दर्भमा सहमति जनाइसकेको छ । यसबाट पाकिस्तानलाई सर्वे, म्यापिङ, निर्माण कार्ण तथा वैज्ञानिक सोध तथा अध्ययनमा सहयोग मिल्नेछ ।

यसै सन्दर्भमा ‘इण्डिया टूडे’ लेख्दछः


Loading comments...