मध्यपूर्वमा चीनको नयाँ ‘तेल नीति’


दोश्रो विश्वयूद्धपछिको विश्वमा पश्चिमी र पूर्वी शक्ति केन्द्रहरुले बिश्वभरिका देशहरु अनि क्षेत्रहरुमा आआफ्नो प्रभाव जमाउन निकै मेहनत गरेको पाइन्छ । अमेरिका अनि पश्चिमा शक्तिहरुले मध्यपूर्वमा ब्यापार साझेदारी, कुटनैतिक तवर अनि सैन्य उपस्थिती गराएर आफ्नो प्रभाव जमाउन थालेको अवस्थामा चीनले भनें मध्यपूर्वको रणनैतिक देशहरुसंग आफ्नो प्रभाव कायम राख्न तेल खरिदको नयाँ नीति ल्याएको हो ।

चीन विश्वको सर्वाधिक ठूलो कच्चा तेलको आयातकर्ता देश हो, मध्यपूर्वका मुख्य निर्यातकर्ता देशहरु लगायत सानाठूला सबै देशसंग चीनले तेल आयात गर्दछ । तेल नीतिका कारणले मध्यपूर्वका देशहरुको आन्तरिक मामिलामा पर्दै नपरि ब्यापार मार्फत निकट रहन अनि प्रभाव जमाउन चीनलाई मद्धत पुगेको स्पष्ट छ । कोभिडको महामारीका बिच चीनमा पर्यटन घटेर गएको र ब्यापार वाणिज्य अनि हवाईयात्रामा पनि समस्या आएको अवस्थामा चीनमा कच्चा तेलको माग भने कम भएको स्पष्ट छ ।

गत अप्रिल २०२० मा अमेरिकामा तेलको मुल्य शून्य डलरभन्दा तल पुगेको थियो, यसको अर्थ यो हुन्छ कि त्यवखत तेल निर्यातकर्ता देशहरुले बिक्रेतालाई उल्टै पैसा दिएका थिए । जुलाईमा अन्तराष्ट्रिय मनिटरी फण्डको अध्ययनका अनुसार मध्यपूर्वका तेल बजार कम्तिमा पनि २७० विलियन डलरको घाटामा पर्ने तथ्य थियो । चीनले अहिले चाँही आफ्नो आयातमा निकै तिब्रता ल्याएको छ, आर्थिक् रिकोभरिका नाममा चीनका ब्यापारीहरुले मध्यपूर्वका देशबाट सकेसम्म धेरै तेलहरु आयात गर्ने प्रयास गरिरहेका छन्, साउदी अरब लगायतका देशहरुमा तेलको उत्पादनका तुलनामा तेलको निर्यात सन्तुलनमा आइसकेको नै छैन ।

यसका साथै मध्यपूर्वका देशहरुको अहिलेको तेल नीति अनि अर्थतन्त्रको उकालो लगाउने मेरुदण्ड नै चीनको हातमा गएको बताइन्छ, मध्यपूर्वका केहि साना तर समृद्ध देशहरु र राजपरिवारहरु अब सामान्य अर्थतन्त्रको चलायमानताका लागि पनि चीनसंग क्रृण लिनुपर्ने अवस्थामा पुगेको बताइन्छ । यस्ता देशहरुमा आमोन लगायतका देशहरु पर्दछन्, सम्पूर्णरुपमा राजपरिवारले चलाएका यि देशहरु सामाजवादी तर गैरप्रजातान्त्रिक देशहरु हुन् । मध्यपूर्वका केहि देशहरुमा चीन्ले साझेदारीमा परियोजनाहरु गर्दै आएको छ, ओमानी शहर डुममा चीनको सहकार्यमा औधोगीक पार्क निर्माण भइरहेको छ, अब चीनले यदि मध्यपूर्वका देशहरुबाट तेलको आयातमा कमी गरिदिने मात्र हो भनें पनि मध्यपूर्वका देशहरुको अर्थतन्त्रमा ठूलो चलायमानता आउनेछ, सन् २०१८ मा मात्र चीनले यमन, ईराक र सिरियाको सबैभन्दा ठूलो कच्चा तेल खरिक गर्ने देश घोषणा गरेको थियो ।

साउदी अरब र यूएई जस्ता देशहरु पनि महामारीको घट्दो अर्थतन्त्रमा तेलको निर्यातले आफ्नो लागि आर्थिक कुशन बनाउने तयारीमा लागेका छन् यद्धपी ईराक, लिविया र सिरियाजस्ता देशहरु आन्तरिक द्धन्द्ध र बाह्य हस्तक्षेपका कारणले तेल नीतिमा आत्मनिर्भर हुन नसकेको अवस्थमा चीनको साथ यि देशहरुको लागि वरदान सावित भएको थियो । अहिले ओरालो लागेको मध्यपूर्वको अर्थतन्त्रका लागि चीनको आयात ठूलो मल्हम त सावित भएको छ तर चीनको प्रभाव स्वरुपमा यसको अवसर मूल्य धेरै हुन सक्दछ ।


Loading comments...