सुशान्त सिंह राजपूत कथित आत्महत्या नयाँ मोडतर्फः प्राविधिक रफिक भन्छन् ताल्चा तोडेपछि मलाई ढोका खोल्न दिइएन


मुम्बई, ०६ भाद्र, २०७७ । ‘ताल्चा तोड्ने बित्तिकै मलाई गइहाल्न भनियो’ – सुशांत सिंहको घरको ताल्चा तोड्ने प्राविधिक रफिक भारतीय समाचार च्यानल रिपब्लिक इण्डियाको सम्पर्कमा ।

सुशान्त सिंह राजपूत कथित आत्महात्याको खबर जहिलेदेखि सार्वजनिक भएको छ त्यही दिनदेखि नै दैनिक केही न केही नयाँ लुकेका कुराहरु सामुन्ने आइरहेका छन् जसले घटनालाई अझै पेंचिलो बन्दै गइरहेको छ । सुशान्तको कथित आत्महत्याको दिन घटनाभएको कोठा भित्रबाट बन्द रहेको बताइएको थियो र त्यो खोल्नका लागि ताल्चा फोड्ने प्राविधिकलाई सम्पर्क गरिएको थियो । र बन्द ढोका खोल्न गएका प्राविधिक हुन मुम्बइका रफिक, उनिसँग रिपब्लिक मिडिया नेटवर्कले घटनाका दिनका विषयमा कुराकानी सहितको सामाग्री प्रशारण गरेको छ ।

कुराकानीका क्रममा ताल्चा फोड्ने प्राविधिकले त्यस दिन के के भयो त्यस सम्बन्धमा विस्तारमा बताएका छन् । उनीसँग सोधियो की के त्यो तपाईँनै हो जसले १४ तारिख का दिन सुशान्त सिंहको कथित आत्महत्या भनिएको भित्रबाट लक भएको कोठाको ताल्चा फोड्न जानुभएको थियो? उनले हो, घटनाका दिन म नै त्यहाँ ताल्चा फोड्न गएको थिएँ ।

मलाई अपरान्ह करिब १ बजे फोन आयो र भनियो. “एउटा कोठा भित्र कोई सुतेको छ र फोन गर्दा उठाइरहेको छैन र धेरै बेरसम्म ढोका ढक्ढक्याउँदा पनि ढोका खुलिरहेको छैन ।” त्यसपछि मैंले भने भने कुन ठाउँमा हो? त्यसपछि उनीहरुले घटनास्थलको ठेगाना बताएका थिए । मैले भने, “मलाई एक पटक लक्ड कोठाको फोटो पठाउनुहोस्, फोटो हेरेर म म ताल्चा फोड्ने सर-सामान लिएर आउँछु ।” मलाई फोटो पनि पनि पठाइयो तर जब म घटनास्थलमा पुगेर हेर्दा त्यो अर्कै कोठाको ताल्चाको फोटो पठाएका थिए जुन खुल्लै थियो ।

किनकी उनीहरुले मलाई भनेका थिए कोई भित्र सुतेको छ यसकारण मलाई लाग्यो कि पक्कै पनि कोई ६०-७० वर्षका जेष्ठ्य नागरिक होलान् । फेरी मलाई कसैले यसो त्यसो बताउँदा पनि बताएन कि भित्र सुशान्त सिंह राजपूत छन् र धेरै बेरदेखि फोन उठाइरहेका छैनन, ढोका पनि खोलिरहेका छैनन । यस्तो केही भनिएको भए मलाई पक्कै शंका हुन्थ्यो होलाः ताल्चा फोड्ने प्राविधिक

रफीक अगाडी थप्छन्, “पठाइएको फोटोमा ढोका खुल्ला थियो, त्यो फोटो पठाउँदै भनियो कि यस्तै खालको ताल्चा छ जसलाई खोल्नुपर्ने छ, यस्तै भनेका थिए ।” मैले नाई भने, “यो फोटोले त हुँदैन । जुन ढोका खोल्नुपर्ने हो त्यसको फोटो पठाउनुहोस् ।” यति भनेपछि फेरी उनले जुन ढोका बन्द थियो त्यसको फोटो पठाएका थिए ।

जब टिभि प्रस्तोताले सुशान्तको घरमा पुग्न लागेको समय तथा त्यहाँ नोटिस गरिएका विभिन्न विषयहरुका सम्बन्धमा प्रश्न गरे अनि रफिक बताउँछन्, “मलाई बोलाइएको स्थानमा पुग्न मुस्किलले १५-२० मिनेटको समय लागेको हुनुपर्छ । छैठौं तल्लामा थियो उनको फ्ल्याट । कोलोनीमा पुगेपछि गेटपाले (द्वारपाल) लाई अन्य केहीमा व्यस्त देखें । मैले माथि जानका लागि सोध्न पनि खोजे । किनकी प्राय हामी कुनैपनि घर वा बिल्डिङमा पुगेपछि गेटपालेलाई बताउने गर्छौं कि कुन उद्देश्यले आएका हौ । मैले कुरिन किनकी बेडरुमको ताल्चा तोड्नुपर्ने हो बिल्डिङको त हैन, मुख्य ढोका भएको भए त ५-१० मिनेट रुकेर भएपनि सोधेर मात्र भित्र जान्थे ।”

उनी अगाडी थप्छन्, “जसले बोलाएको हो उसकै बेडरुम हो त फेरी किन सोधिराख्नु पर्र्यो भनेर मैले सोधिन किनकी अर्जेट छ भनेर मलाई बोलाइएको थियो । त्यस कारण मलाई बताइएको अनुसार म छैठौ तल्लामा गएँ र घण्टि बजाएर भित्र पुगें । भित्र गएपछि मलाई भनियो कि ड्यूप्लेक्स फ्ल्याट हो अनि सातौं तल्लामा मलाई लगियो । माथि लगेर मलाई एउटा कोठा देखाइयो र भनियो ‘यो कोठाको लक खोल्नु छ ।’ मैले उक्त कोठाको लक खोल्न थालें र ५-७ मिनेट भइसकेको थियो त्यहाँ भएका मध्येले भने अलि चाँडो गर यस्लाई छिटो खोल्नु छ ।

त्यसपछि ताल्चा तोड्ने प्राविधिक रफिकले भने, ‘उसो भए लक तोड्नुपर्छ’ उनले भने हुन्छ तोडिदेउ, तर चाँडै ढोका खोल । जसोतसो मैले लक तोड्ने कोशिस गरिरहेको थिएँ । स्क्रू तथा हथौडीले लकलाई बलपूर्वक हानीरहेको थिएँ जसले गर्दा ठूलो आवाज आइरहेको थियो । मलाई बोलाउनेहरु ढोकामा कान लगाएर सुनिरहेका थिए र मलाई भनि पनि रहेका थिए कि भित्रबाट ढोका खुल्ने बित्तिकै तिम्ले काम रोक्नु, भित्रबाट अलिकति आवाज मात्र पनि आयो भने काम रोकिहाल्नु ।

टिभी प्रस्तोताले त्यसपछि त्यहाँ उपस्थित मानिसहरुको संख्या तथा कुनै किसिमको आशंकाका सम्बन्धमा प्रश्न गरेपछि रफिक भन्छन्, “कुनै शंका त मलाई भइरहेको थिएन । म त लक खोलीरहेको थिएँ र त्यहाँ उपस्थितहरु आरामले कुराकानी गरिरहेका थिए । मलाई कुनै शंका लागेन, मैले सोंचे की भित्र कोही जेष्ठ्य नागरिक हुनुहोला, उनीहरुले भलाई भित्र को छ भन्ने बारेमा बताएका थिएनन । केवल मलाई यत्ति भनिएको थियो की भित्र कोई सुतिरहेको छ र फोन गर्दा उठाइरहेको छैन, ढोका ढकढक्याउँदा समेत ढोका खुलिरहेको छैन भनेपछि लाग्यो पक्कै कोई जेष्ठ्य नागरिक नै हुनुपर्छ ।”

टिभी प्रस्तोता फेरी सोध्छन्, “तपाईंले सोध्नुभएन कि भित्र को छ, तपाईंलाई लागेन सुशान्त सिंह राजपूत हुन या त्यो घर सुशान्त सिंह राजपूतको हो भनेर ?”  प्रस्तोताको प्रश्नको उत्तर दिंदै रफिक भन्छन्, “नाई मलाई थाहा थिएन, मलाई यदि त्यो घरको बारेमा जानकारी हुन्थ्यो भने वा यस्तो केही लागेको भए मैंले उनीहरुलाई सबैभन्दा पहिले प्रहरीलाउन बोलाउन भन्थें, मलाई त लाग्यो कोई जेष्ठ्य नागरिक भित्र छन् । किनकी उनीहरुले मलाई भनेका थिए कोई भित्र सुतेको छ यसकारण मलाई लाग्यो कि पक्कै पनि कोई ६०-७० वर्षका जेष्ठ्य नागरिक होलान् । फेरी मलाई कसैले यसो त्यसो बताउँदा पनि बताएन कि भित्र सुशान्त सिंह राजपूत छन् र धेरै बेरदेखि फोन उठाइरहेका छैनन, ढोका पनि खोलिरहेका छैनन । यस्तो केही भनिएको भए मलाई पक्कै शंका हुन्थ्यो होला । म त्यति खेर अवश्य भन्थे कि पहिले प्रहरीलाई बोलाउनुस्, म ढोका खोल्दिन ।”

टिभी प्रस्तोता पुनः सोध्छन्, “अर्थात बिना साँचोको प्रयोग ताल्चा लक हुन्न?” रफिक तुरुन्त प्रतिवाद गर्दै भन्छन्, “नाई साँचो बेगैर ताल्चा लक हुन सक्दैन, यस्तो खालको ताल्चामा एएटा ह्याण्डल रहन्छ, जुन त्यो साँचो राखेने दूलो हुन्छ त्यसको माथी ह्याण्डल रहन्छ र ढोका भित्र तथा बाहिर दुवैपट्टीबाट साँचोको प्रयोगले ढोका खुल्छ । र तल जुन मुख्य लक हुन्छ त्यसलाई घुमाउन मिल्छ जसलाई हाथले घुमाएर बन्द हुन्छ तर यदि बाहिरबाट खोल्नुपर्ने हो भने त्यो खोल्न साँचोको आवश्यक्ता पर्दछ ।”

यस कुराकानीको पुरा भिडियो यहाँ हेर्नुहोस्ः


Loading comments...