‘ट्रम्प’का ब्यूटिफुल झुठहरु!


अमेरिकी राष्ट्रपति चुनाव आसन्न छ, अमेरिकाको समाज अनि राजनितिले ट्रम्पको पालामा जस्तो उदागों संकट अनि कार्यदिशाको स्पष्टता दुबै बिरलै देखेको छ । ट्रम्प मेरा लागि नौलो व्यक्ति थिएनन, राष्ट्रपतिय चुनावको मैदानमा आउनु अगाडिनै ट्रम्पलाई द एपरान्टाइस शो नामक रियालीटी शो मा निर्णयकका रुपमा मैले चिनेको हुँ, उनी स्पष्ट, खरो अनि घमण्डी तिनै गुणले भरिएका थिए ।

suyog dhakal
लेखकः सुयोग ढकाल

‘डब्लुडब्लुई’ – WWE मा पनि झुल्किएका ट्रम्प रसिक, स्पष्ट अनि ब्यापार बुझेको थिए, राजनितिमा पनि यिनी आए, पपुलीस्ट नेता भएर । मिडिया बुझेकाहरुलाई राजनितिमा सहज हुन्छ, ट्रम्पले अपत्यारिलो गरेर हिलरीलाई पराजित गरे, यिन्को ट्रवीटरको ह्याण्डल र टिभी अन्र्तवार्ता नै यिनको हतियार भयो अनि यिनले यदाकदा घृणाको राजनिति पनि गरे, मुसलमान अनि आप्रवासीहरुका खुलेर बिरोध गर्ने ट्रम्प रेड इन्डियन्सहरुका लागि भगवान नै भए, स्थानीय अमेरिकी राष्ट्रवादको प्रतिमूर्ति यिनले फेरि भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणमा अमेरिकामा रहेका भरात्ीय मूलका नागरीकहरुलाई गरेको सम्वोधन, भारतमा आएर गरेका भाषणले यिनको पपुलीज्मलाई झनै चूलीमा लिएर गयो । मेरा लागि अहिले विश्वमा ट्रम्प र मोदी मात्र सहि पपुलीस्ट नेताहरु हुन् । म यि दुईको अन्र्तवार्ता नछुटाइकन टिभीमा हेर्छु, गत महिना फक्स टिभीमा ट्रम्पको अन्र्तवार्ता हेरेको, यिनले बहुतै सुन्दर रुपमा हामील्े दुईवटा विश्वयूद्ध जित्यौं, ति सुन्दर विश्वयूद्धहरु भयंकर थिए तर हामीले जित्यौं भनेंर बताए । आज म यहाँवाट नै शुरु गर्दछु ।

ट्रम्पबाट स्पष्टताको अपेक्षा गरिन सकिन्छ तर तथ्यगत रुपमा यिनका कुराहरुमा विभेद पाइन्छ । ट्रम्पलाई गज्जबको शब्दहरु चयन गर्नसक्ने राम्रो ज्ञान छ, यिनले ट्रिमेन्डस, अमेजिङ, ब्यूटिफुल जस्ता शव्दहरु धेरै प्रयोग गरेको पाउँछु, आफ्ना भाषणमा चिप्लनु अनि तथ्यहरुलाई यतात्यता पार्नु त पपुलीस्टको सीप नै हो, धर्म हो ।
सन् २०१६ मा बेल्जियमलाई ट्रम्पले झुक्किएर ब्युटीफुल सिटी भनेंर भनिदिए, उनी त्यहाँ सामन्य ज्ञानमा चिप्लीए, यो पनि यिनको व्यूटीफुल झुठ नै हो, ट्रम्पको छवी यि तथ्यहरुको सत्यता र रिलेभेन्सीभन्दा निकै पर छ ।

यिनले ब्यूटिफुल हेल्थ केयर बिललाई ओबामा केयरको साटो पैरवी गरे, ब्यूटिफुल हेल्थकेयर बिल । मेक्सिको सिमामा रियल, हाई र ब्यूटिफुल पर्खाल लगाउने निर्णयमा पनि ट्रम्पले ब्यूटिफुल शब्द थप्न छाडेनन । हुन त कोरोनाकाल अघि पहिलेभन्दा धेरै मेक्सिकोबाट अमेरिका छिर्ने अवैधानिक आप्रवासीहरुको संख्या बढेको तथ्यले देखाउँछ, ट्रम्पको ब्यूटिफुल झुठको अर्थ र आशयमा फरक छ ।

मध्यपूर्वका देशहरुसँगको व्यूटिफुल समबन्ध स्थापनार्थ ट्रम्पको पालामा भएको भयंकर हतियार डिलहरु पनि त व्यूटिफुल छैनन तर ट्रम्पको व्यूटि फेर यसैमा छ । ट्रम्प एक राष्ट्रवादी नेता हुन्, यिनलाई चिन्न र जान्न अमेरिकी हुनपर्दछ, कुनै अर्को देशको आप्रवासी या अनागरीक भएर ट्रम्पलाई चिन्न खाजेमा ट्रम्पको देशप्रेमका लागि अन्याय हुनेछ, ट्रम्पले दुई कुरा बुझेका छन्, ब्यापार र देशप्रेम ।

ट्रम्पले मुद्दाहरु पर सार्न जानेका छन्, कतारसँगको अमेरिकी सैन्य समबन्धका कारणले अमेरिका कतारसंग निकट हुन पर्ने पाइन्छ तर फेरि साउदी अरब र उस्का गल्फ अलाइसहरुले कतारमाथि नाकाबन्धी लगाँउदा अमेरिका मौन बस्यो अनि त्यसको ध्यान हटाउन ईरानमाथि खनियो, ट्रम्पले ध्यान तान्न र हटाउन पनि जानेका छन् । ट्रम्प यस शदीका महान नभएपनि बाठा नेता हुन्, यिनले ईरान काण्डमा अन्तमा गरेको निर्णयले मैले यिनको शान्तिप्रेम पनि देखेँ । उत्तर कोरिया मुद्धामा जनवरीमा मेरो टेबलमा तेरो भन्दा ठूलो बम पड्काउने स्वीच छ भनेका ट्रम्प केहि महिनामा नै उत्तर कोरियाली नेतृत्वसंग बैठकका लागि पुगे, यिनले ईगोलाई साइडमा राखेर मुद्धालाई अघि ल्याए, ट्रम्पमा भएको दम नै यिनको आकर्षण हो, शायद !

यिनी झुठ पनि ब्यूटिफुल्ली बोल्दछन् । ब्यूटिफुल्ली इज्रेलप्रतिको बफादारिता निभाँउदै इज्रेलको राजधानी सार्ने ट्रम्पको निर्णय राष्ट्रसंघले पारित नगर्दा ट्रम्प घाइते भएका थिए, यिनको पीडा र आक्रोश फेरि निकी हेलीले राष्ट्रसंघमा बडो चित्तोकर्षक रुपमा राखिन् । इतिहासमा पहिलो पटक भन्नुपर्दछ, अमेरिका राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन दुवैसँग यति पर भएको छ, कोरोनाकालमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थय संगठनको कार्यशैलीमाथी गरेको शंका तथा देशमा गरेको बहिष्कारले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध छताछुल्ला भएको छ, हेरौं अझै के हुन्छ ।

ट्रम्पका लागि चुनाव जित्न कोभिड महामारी पनि एउटा अवसर हो, अमेरिकाले घुँडै त टेकेन तर स्वाभिमानीपूर्वक कोभिडसँग लडिरह्यो, अझै लडि नै रहेको छ ।

यिनका व्यक्तिगत काुननी सल्लाहकर्ता डुभिड फ्रेडम्यानलाई इज्रेलको लागि अमेरिकी राजदुत नियूक्त गरेर ट्रम्पले ब्यूटिफुल बेबी नामाकरण नै गरिदिए, एनीहेलीशन प्यानको मध्यपूर्वमा भएको बिरोधले उक्त ब्यूटिफुल बेबीको ब्यूटि पनि देखियो ।

मोहम्मद विल सल्मान साउदीका राजकुमार हुन्, उनी केहि राजनैतिक हत्या र प्रतिशोध अनि राजपरिवारका सदस्यहरुलाई नै कैदमा राखेका कारणले आरोपमा छन्, यद्धपी सल्मानले ट्रम्पलाई पठाएको ब्यूटिफुल बर्थ-डे कार्डको ब्यूटीमा कतै खग्गोशीको हत्यामा अमेरिकाको ब्यूटिफुल साइलेन्स अडिएको त छैन, इवूटिनेसको अनेकन परिभाषा ट्रम्पको ब्यूटिफूल अभिव्यक्तिमा छ । अमेरिकाका लागि ट्रम्प एक राष्ट्रभक्त हुन्, आउने चुनावमा यिनको ब्यूटि प्रमाणित हुनेछ ।


Loading comments...