मौसमको मूडः कस्तो छ आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्


काठमाण्डौ, ०७ भाद्र, २०७७ । हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ०७ गते (आइतबार)
दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०८ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०९ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


Loading comments...