आज बिहान ११ देखि ३ बजेसम्म उपत्यकाको केही स्थानमा विद्युत आपूर्ती ठप्प हुने, कुन कुन स्थानमा हुनेछैन विद्युत?


काठमाण्डौ, ०७ भदौ, २०७७ । काठमाण्डौ उपत्यकामा आज केही स्थानमा बिहान ११ बजे देखि ३ बजेसम्म विद्युत आपूर्ती बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार नयाँ फिडर तानी जडान गर्नका लागि केही घण्टा समय आवश्यक हुनेभएको हुँदा पुल्चोक वितरण केन्द्रबाट ब्यवस्थापन गरिने विद्युत आपूर्ती बन्द हुने भएको हो । पुल्चोक वितरण केन्द्रबाट टेकु रिङरोड फिडरमा वितरित ११ के.भी. प्रशारण लाइनमा नयाँ फिडर तानेर जडान गर्नुपर्ने भएको हुँदा आज बिहान ११ बजेबाट ५ घण्टासम्मका लागि विद्युत अवरुध (सट डाउन) हुने कुरा प्राधिकरणले जनाएको छ ।

पुल्चोक फिडर अन्तर्गत बागडोल क्षेत्र वरिपरी, सनराइज टावर, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम वरिपरी, चाइनीज क्याम्प लगायतका क्षेत्रमा उक्त फिडरबाट विद्युत उपभोग गरिरहेकाहरुको विद्युत आपूर्ती ५ घण्टाका लागि ठप्प हुनेभएको हो ।

साथै नेपाल विद्युत प्राधिकरणले आधिकारीक वेबसाइटमा सूचना जारी गर्दै लेखेको छ, “ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै‌ं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”


Loading comments...