Lifestyle Portal
  •   २१ फाल्गुन २०७७, शुक्रबार
satbij

आज बाला चुर्तुदशी

२० मंसिर २०७५, बिहीबार ०५:०५

अर्जुन भण्डारी
अर्जुन भण्डारी

आज बाला चुर्तुदशी, जानु भयो त सत वीज छर्नको लागि ? आउनुहोस बाला चर्तुदर्शीको पेरिफेरीमा केहि बात गरौँ । आजको दिनलाइ मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ । आजको दिन पशपतिको श्लेष्मान्तक बन तथा विभिन्न शिवालयहरुमा जौ, तिल, गहुँ, धान, मकै, चना, बोडी जस्ता सात थरिका अन्न मिसाएर छर्ने गरिन्छ । जस्लाइ सतवीज छर्ने भनि नामाकरण गरिएको छ । यसरी सतवीज छरी दुनो वा टपरीमा बत्ति राखि दुनो, पात वा टपरीले छोपेर नदिमा बगाउनलाले मृतक आफन्तहरुले जीवीत अबस्थामा गरेका सवै पाप नाश भइ कैलाशमा अथवा बैकुण्ठमा बास पाउने विस्वास गरिन्छ ।

शास्त्रमा लेखिएअनुसार बाला चर्तुदर्शीको दिनमा श्लेष्मान्तक बनमा गएर एक गेडा विउमात्र छरे पनि एक टुक्रा सुन दान गरे वराबर फल प्राप्त हुनेछ । सत वीज छर्न जानेहरु शुद्ध भएपछि सर्वप्रथम गणेशको पुजा गरिन्छ, ती गणेशलाइ बहिरा गणेश मानिन्छ र उनलाइ घचघच्याइ, कराइ आफ्ना आफन्तहरु आएका छन भनि मृतकसंग खवर पुर्याउन अनुरोध गरिन्छ । यति गरेपछि श्लेष्मान्तक बनमा गइ अन्न छर्ने कार्य गरिन्छ ।

सनातन धर्म अनुसार निकै महत्पुर्ण मानिने यस दिनमा देश तथा विदेश वाट मानिसहरु सतवीज छर्न आउने भएकाले पशुपति क्षेत्रमा निकै ठुलो मेला लाग्ने गर्दछ । टाढा टाढा देखि त्रयोदशीकै दिन देखि मानिसहरु आउने र रातभरी महावत्ति बालेर भजन कृतन गरी जाग्राम गर्ने गर्दछन । अनि भोली पल्ट विहानै बाग्मतिमा स्नान गरी शुद्ध भएर सतवीज छर्न जाने गर्दछन ।

पुराणमा लेखिए अनुसार शिवजी मृगस्वरुप धारण गरी मृगस्थलीको बनमा शयर गर्दा पशुपतिघाटमा दाह्र्र संस्कार गर्न ल्याइएका मानिसहरुलाइ खाने दानव बालासुरलाइ मार्नका लागि भनि बृह सिंहलाइ शिव भगवानले लगाउनु भयो । जसवाट दाह्र संस्कार गर्न आउनेले आफ्नो मान्छेको राम्रो संग अन्त्यष्टी गर्न पाएका थिएनन । त्यसपटि बालासुरलाइ भरियाहरु र बृह सिंह मिलेर डारीले बाँधी इनारमा खसाली मारेर टाउको लिइ पशुपति समक्ष गए । त्यसपछि शिव भगवान प्रसन्न भएर बरमाग भनेपछि उनले दानव मारेको पाप नलागोस भनी बर मागे । त्यसै बेला शिवजीले जस्ले यो दानव बद गरेको दिन यस श्लेष्मान्तक जंगलमा आइ सतवीज छरी पशुपतिमा पाइला राख्दछ त्यसका सात पुस्ता सम्मका सन्तानले मोक्ष प्राप्त गर्नेछन र शिवलोकमा बास पनि पाउनेछन भनी बर दिनुभयो । त्यसैले यस दिन बालासुरलाइ बध गरेको सम्झनामा श्लेष्मान्तक बनमा सतबीज छरी पशुपतिको दर्शन गर्ने चलन चली आएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता

काठमाडौं- तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया