भारतमा पीसीआर परिक्षणमा उच्च रेकर्डः दैनिक १० लाख परिक्षण प्रारम्भ


इण्डियन काउन्सील अफ मेडिकल रिसर्च भारतको कोभिड रेस्पोन्सको सर्वोच्च निकाय हो, यसको नेृतृत्वमा भारत सरकारले कोभिड १९ विरुद्ध एउटा नयाँ परिक्षण स्तम्भ संख्या तय गरेको छ र त्यो के हो भने दैनिक १० लाख भन्दा बढिको पीसीआर परिक्षणको प्रारम्भ । नेपालमा ढिलासुस्तीकै तथा योजनाबिहिन तयारीका कारण जनताले दुःख पाइरहेको बेला छिमेकीले तय गरेको यो कोशेढुङ्गाले गरे हुनेरैछ भन्ने प्रमाणित गर्छ । जनताप्रति यो एउटा संकल्पको उदाहरण बन्न सक्नेछ । भारतजस्तो भिमकाय देशले त यस्तो दशौं लाख परिक्षण गर्न सक्ने कोशेढुङ्गा तय गर्न सक्दछ भने नेपाल जस्तो एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल भएको सानो तथा निकट मैं बलिया छिमेकी देशहरु छन् । परिक्षणका लागि न्यूतम संकल्प लिएर इमान्दारी साथ उभिने हो भने के साँच्चै असम्भव छ र ?

नेपालमा आखिर पीसीआरको अवस्था के छ र ? काठमाण्डौका मेयरले भर्खरै दिएको स्टेटमेन्ट अनुरुप त पीसीआर परिक्षण धेरै गराएर सरकारलाई अरबौं क्षति गर्नुभन्दा घरमा नै सुरिक्षत र तातोपानी खाएर बसौं भन्ने भनाई पनि यहाँ बिर्षन सकिंदैन । लकडाउन अनि डिसफन्शनल संयन्त्रका बीच नेपाल सरकारले भारतीय नेतृत्वबाट केहि आत्मसाथ भने गर्न सकिन्छ । राम्रो कामको सिको गरेमा जगले गाली हैन ताली वर्षाउनेछन् ।

भारतले कोरोना संक्रमण यकिन गर्नका लागि गरेको पिसिआर परिक्षणमा केन्द्रिय तथा राज्य सरकारको समन्वयात्मक सहकार्य पश्चात पछिल्लो २४ घण्टामा भारतभरका प्रयोगशालाहरुमा १० लाख २३ हजार ८३६ स्वाबहरु संकलन गरिएका छन् । पछिल्ला ८ दिनमा औशत रुपमा ८ लाख ८९ हजार ९३५ नमूना स्वाबहरुहरु संकलन भएका थिए ।

अहिलेसम्म अर्थात् अगस्टको २१ तारिखभित्र भारतले ३ करोड ४४ लाख ९१ हजार ०७३ जनाहरुको स्वाब नमूना परिक्षण गरिसकेको छ । नमूना संकलनको वैज्ञानीक व्यवस्थापन कसरी भईरहेको छ यो अभ्यास हामीले पनि सिक्ने हो र सरकारी, निजी अस्पताल तथा प्रयोगशाला बीचको संयन्त्रहरुमा सही व्यवस्थापन गर्न सक्ने हो भने दिनानुदिन बढ्दै गइरहेको कोरोनाको संक्रमण तथा चुनौतीको पनि व्यवस्थापन गर्न सकिन्छ ।

लगभग नेपालको जनसँख्या बराबरका जोखिममा भएका आफ्ना नागरिकको  स्याम्पल भारतले प्राथमिकताका साथ नमूना संकलन र परिक्षण गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले प्रति लाख जनसख्याँमा १४ जनाको परिक्षण गराउने आधारभूत बेन्चमार्क तोकेको भए पनि भारत सरकारले त्यस बेन्चमार्क भन्दा निकै माथि प्रति लाख ७४.७ जनाको परिक्षण गर्दै आएको छ । भारतभरका प्रयोगशालाहरुको क्षमता आँकलन र मुल्याङ्कन पछि यो गुणस्तर अनि परिक्षणको कोशेढुङ्गा तय गरिएको हो, महाराष्ट्रको पुनेस्थित ‘नेशनल इन्सिटिच्यूट अफ भाइरोलोजी’को एकमात्र प्रयोगशालाबाट अघि सरेको १२५ करोड जनसँख्याको भारतले पछिल्ला महिनामा १५११ वटा प्रयोगशालाहरुमा कोभिड परिक्षण संयन्त्र स्थापना गरिसकेको छ जस्मा सरकारी र निजि दुबै क्षेत्रका प्रयोगशाला र अस्पतालहरुको अर्थपूर्ण सहभागीता रहेको बताइन्छ, ९८३ वटा सरकारी र ५२८ निजि प्रयोगशालाहरु भारतमा छन्, कोभिडका स्याम्पल चेकजाँच गर्न अहोरात्र खटिएका छन् ।

‘आइसीएमआर’का डाइरेक्टर जनरल डाक्टर बलराम भार्गवले भारतजस्तो देशमा परिक्षणका संयन्त्रमा सबैको समान पहुँच नभइकन महामारीसँगको यूद्ध नजितिने प्रस्ट थियो, तसर्थ टेस्टींगलाई स्केलीगं गर्न सबै शंशाधनहरुलाई अधिकतम प्रयोग र विकेकपूर्ण समायोजन गरियो । सम्पूर्ण स्वास्थकर्मीहरुको क्रियाशील सहभागीताले टेस्टीङ, ट्रयाकीङ र ट्रिटिङ सहज भएको छ ।

नेपालमा हामीले अधिकतम आरटी र पीसीआर मात्र सुनेका छौं र यि परिक्षणहरु पनि सबैको समान पहुँचमा छैनन यद्धपी भारतमा भने जनरल टेस्टमा आरटी पीसीआरका साथै हाई थ्रोपुट टेस्टीङ कोवास, जोखिमयूक्त समुदायस्तरमा संक्रमण फैलिएका ठाँउहरुमा र्र्यापीड एन्टीजेन अनि ग्रामिण स्वास्थ केन्द्रहरुमा कनट्रन्याट, सिबीन्याट जस्ता टेस्टहरु सहज उपलव्ध गराइएको छ ।

आप्रवासी समदयाका लागि ठूला स्याम्पलहरु लिन पुल्ड स्याम्पलीङको पनि बन्दोवस्त गरिएको छ, नेपालका सबै संयन्त्रहरु पीसीआरमा मात्र भर पर्दा, टेस्टीङ संयन्त्रका यि फरक तवरहरु त नेपालीहरु पाउने परै जाओस्, नामसम्म सुन्न पाएका छैनौं ।

भारतको यस शिघ्र अनि सहभागीतामूलक कदबाट हाम्रो सरकार तथा स्वास्थ्य संयन्त्रले पनि केहि सिक्ने कि ?

Read this Article in ENG


Loading comments...