
नशामा धूत छोराको ढुङ्गा प्रहारबाट बाबु घाइते आमाको घटनास्थलमैं मृत्यु
८ भाद्र २०७७, सोमबार १२:४९
सर्लाही, भदौ २०७७ । सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थित पुनर्वासका राजवीर पासवानले नशामा धूत भई आफ्नै आमा, बुवासँग झै-झगडाको क्रममा गरेको ढुङ्गा प्रहारबाट आफ्नै आमाको हत्या गरेका छन् भने बुवा उपेन्द्र भने घाइते भएका छन् ।
३२ वर्षीय राजवीर पासवानलाई आफ्नै आमाको हत्या आरोपमा अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
अत्याधिक मादक पदार्थको सेवन गरि लठ्ठ रहेका राजवीर पासवान नशाले मात्तिएर ५० वर्षीया आमा उर्मिला पासवान र ५५ वर्षीय बुवा उपेन्द्र पासवानलाई जथाभावी ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको हो भने राजवीरले हानेको ढुङ्गाले टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस