पाक पूर्व प्रधानमन्त्री नवाज शरीफ फरार घोषित, पाकिस्तानले बेलायतलाई गर्र्यो प्रत्यार्पण अपील


लाइभमाण्डू, ०८ भाद्र, २०७७ । पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री नवाज शरीफलाई फरार घोषणा गरिदिएको छ । उनको प्रत्यार्पणका लागि इमरान सरकारले बेलायत सरकारलाई कूटनितिक रुपमैं सम्पर्क गरेको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफ अहिले उपचारका लागि लण्डनमा छन् । शरीफले गत साता लाहौरको एक अदालतलाई सूचना दिदैं लेखेका थिए, “म अहिले देश फर्किन असमर्थ छु, किनकी मेरा चिकित्सकहरुले मेरो स्वास्थ्य र कोरोना महामारीका कारण यात्रा नगर्न सल्लाह दिएका छन् ।”

हाइलाइट्स:

  • भ्रष्टाचार मुद्दाका दोषी पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ फरार घोषित
  • पाकिस्तान सरकारले प्रत्यार्पणका लागि बेलायत सरकारलाई गर्र्यो सम्पर्क
  • बेलायतका सडक रोडहरुमा घुमिरहेको देखिएका नवाजको तस्वीरले पाकिस्तानमा राजनीतिक हावा तात्यो
  • पाकिस्तान नफर्किने शरीफको सपष्ट संकेत

Pakistan declares former PM Nawaz Sharif ‘Absconder’

जवाबदेही तथा आन्तरिक मामिलामा पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार शहजाद अकबर भन्छन्, “मेडिकल आधारमा शरीफको चार हप्ताको जमानत अवधि गत डिसेम्बर २०१९ मैं समाप्त भइसकेको छ ।” अकबरलाई उद्दृत गर्दै पाकिस्तानको ‘डन न्यूज’ ले शनिबार लेखेको छ, “सरकार उनलाई (शरीफलाई) एक फरार अभियूक्त ठहर गर्दै उनको प्रत्यार्पणका लागि बेलायत सरकारलाई एउटा कूटनीतिक अनुरोध पत्र पठाइसकेको छ ।”

स्मरणीय रहोस् कि भ्रष्टाचार सम्बन्धी मुद्दामा शरीफलाई त्यहाँको एक जवाबदेही अदालतले कैदको सजाय सुनाएको थियो ।

पाकिस्तान नफर्किने शरीफको सपष्ट संकेत
शरीफले गत साता लाहौरको एक अदालतलाई सूचना दिए कि उनी देश फर्किनका लागि असमर्थ छन्, किनकी उनको चिकित्सकहरुले उनलाई कोरोना महामारीका कारण यात्रा नगर्न सुझाव दिएका छन् । शरीफले आफ्ना वकील मार्फत लाहौर उच्च न्यायालयलाई आफ्नो मेडिकल रिपोर्ट सुम्पिंदै स्वास्थ्य सम्बन्धि एउटा जानकारी पनि ब्याख्या गर्दै भनियो, “उनको रगतमा प्लेटलेट न्यून छ, उनी मधूमेह, हृदय, किड्नी तथा रक्तचापसँग सम्बन्धी स्वास्थ्य समस्याहरुसँग ग्रसित छन् । यस्तो अवस्थामा कोरोना महामारीको क्रममा उनलाई यात्रा गर्नु खतरायुक्त हुनेछ ।”

NAB शहबाज शरीफको ग्यारेण्टीको गरिरहेका छन् जाँच
प्रधानमन्त्रीका सल्लाहकार शहजाद अकबरले भने। “सरकार राष्ट्रीय जवाबदेही ब्यूरो – NAB मार्फत शरीफको प्रत्यार्पणको प्रक्रियालाई अगाडी बढाउन भन्नेछ । यस बाहेक ब्यूरोले शहबाज शरीफको ग्यारेण्टीको कानूनी वैधतामाथी पनि ध्यान दिइरहेको छ । त्यस ग्यारेण्टीमा शहबाज शरीले आफ्नो ठूल्दाजू पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार पछि पाकिस्तान फर्काउने उल्लेख गरेका छन् ।” शहबाज पूर्व प्रधानमन्त्री शरीफका भाई हुन् ।

सामाजिक सञ्जालमा यतिखेर सार्वजनिक एउटा नयाँ तस्वीरले पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार शहजाद अकबरले कडा टिप्पणी गरेको कुरा ‘डन न्यूज’ले लेखेको छ, “लण्डनको सडकमा घुम्दै गरेका उनको तस्वीर न्यायपालिकाको मुखमा एउटा ठूलो झापड हो, पाकिस्तान सरकार यसको अनुमति दिन सक्दैन ।” सामाजिक सञ्जालमा सार्वजनिक त्यस तस्वीरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ आफ्ना छोरा हसन नवाजका साथ एउटा छाता लिएर टहलीरहेका देखिन्छन् ।

Photo Source: ‘Twitter’
अर्को एउटा तस्वीरमा नवाज शरीफ लण्डनको कुनै रोड साइड क्याफेमा नातीनीका साथ गफिंदै गरेका देखिन्छन् । Photo Source: ‘Twitter’
अर्को एउटा तस्वीर भने लण्डनको एक रेष्टुरेन्ट भित्र पाकिस्तानी राजनीतिक वृत्तका केही सहयोगीसँग छलफलमा व्यस्त देखिन्छन् तर यस तस्वीरमा उनको पिठ्यू मात्रै देखिएको छ । Photo Source: ‘Twitter’

लण्डनमा उपचार गराइरहेका छन् पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ
तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका शरीफ उपचारका लागि लण्डनमा छन् । शरीरको प्रतिरक्षा प्रणालीमा समस्या देखिएपछि गतवर्ष नोभेम्बर २०१९ मा उनी बेलायत गएका हुन् । लाहौर उच्च न्यायालयले उपचारका लागि उनलाई चार हप्ताका लागि विदेश जाने अनुमती प्रदान गरेको थियो ।पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार शहजाद अकबरले आरोप मान्ने हो भने बेलायत जान पूर्व प्रधानमन्त्री शरीफले प्रयोगशालाको नक्कली परिक्षण रिपोर्ट अदालतलाई बुझाएका थिए । उनका अनुसार, “कानून मन्त्रालय, ब्यूरो तथा जेल विभागले उनको जमानत अवधि सक्किसकेको तथा यसलाई थप गर्ने अनुरोधको अवस्था नरहेको अवगत गराइसकेको छ ।”

बेलायत सरकारसँग प्रत्यार्पणको लागि अपील
पाकिस्तान सरकारले कूटनीतिक रुपमैं बेलायत सरकारलाई यस घटनाक्रम बारे गत मार्च २ मैं अवगत गराइसकेको थियो । यसका साथै उनको प्रत्यार्पणको अनुरोध पनि गरेको छ । ‘डन न्यूज’ को उक्त खबरमा लेखिएको छ, “शरीफको ताजा तस्वीरमाथी टिप्पणी गर्दै भनिएको छ पूर्व प्रधानमन्त्रीका छोराद्वारा सार्वजनिक गरिएको तस्वीरमा एकदम्मै स्वस्थ्य देखिन्छन् ।” अर्कोतर्फ उनकी छोरी मरयम नवाज अनुसार पिता शरिफ अत्याधिक जोखिमग्रस्त रोगी हुन् यसका कारण उनको हृदयको एउटा जटिल शल्यक्रिया करोनाभाइरस (COVID-19) महामारीका कारण रोक्नुपरेको थियो ।


Loading comments...