हल्ट प्राइज अर्थात विद्यार्थीको नोबेल पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयमा


अस्मिता सिग्देल डेपुटी इभेन्ट म्यानेजर ‘हल्ट’ । रचनात्मक सोचलाई सामाजिक उद्यमशीलतामा परिणत गर्ने विश्वभरिका विद्यार्थीहरुको महाकुम्भ हल्ट प्राइजको तयारी तिब्र गतिमा भैरहेको छ । विद्यार्थीमा रहेका नविनतम सोच र अनुसन्धान वर्तमान विश्वको लागि अपरिहार्य छ, नविन सोचले जीवन बदली वर्तमान समाजलाई गतिशिल बनाइराख्नुपर्छ र समस्या संगै अवसर पनि समान हुन्छ भन्ने अवधारणा बोकेका विश्वभरका युवाहरुको हल्ट प्राइज अर्थात नोबेल पुरस्कार प्रतियोगिता सुरु भएको छ ।

‘विलक्लिन्टन फाउन्डेसन’द्वारा सन् २००९ देखि सुरु भएको उक्त प्रतियोगितामा विश्वका १५० भन्दा बढि देशहरुका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता हुनेछ । विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्ने छन् ।

प्रत्येक वर्ष, हल्ट प्राइज प्रतिस्पर्धा ठूलो बजार चुनौतीको साथ ठूलो बजार अवसरको साथ जोडिएको हुन्छ । जुन विश्वका युवा शक्ति अर्थात् विद्यार्थीलाई विश्वमा विद्यमान समस्याहरुलाई अवसरको रुपमा बदल्ने सोच लेराउनु यसको उदेश्य हो । यो वर्ष अर्थात सन २०२१ का लागि “फुड फर गुड” विषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरिकी डलर पुरस्कार राशि हात पार्नेछन । यो कार्यक्रम को मुख्य उद्धेश्य भनेको विद्यार्थीहरुका नवीनतम विचारहरु, जसले लाखौं मानिसलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ, त्यस्ता प्रकारका विचारलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशीलताको वातावरण सिर्जना गर्ने हो ।

सामाजिक उद्यमशीलताको वकालत प्रमुख रुपमा गर्ने यस प्रतिस्पर्धाले विद्यार्थीहरुलाई सामाजिक रुपमा उद्यमशीलताको विकास गरी समाजलाई प्रत्यक्ष रुपमा टेवा पुर्याउन यो कार्यक्रम एकदम महत्वपूर्ण रहेको छ । ‘हल्ट प्राइज फाउन्डेसन’द्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरिकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने नियमहरु छन् ।

विश्वका १२० बढी देशमा हुने यस प्रतियोगिता नेपालमा पनि हुने र त्यसका लागि विश्वविद्यालयहरुमा आन्तरिक प्रतिस्पर्धा पनि हुनेछ। त्यसका लागि अहिले प्रारम्भको कार्यहरु भइरहेका छन् । यस वर्षको हल्ट प्राईज प्रतिस्पर्धामा नेपालका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरू सहभागी हुने पक्का भएको छ । आयोजक टिमको गठनको कार्य पनि सुरु भैसकेको जानकारी हल्ट प्राइज पूर्वाञ्चल विश्वविद्यालयका निर्देशक वशिम अन्शारीले जानकारी गराए ।


Loading comments...