१ सय १२ थान मोबाइल सहित बिल बिनाका विभिन्न समानसहित २ जना पक्राउ


काठमाडौं, १० भदौ, २०७७ । काठमाडौं महानगरपालिका-१४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको राजस्थान, लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारतको राजस्थान, सिमरमा घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेका छन् ।

उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाईल डिसप्ले, ५ सय ९३ पिस विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, ६ हजार थान क्यालकुलेटर र ५ थान मोवाइल डिसप्ले बोर्ड समेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...