Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

जेनेस सलुसनद्वारा पत्रकारहरुलाई जुमको प्रयोगात्मक कार्यशाला

१० भाद्र २०७७, बुधबार २१:३६

लोकप्रिय

काठमाण्डौ, १० भाद्र, २०७७ । जेनेस सलुसन (Genese Solution) ले पत्रकारहरुलाई भाद्र ९ गते Zoom बाट भर्चुअल अन्तर्वार्ता लिने नि:शुल्क कार्यशाला प्रदान गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनले पत्रकारितामा पनि असर पुर्याएकोले भौतिक रुपमा यात्रा गर्न अप्ठेरो अवस्था सिर्जना भएको बेला पत्रकारहरुलाई भौतिक अन्तरवार्तालाई भर्चुअलमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने हिसाबले यो कार्यशालाको आयोजना गरिएको जेनेस सलुसन (Genese Solution) का ग्लोबल जिटिओ (GTO) अञ्जनि फुँयालले बताउनु भयो । सवारी साधन, अफिसहरु लकडाउनले चल्न नसके पनि समाजमा निरन्तर विचार विमर्श चल्नुपर्छ भन्ने फुँयालको भनाई थियो ।

पत्रकारहरुलाई यात्रा गर्न आई.डि कार्डको कारण सहज भएपनि “कोरोना” ले सो आई.डि कार्ड नदेख्ने र सबैजना सुरक्षित रहनुपर्ने बेला भएकोले सकेसम्म भर्चुअल लिन मिल्ने अन्तर्वार्ताहरु भर्चुअल नै लिन प्रोत्साहन गर्दै यो कार्यशालाको आयोजना गरिएको हो , प्रस्तोता पुजा श्रेष्ठले बताउनु भयो। कार्यशालामा दैनिक पत्रिकाका पत्रकार देखि अनलाईन पोर्टलका पत्रकारहरुको सहभागिता रहेको थियो । धेरै जना जुम सँग परिचित रहेको तर कसरी अन्तरवार्ता लिने भन्ने प्रश्न साथ उपस्थित हुनु भएको थियो जसको लागि Girls in Tech कि सृष्टि श्रेष्ठले जुममा कसरी सुरक्षित रहेर कार्यक्रम गर्ने देखि ब्रेक आउट रुम बारे व्यवहारिक रुपले सिकाउनु भयो । कार्यशालामा सहभागि प्रथम २० जनालाई १ हप्ताको फ्रि लाइसेन्स अकाउन्ट पनि प्रदान गरिएको छ।

कार्यशालामा प्रस्तुत गरिएका मुख्य विषयहरु:

  • जुमको ईतिहास, यसको वर्तमान बजार
  • जुममा कसरी अन्तरवार्ता रेकर्ड गरेर, डाउनलोड गर्न सकिन्छ
  • कार्यक्रममा अनावश्यक ह्याकरहरुलाई रोक्ने विधि
  • ठुलो वेबिनार गर्दा कसरी व्यवस्थित गर्ने
  • जुममा ४० मिनेटको समयावधि बारे

सो कार्यशालाको रेकर्डेड लाईभ भिडियो यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय