
अपडेटः नभाल्नीलाई विष खुवाइएको घटनाको अनुसन्धान गर्न जर्मन चान्सलर मार्केलको माग : नभाल्नी अझै ‘कोमा’मैं
एजेन्सी, १० भाद्र, २०७७ । एलेक्सी नभाल्नी रुसका प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता हुन्, केहि दिनअघि आफू सवार विमानमैं स्वास्थमा एक्कासी गम्भिर समस्या आएपछि यिनलाई जर्मन उपचारार्थ लिएर गइयो, जर्मन चिकित्सक टोलीले नभाल्नीलाई तातो चियामा ‘टक्सीर नर्भ एजेन्ट’ दिएर बिरामी पारिएको ठोकूवा गरेका छन् । रुसमा राष्ट्रपति पुटिनको सबैभन्दा कट्टर आलोचक तथा प्रभावशाली युवा नेता एलेक्सी नभाल्नीमाथी भएको यस घृणित कार्यमा रुससँग रुष्ठ पश्चिमी देशहरुले दूरी बढाउन थालेका छन् ।
रुसका क्रेमलीन इलाइटहरुको सञ्जाललाई र तत्कालीन शासन र सत्तामा रहेका समुहहरुलाई विगतका एक दशक देखि निडर भएर औंला ठड्याएका र यसो गर्ने साहष राख्ने नभाल्नीका रुसमा दुश्मनहरुको कमी त पक्कै छैन, पश्चिमा देशहरुले यो कुरा नबुझेका पनि हैन यद्धपी नभाल्नी प्रतिको यो दुराशयको पारदर्शी तथा पूर्वाग्रह बिना छानबिन गर्न गराउन जर्मन चान्सलर मार्केल र परराष्ट्र मन्त्री हाको मासले जोडदार माग गरेका छन् । प्रतिपक्ष बिनाको रुसी सत्ता निरकुंश हुने तर्कमा उनीहरुको एकमत छ ।
The German government believes Russian opposition politician Alexey @navalny was likely the target of a poison attack.
Angela Merkel’s spokesman (@RegSprecher) says Navalny needs protection. ?#Navalny #Навальный pic.twitter.com/M37lgyewuJ
— DW Politics (@dw_politics) August 24, 2020
सन् २०१६ मा रुसले छिमेककी क्रिमीयामाथि धावा बोलेर आफूमै गाभेपछि रुसको भूराजनितिमा निकै परिवर्तन भयो, क्रिमीयन इलाइटको साथ र सहयोग बिना पुटिनको नेतृत्वले त्यसो गर्न सक्ने थिएन । पुटिनको प्रतिपक्षमा उभिएका नभाल्नी ति अवसरवादी क्रिमीयन इलाइटहरुका कडा बिरोधी र आलोचक मानिन्छन्, नभाल्नीको असुरक्षाको मुख्य कारण यहि हो ।
‘नर्भ ग्याँस’ र ‘पेस्टीसाइड पोइजनिङ’को ओखती ‘अट्रोपलीन’ प्रयोग गरेर नभाल्नीको उपचार जर्मनमा भइरहेको छ, नभाल्नी जीवन मृत्यूको दोसाँधमा कोमाकै क्रममा जर्मनीको बर्लिनबाट रसिया पुगेको एक विशेष एयर एम्बुलेन्समार्फत प्रभावशाली उपचारका लागि जर्मन लगिएको हो । स्वास्थ्य विज्ञहरुका अनुसार यस उपचार पश्चात् पनि नभाल्नी दीर्घरोगी र सम्भावित असक्रिय जीवनको शिकार हुनेछन् । के रुसको राजनैतिक पृष्ठभूमिमा यस शहस्राब्दीका सबैभन्दा प्रभावशाली बिपक्षी नेतालाई षडयन्त्रपूर्वक राजनैतिक धरातलबाट निकालिएकै हो त ?
जर्मन चान्सलर मार्केलको अर्को एक टिप्पणी पनि केहीबेर अघि सार्वजनिक भएको छ । जसमा वहाँले, “त्यहाँ पुटिनका आलोचकहरु मारिएका धेरै घटनाहरु भएका छन् ।”
#नभाल्नी जीवन सक्काउने प्रयास बेलारुसमा देखा पर्ने असाधारण घटनाहरूसँग मिल्दछन् । जर्मनीले दुबै शासनमा आफ्नो प्रभाव पार्नसक्छ र गर्नु पनि पर्दछ ।
“There have been far too many cases in which Putin’s critics have been killed.”
The attempt on #Navalny‘s life coincides with the extraordinary events unfolding in Belarus. Germany can and should exert its influence on both regimes.
Read @Judy_Dempsey ??https://t.co/w2ZxVYBOls
— Carnegie Europe (@Carnegie_Europe) August 26, 2020
जीवन र मृत्युसँग जुधिरहेका छन् नभाल्नी
नाभाल्नी साइबेरियामा हुँदा बिरामी परेका हुन्, क्रिमलीनका प्रवक्ता डिमेट्री पेसबभले नाभाल्नीको स्वास्थ्य स्थिति यति जटिल हुनुमा क्रिमलीनको कुनै हात नभएको बताएका छन् । नाभाल्नी आजका मितिसम्म पनि वर्लिनको अस्पतालमा कोमामा छन्, जीवन र मृत्युसँग जुधिरहेका नभाल्नीको हत्या प्रयासको रहस्य विश्वभरिक भ्रष्टाचारविरोधी अभियन्ता तथा विकासप्रेमी प्रजातान्त्रीक जमातका लागि ठूलो प्रश्न भएको छ ।
उता रसियामा नभाल्नीको समर्थनमा प्रजातन्त्र तथा नागरिक स्वतन्त्रताका हिमायती लाखौं रसियन जनताहरु सडकमा आएका छन् । स्थानीय पत्रकार फ्रान्क लेख्दछन्ः मिन्स्कस्थित “स्वतन्त्रता स्क्वायर” मा स्वतन्रताका लागि २ लाख ५० बढी नागरिकको भेल उर्लिएका छन् । यो सन १९९० मा स्वतन्त्रताका लागि उर्लिएका नागरिकहरुभन्दा अत्याधिक ब्यापक हुन् ।
More than 250K already at the Independence square in Minsk! It’s more than in 1990 when people protested for Independence.
Belarus will be free. pic.twitter.com/cUKTIKuKqo
— Franak Viačorka (@franakviacorka) August 23, 2020
सम्बन्धित विषयमा प्रथम पटक प्रकाशित समाचार विस्तारमा
Published On : 21 August, 2020 12:01 pm