कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंत्तिमा खटिने ‘नायक’हरुको कुरा सुनौं


हाइलाइट्स

  • भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे
  • भेरी प्रादेशिक अस्पताल बाँकेका कोरोना संक्रमित चिकित्सक डा. राजन पाण्डे
  • नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत
  • यस महामारीका क्रममा आवश्यक्ता परेकाहरुलाई खाना खुवाएर सेवा गरिरहनुभएका समाजसेवी, प्रिजनर्स एसिसटेन्स, पीए नेपालकी इन्दिरा रानामगर
  • अनि कोरोना हटस्पट बिराटनगरका मेयर भीम पराजुलीले राख्नुहुनेछ कोरोना व्यवस्थापनमा सामना गर्नुपरेका कुराहरु

काठमाडौं, ११ भदौ, २०७७ । कोरोनाभाइरस (कोभिड–१९ )को संक्रमण समूदायस्तरमा व्यापक फैलिइरहेको छ । अब यो भाइरसबाट कुनै ठाँउ र कुनै पनि व्यक्ति सुरक्षित छैनन् । अझ पछिल्ला दिनमा विषेशगरी अग्रपंत्तिमा (फ्रन्टलाईन)मा काम गर्ने प्रहरी, चिकित्साकर्मी लगायतमा तिब्र रुपमा बढेको संक्रमणले विपत्तिका बेलामा उपचार र सुरक्षा दिने व्यक्तिहरुकै अभाव हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

अनि बेला, बिडम्बना, तपाई हाम्रो सेवामा खटिनेहरुप्रति दुव्र्यवहार र अपमान गरिएका घटनाहरु पनि सार्वजनिक भएका छन् । जसले जोखिम मोलेर सेवा गरिरहेको छ, उनीहरुमाथि भएका आपत्तिजनक व्यवहारले हाम्रो सामाजिक चेतनास्तरको निम्नपन कुन हदसम्म छ भन्ने प्रतिविम्बित पनि गरिरहेको छ ।

संसारभर सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण बढ्यो, त्यस्तै स्थिति नेपालमा पनि आएको हो । अघिल्लो पटक लकडाउनका बेलामा सरकारले संभावित जोखिम रोक्ने पर्याप्त योजना बनाउन सकेको भए, जोखिम संभवत घट्थ्यो होला, तर संक्रमण फैलिनुमा सरकारलाई मात्र दोष दिनु पूर्वाग्रह हुन्छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिएपछि ठूलो स्वास्थ्य संकटको जोखिम उत्पन्न

किनभने, संक्रमण बढ्नुमा अनावश्यक रुपमा हिडडुल गर्ने, मानिसहरुको गतिविधि बढी हुने ठाँउमा पालना गर्नुपर्ने अनुशासनलाई ध्यान नदिने, अत्यावश्यक स्वास्थ्य सावधानीका उपायहरु समेत ख्याल नगर्ने जस्ता तपाई हाम्रा हेलचेक्राईपूर्ण बानीव्यहोरा पनि जिम्मेवार छन् । जसलाई सुधार्दै, आवश्यक सावधानी अपनाउदै, संक्रमण फैलन बाट रोक्न सकिन्छ । स्वास्थ्यका मापदण्डहरु पालना गर्दै संक्रमणलाई रोक्ने अधिकतम पहल अहिले झन् बढी गर्नु आवश्यक छ ।

फेरि यता स्वास्थ्य जोखिम संगसंगै मानिसहरुको दैनिक जीवन गुजारा गर्ने सवाल पनि जोडिएको छ । खुल्ला गर्दा संक्रमण फैलिने, मानवीय गतिविधि रोक्दा दैनिक हातमुख जोर्न समस्या हुने दोहोरो अप्ठेरो स्थिति देखा परेको छ । तर जस्तो अवस्थालाई पनि चलाखीपूर्ण र सावधानीपूर्वक सामना गरेर जानु अहिलेको बाध्यता हो । जसलाई हामी सबैले मनन गरी सकेसम्म जोखिम न्यूनिकरण गर्न भूमिका खेल्न सक्छौ ।

कोरोना संक्रमण समूदायमा कुन स्तरमा फैलिएको छ ? तपाई हाम्रो सेवामा फ्रन्टलाईनमा काम गर्नेहरुको अवस्था के छ ? उनीहरु कुन हदसम्मको जोखिम मोलेर काम गरिरहेका छन् ? स्थानीय तह र जिल्लास्थित प्रशासनले के काम गरिरहेका छन् ? भोकभोकै पर्ने अवस्थाका मानिसहरु कसरी बांचिरहेका छन् ? संक्रमणको बेलामा सामाजिक रुपमा हामीबीच एक अर्कालाई गर्ने सेवा भाव कत्तिको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले कोरना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिनु भएका केही प्रतिनिधि व्यक्तिहरु हुनुहुन्छ ।

आज टफटकमा हुनुहुन्छ, संक्रमणको तिब्र फैलिइरहेको प्रदेश १ को विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुमकला पाण्डे, नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत, कोरोना संक्रमति भइ हाल उपचाररत भेरी प्रादेशिक अस्पताल बाँकेका डाक्टर राजन पाण्डे र खानाको समस्यामा परेकाहरुलाई अहिले दैनिक झण्डै ५, ६ सय मानिसहरुलाई खाना खुवाउने काम गरिरनु भएकी समाजसेवी, प्रिजनर्स एसिसटेन्स, पीए नेपालकी इन्दिरा रानामगर ।

हरेक बिहिबार राती ठिक ९ बजे हेर्न नभुल्नुहोलाः

पुरा कार्यक्रम हेर्नका लागि भिडियो हेर्नुहोस्ः


Loading comments...