Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

के हो हाम्रो गरिबीको कारण?

१२ भाद्र २०७७, शुक्रबार ००:११

गरीबीको प्रमुख कारण के होला? कुनै देश किन ज्यादै गरीब हुन्छ? कुनै समाज किन ज्यादै दरिद्र हुन्छ? यी प्रश्न ज्यादै सरल देखिए पनि यथार्थमा सरल भने छैन।

हालको संयुक्त राज्य अमेरिकामा अन्य मुलुकका नागरिक आएर बस्नुपूर्व नेटिभ अमेरिकनहरूको बसोवास थियो। नेटिभ अमेरिकनहरूको जीवन कृषिमा आश्रित थियो र उनीहरूसँग पर्याप्त ज्ञान थिएन। साधन र स्रोत भए तापनि उनीहरू अति निर्धन थिए। तर ब्रिटेन, फ्रान्स, इटाली, जर्मनी आदि मुलुकबाट अमेरिका बस्न आएका आप्रवासीहरूले अमेरिकाको भरपूर आर्थिक विकास गरे। दोस्रो विश्वयुद्धपछि त अमेरिकाको आर्थिक विकासको गति अति तीव्र हुन पुग्यो। परिणामस्वरूप अमेरिका विश्वको एक नम्बर आर्थिक महाशक्ति राष्ट्र बन्यो। अमेरिकीहरूको आर्थिक स्तर ह्वात्तै बढ्यो।

लेखकः विश्वराज अधिकारी

अहिले स्थिति यस्तो छ कि विश्वको कुनै पनि मुलुक अमेरिकासँग व्यापार गर्न लालायित रहन्छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूसँग मिलेर कुनै मुलुकमा आर्थिक नाकाबन्दी गरिदिंदा त्यो मुलुकको आर्थिक विकास अवरुद्ध हुन पुग्छ। अमेरिकाले इरानमाथि अहिले आर्थिक नाकाबन्दी लगाएको छ। इरानको आर्थिक स्थिति अहिले नाजुक छ। राजनीतिक र आर्थिक दुवै किसिमले अमेरिकाले अहिले विश्वको नेतृत्व गरिरहेको छ।

विश्वका अनेक मुलुकबाट अमेरिका बस्न आएका आप्रवासीहरूले अमेरिकाको कृषि विकासमा ठूलो योगदान पु–याए। उनीहरूले अमेरिकालाई खाद्यान्नमा आत्मनिर्भर मात्र तुल्याएनन्, देशभित्र खाद्यान्न निकै सस्तो तुल्याए। ठूलो मात्रामा खाद्यान्न उत्पादन गरेर अमेरिकालाई प्रमुख निर्यातक देश पनि बनाए। भटमास निर्यातक देशहरूमध्ये अमेरिका अहिले विश्वमैं अग्रणी हुन पुगेको छ। चीन, जो कृषि उत्पादनमा निकै अगाडि छ, ले पनि ठूलो परिमाणमा अमेरिकाबाट भटमास खरीद गर्छ।

कुनै बेला (इतिहासकालमा) यो देशलाई ‘सुखी भूमि’ भन्ने गरिन्थ्यो । तर अहिले यो देश इरान र साउदी अरेबियाको ‘मसल’ देखाउने स्थान बनेको छ । यी दुई देशको मल्लयुद्धको अखडा बनेको छ । यमनले अहिले आफ्नोलागि होइन, इरान र साउदी अरेबियाका लागि परोक्ष युद्ध (Proxy war) लडिरहेको छ । यस्तो किन भएको होला?

संसारभरि अमेरिकामा खाद्यान्न सबैभन्दा सस्तो पाइन्छ। अमेरिकामा अहिले पनि दिउँसोको खाजा पुग्ने गरी एक डलरमा खानेकुरा (म्याक डोनाल्डको चिज बर्गर, हैम बर्गर, म्याकचिके आदि) खरीद गर्न सकिन्छ। खाद्यान्न सस्तो पारेर अमरिकाले आफ्ना नागरिकको आर्थिक जीवन सरल पारिदिएको छ।

अमेरिकी मुद्रा डलरको क्रयशक्ति संसारमैं बलियो मानिन्छ। नेपाल वा भारतमा एक रुपैयाँमा खरीद गर्न सकिने वस्तु अब शायद नै सम्भव होला। नेपाल, भारत मात्र होइन दक्षिण एशियाली देशका मुद्राहरूको क्रयशक्ति ज्यादै कमजोर भएर गएको छ। र यस्तो हुनुको प्रमुख कारण यी देशहरूले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु र कृषि क्षेत्रमा पछाडि पर्नु हो। उत्पादनको क्षेत्रमा अमेरिका अग्रणी भएकोले संसारका सबै देशमा प्रायः अमेरिकी डलर स्वीकार गरिन्छ। डलर संसारभरिमा एक नम्बर बलियो मुद्रा हुन पुगेको छ।

विश्वभरिका व्यक्ति अमेरिका आएर बसोवास गर्न चाहन्छन्। चीन, रूस, जो कुनै बेला अमेरिकालाई साम्राज्यवादी भनेर गाली गर्दथे, ती देशका नागरिक पनि अमेरिका आएर बसोवास गर्ने सपना देख्छन्। नेपालका बहुसङ्ख्यक कम्युनिस्ट नेताका छोराछोरी अमेरिका पढ्न मात्र आएका छैनन्, यहींका नागरिक भएर बसेका छन्। नेपालका कम्युनिस्ट नेताहरू पनि अमेरिकाको आलोचना गर्न पछाडि छैनन्, एक हात अगाडि नै छन् ।

आश्चर्य त के कुरामा छ भने युरोपका विभिन्न मुलुकबाट आप्रवासीहरू अमेरिका बसोवास गर्न आउँदा उनीहरू रित्तो हात आएका थिए । आफ्नो देशबाट उनीहरूले धनसम्पत्ति केही पनि ल्याएका थिएनन् । रुपैयाँ–पैसा त के, साथमा एउटा औजार पनि ल्याएका थिएनन् । ब्रिटेन, फ्रान्स, जर्मनी, इटाली, स्पेनजस्ता देशबाट अमेरिका आउँदा उनीहरूले ज्ञान मात्र ल्याएका थिए । त्यही ज्ञानको उपयोग गरेर उनीहरूले अमेरिकालाई धनी बनाए । स्थानीय (अमेरिकाका विभिन्न भाग) स्तरमा उपलब्ध स्रोत एवं साधनको प्रचुर मात्रामा उपयोग गरे । आफूसँग भएको ज्ञान नै उनीहरूको सम्पत्ति थियो । त्यही ज्ञानको प्रयोग गरेर उनीहरूले अमेरिकाका विभिन्न विकट एवं बन्जर स्थानलाई हराभरा एवं गुलजार बनाए । केही स्थान (न्यूयोर्क, लस भेगस आदि)लाई विश्वको महत्वपूर्ण आर्थिक केन्द्रको रूपमा स्थापित गरे । अमरिकालाई विश्वको एकमात्र आर्थिक महाशक्ति बनाए ।

जात, धर्म, भूगोल, संस्कृति, परम्परा, पहिचान, भाषा आदिको लागि विभाजित भएर नबस्नु, आपसमा काटाकाट न गर्नु पनि उच्च बौद्धिकताको परिचय दिनु हो ।

अमेरिकाको आर्थिक विकासले संसारलाई एउटा बलियो उदाहरण दियो। र त्यो उदाहरण थियो, मुलुकको आर्थिक विकासका लागि धनसम्पत्ति होइन, ज्ञान चाहिने रहेछ । देशको आर्थिक विकासका लागि त्यही ज्ञान आवश्यक हुन्छ। ज्ञान भएमा धनसम्पत्ति स्वतः सृजना हुन्छ । किनभने ज्ञानले धनको सृजना गर्छ, धनले धन सृजना गर्ने होइन ।

त्यही ज्ञान प्रयोग गरेर अमेरिका सर्वप्रथम चन्द्रमामा पुग्यो ।

परिश्रमसहितको ज्ञान प्रयोग गरेर कुनै पनि मुलुक धनी हुन सक्छ । देशवासीमा ज्ञानको कमी छ भने धनी देश पनि गरीब हुँदै जान्छ र कालान्तरमा आफ्नो अस्तित्व नै समाप्त पार्ने स्थितिमा पुग्न सक्छ । यो कुरा पनि अमेरिकाले आफ्नो आर्थिक विकासद्वारा प्रस्ट पारिदियो । हुन पनि अफगानिस्तान अहिले त्यही अवस्थामा छ । साधन र स्रोतले भरिएको अफगानिस्तान अहिले चरम गरीबीको दलदलमा फसेको छ । अफगानिस्तान सरकारलाई टिकाउन र सुरक्षा दिन पनि बाह्य मुलुकहरूले सैन्य सहयोग गर्नुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । विश्वका अनेक विकसित मुलुकका लागि अफगानिस्तान अहिले रणनीतिक क्षेत्र बन्न पुगेको छ । अन्य राष्ट्रको स्वार्थका लागि अफगानीहरू आफ्नै बन्धु–बान्धवको हत्या गरिरहेका छन् ।

मोजाम्बिक, लाइबेरिया, माली, बुरकिना फासो, सिएरा लियोन, बुरुन्डी, चाड, दक्षिणी सुडान, मध्य अफ्रिकी गणतन्त्र, नाइजरजस्ता देशहरूमा साधन र स्रोतको कमी छैन। पर्याप्त मात्रामा स्रोत एवं साधन छ । तर यति हुँदाहुँदै पनि यी राष्ट्र विश्वका दश अतिनिर्धन राष्ट्र बन्न पुगेका छन् । किन अतिनिर्धन बन्न पुगे यी राष्ट्र? उत्तर हामीलाई थाहा नै छ। ज्ञान र प्रविधिको क्षेत्रमा यी मुलुक निकै पछाडि छन् । अगाडि छन् भने गृहयुद्ध एवं हिंसाको क्षेत्रमा । वर्तमानमा मालीको स्थिति हेर्दा पुग्छ ।

अफ्रिकाका अनेक राष्ट्र ज्ञानको अभावले गर्दा गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेका छैनन् । ज्ञानको कमीले गर्दा उनीहरूलाई आतङ्कवाद, जातीय दङ्गा, भ्रष्टाचार, राजनीतिक अस्थिरताजस्ता समस्याले निरन्तर सताइरहेको छ । अतिनिर्धन राष्ट्रहरूको समूहमा पर्ने देश, यमनमा पर्याप्त मात्रामा उब्जाउ जमीन छ । कुनै बेला (इतिहासकालमा) यो देशलाई ‘सुखी भूमि’ भन्ने गरिन्थ्यो । तर अहिले यो देश इरान र साउदी अरेबियाको ‘मसल’ देखाउने स्थान बनेको छ । यी दुई देशको मल्लयुद्धको अखडा बनेको छ । यमनले अहिले आफ्नोलागि होइन, इरान र साउदी अरेबियाका लागि परोक्ष युद्ध (Proxy war) लडिरहेको छ । यस्तो किन भएको होला? उत्तर हामीलाई थाहै छ ।

जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिकाका जनताबीच विभिन्न किसिमका बखेडा उत्पन्न भएर विभाजन छैन । आर्थिक विकासका लागि एकजुट भएर बसेका छन् । परिणामस्वरूप धनी राष्ट्र कहलिएका छन् । जर्मनीले त आर्थिक विकासमा युरोपमा वर्चस्व नै कायम गरेको छ । युरोपको नेतृत्व अहिले जर्मनीले गरिरहेको छ।

कुनै पनि देशको आर्थिक विकासको लागि उन्नत ज्ञान आवश्यक हुन्छ। तर त्यो उन्नत ज्ञान भनेको के हो?

एकअर्काको अस्तित्वलाई स्वीकार गरेर बस्न सक्ने बौद्धिकता नै उन्नत ज्ञान हो । अमेरिकामा पचासौं देशबाट आप्रवासीहरू आएका छन्। त्यसरी आउनेहरूले फरक धर्म, संस्कृति ल्याएका छन् । तर पनि आर्थिक विकासका लागि अमेरिकामा मिलेर बसेका छन् । एकापसमा खिंचातानी छैन, भारतमा हिन्दू र मुसलमानबीच खिंचातानी भएझैं।

उत्पादन लागत कम पार्नका लागि अनेक उपायको खोजी गर्नु पनि उन्नत ज्ञानको परिचय दिनु हो। देशभित्र राजनीतिक स्थिरता कायम गर्न सक्नु, आर्थिक भ्रष्टाचार रोक्नु, विकासका लागि नेताहरूलाई जिम्मेवार तुल्याउनु पनि बौद्धिकताको परिचय दिनु हो । कुसंस्कार (दहेज, तिलक, दाइजो, महँगो भोजभतेर) आदि हटाउँदै जानु पनि उच्च बौद्धिकतातर्फ उन्मुख हुनु हो ।

जात, धर्म, भूगोल, संस्कृति, परम्परा, पहिचान, भाषा आदिको लागि विभाजित भएर नबस्नु, आपसमा काटाकाट न गर्नु पनि उच्च बौद्धिकताको परिचय दिनु हो ।

ज्ञानको उच्च प्रयोग गरेर हामी पनि नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्छौं । आर्थिक विकासका लागि नेपालमा पर्याप्त सम्भावना छ । हामीले ती सम्भावनाको खोजी गर्नुपर्छ। हामीले स्पष्टरूपमा यो बुझ्न आवश्यक छ कि धनको सृजना ज्ञानद्वारा हुन्छ । ज्ञानको सदुपयोग गरेर धनी हुन सकिन्छ, अमेरिका भएझैं ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

Patriarchy basically means men holding the primary power in all sorts of things, in such a way that it gives

सुयोग ढकाल । सिरम इन्स्टिट्यूट भारतले बनाएको कोभिशिल्ड, चीनको सिनोभ्याक्स, रुसको स्पुतनिक अनि अमेरिकन लगानीको कम्पनी पिफाइजर, मोडर्ना लगायतका थुप्रै

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ

काठमाडौं । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको छ । मेडिकेयर