
सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद!’
१२ भाद्र २०७७, शुक्रबार १०:३६
काठमाण्डौ, १२ भाद्र, २०७७ । सर्वप्रिय गायक सुगम पोखरेल र बाल गायक प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो ।
‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने संदेश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रंटलाइन वर्कर्सलाई यस गीत मार्फत धन्यवाद दिइएको छ । गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्य को रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा