कोरोना कन्सपीरेसी थियोरी हो त ? अनि स्वास्थ्यकर्मीमाथीको दूर्ब्यवहार कन्सपीरेसीका थियोरिष्टहरुको सोचको नतिजा


इन्टरनेटको जमानामा हुर्कने अवसर पाएकाले अनगिन्ती सामाग्री र अध्ययन अनि बिचारहरु पढ्न पाइयो । यसैक्रममा मलाई सबैभन्दा चासो लागेको अध्ययन हो, कन्सपीरेसी थियोरी, विश्वमा दोश्रो विश्वयूद्ध पछि सर्वाधिक धेरै प्रयोग भएको शव्दमा पर्दछन्, डेमोक्रेसी, ग्लोवलाइजेशन, ह्यूमन राइट्स अनि यावत अरु धेरै छन्, म आज डेमोक्रेसीसंग र मान अधिकारसंग जोड्दै कोरोनालाई पनि कन्सपीरेसीको संघारमा उभ्याउन चाहन्छु, यो पढ्नका लागि भन्दा पनि मनन गर्नका लागि आज म लेख्दैछु ।

हामीले कन्सपीरेसीका कुराहरु नसुनेका हैनौं, मुन ल्यान्डिगं फेक हो भन्ने कन्सपीरेसी अनि त्यसका ब्यबहारीक प्रमाणहरु, पृथ्वी थेप्चो छ तर हामीलाई यो गोलो छ भनी विश्वास गराइदैछ भन्ने सम्म, अपरेशन फिश बावल मा पृथ्वीको टप्पो र फेदमा नर्थ या साउथ पोल नभई केवल हिँउका भित्ताहरु मात्र देखिएका फुटेजहरु सम्म, ट्वीन टावर प्रकरणको धमिलो बास्तविकता देखि आतंकवादको जरा सम्म, इस्लामोफोवियाको शुरुवात देखि हिट्लरको बिगारिएको छवीसम्म, टाइटनिकको दुर्घटना देखि इलुमीनाटीको परिभाषासम्म अनि अत्कट पूजींवादी ब्यवसाहीहरुको संलग्नतामा जन्माइएको राग अनि संक्रमणसम्म कन्सपीरेसी थियोरीमा जोडिन्छ । प्रमाण अनि कारणहरु फितला छैनन, आखिर यस धर्तिमा भएका अनेकन घटनाहरु, अभियानहरु अनि अन्र्तदेशीय बिवादहरुका कारण अनि असर त्यही हो त जुन हामीलाई देखाइन्छ ?

suyog dhakal
लेखकः सुयोग ढकाल

तर एउटा कुरा चैं बुझेहुन्छ, “हैन केही भइहाले उपचारका लागि कुन मुखले फेरी उही चिकित्सकको अनुहारको सामना गर्लौ? कि कन्सपीरेसी का थियोरिष्टहरुको मा पुग्छौ? हँ?” सकिन्छ भने हात जोडेर, भूँई टेकेर माफी माग यस्तो घृणित गल्तीका लागि । नत्र इतिहासले ती टोल, ति घरबेटी, ति छिमेकीलाई सदाका लागि संकिर्ण तथा राक्षसी प्रवितिको कुनै पनि अनुसन्धानमा पहिलो प्राथमिकतामा राख्नेछन् ।

हामीलाई समाचारले प्रोपोगाण्डfको विश्वासी बनाइरहेको छ या तथ्य अनि सत्य-तथ्य समाचाहरुनै हामीले पाइरहेका छौं त ? के कुराले कस्लाई फाइदा भएको छ ? कुन कम्पनीले कुन देशको यूद्ध प्रायोजन गर्यो त ? कुन हतियार कम्पनीलाई कति फाइदा भयो ? कुन ओखती कम्पनी कुन रोग आएपछि कति फाइदा भयो हामीलाई थाहा हुन्न, हामीले लगाउने खोपको प्रभावकारिता देखि त्यसको साइड एफेक्टसम्म हामीलाई थाहै छैन, हामीलाई डेमोत्ररेसीको पाठ पढाइएको हो, ह्यूमन राइट्सको परिधीभित्र हामी छौं त ? आउनुहोस् यि अनेकन प्रश्नहरुका बिच कुरा गरौं कोरोना कन्सपीरेसी संभावना को ।

कोरोना पछि कन्सपीरेसी थिरोरिष्टको एउटा आँधी नै आएको छ, यो कुरा हामी नेपालीले सरल नेपाली भाषामा बुझ्नै पर्दछ ।

तर वाहियात कन्सपीरेसीहरुको पछि लाग्नु भनेको समाचारहरुको रणभूल्लमा फस्नु र बेक्कारका टाउको दुखाई सहनु बाहेक केही हुनेछैन । नेपाली यूट्यूबरहरु भन्दा पनि खतरनाक छन् कन्सपीरेसी थियोरिष्टहरुको झुण्ड ।

यो झुण्डले अहिले बेचिरहेको भ्रामक सामाग्रीहरुः
‣ यो भाइरस तेस्रो विश्वयूद्ध शंखनाद गरेको छ
‣ यो विश्वयूद्धमा जैवीक हतियार प्रयोग भएको हो
‣ यो हतियार नै कोरोना हो भन्ने तथ्यहरु छरिएका छन्

आखिर कन्सपीरेसी नै हो, तर के यो सत्य हो त?
सबैभन्दा पहिलो कुरो के बुझौं भने यो वैंश्वीक स्वास्थ्य संकटको अवस्था हो । यसको चपेटमा सबै संसार नै नियन्त्रण बाहिर छ न यसले सानो देश चिनेको छ न ठूलो देश । न धनी न गरिब । त्यसकारण कागले कान लग्यो भन्ने तथ्यको पछि लागेर दौडिनु भन्दा कान छाम्नु वेस । यस महामारीसँग लड्ने एउटा शस्त्र भनेको सामाजिक दूरी सहितको दैनिकी, सरसफाई र मास्क सहितको तपाईंको सुन्दर मुहार ।

अब कुरो कन्सपीरेसीको… कोरोना पछि शक्तिराष्ट्र चीन र अमेरिका बिच दूरी अझै बढेको छ । कोरोना कन्सपीरेसी थियोरिष्टहरु जस्तो यो भन्न खोजिएको हैन की यो सम्बन्ध कोरोनालाई जोडेर नोभेम्बर २०१९ पछि अचानक बिग्रिएको हो । यि दुबै देशहरु शितयूद्धमा पहिल्यै देखि छन् । चिनीया उत्पादहरुमा सुक्ष्म नियमन तथा नियन्त्रण गर्नु अमेरीकी सुरक्षा नीति अन्तर्गत जायज पनि छन् । Huawei माथीको प्रतिबन्ध होस् या दुवै देशले आ-आफ्नो भूमीमा रहेका वाणिज्य दूतावास खाली गराएको घटना होस् या चिनिया कूटनीतिज्ञ तथा राजनीतिज्ञलाई अमेरिकाले लगाएको प्रतिबन्ध; यद्धपी कोरोना कन्सपीरेसीमा सर्वाधिक प्रभावित अमेरिका र शुरुवात भएको देश चीन बिचमा यस थियोरी प्रमाणित गर्नेखालका शंकास्पद कथित प्रमाणहरु पनि छरिएका छन् । रणनीतिक रुपमा अमेरिकी राष्ट्रपतिय चुनावको संघारमा आएको कोभिड-१९ यसिअघिको सार्स भाइरसको प्रजाति रहेको बताइन्छ, चीनको वुहानबाट प्रारम्भ भएको यो स्वास्थ्य संकटको सिकार चीन भन्दा अमेरिकामा मृत्यू सँख्या धेरै छ । तर के साँच्चै यो एउटा देशले अर्कोलाई प्रहार गरेको हतियार होला त ? नहुन पनि सक्छ, चीनमा पनि बास्तविकरुपमा भनिएको भन्दा धेरै मृत्यू भएको हुनसक्छ । चीनियाँ कम्यूनिष्ट शासनपद्धतीले धेरै नागरिक सूचनाहरु उहिलेदेखि विश्व समाजबाट लुकाउँदै आएको छ । यो स्वास्थ्य संकटका सिकार नागरिक संख्या लुकाइनु कुनै नौलो भने हैन ।

कन्सपीरेसी भन्दा बाहिर एउटा कुराले पटक पटक चीनलाई प्रश्न गर्न मन लाग्छ: चीनमा भएका ग्राउण्ड जीरोको मृत्यू सDख्याको तथ्य खै? कसैसंग छैन । पेसेन्ट जिरो खै?

अब अमेरिका र पश्चिमा देशहरुको गरौं, आजभन्दा १०२ वर्षअघि अमेरिकामा आएको यस्तै फ्लु महामारीमा ६ लाख ७५ हजार मारिएको इतिहास छ, यसअर्थमा यस्ता फ्लु त हरेक शताब्दीमा आइरहने पनि हुनसक्दछ, त्यसकारण कोरोना केवल एउटा अवधिगत रुपमा पृथ्वीमा मानवकै कारण पटक पटक देखिने एउटा संक्रमण हो ।

अवस्य पनि ओखती कम्पनीहरु अनि देशहरु यसको खोप बनाउन लागिपरेका छन्, जस्ले पहलिा बनायो उस्को शक्ति र ब्यापार बढ्ने निश्चित छ, अमेरिकी कम्पनी पिएफआर र जर्मन कम्पनी बायोनटेक यसको खोप बनाउन तल्लीन छन, हेरौं कसले बाजी मार्ने हो ।

उता फेसबुक, अमेजन जस्ता टेक कम्पनीहरुले विगतका ४ वर्षमा नपाएको शेयर मूल्य अफ्रि महिनामा मात्र पाएका छन्, कोरोना आँफैंमा भयंकर छैन केवल देशहरुमा स्वास्थ संरचना र सुविधा पर्याप्त नभएको तर्कहरु अनि प्रमाणहरु अर्कोतर्फ छ ।

फाइभ जी मोवाइल नेटवर्कले यो संक्रमण बढाउने छ भन्ने अर्को हाँसउठ्दो कन्सपीरेसी

भारत नेपाल, अमेरिकाले डिसेम्बरको अन्तिम साता भेटेको पहिलो संक्रमणमा भारत र नेपाल केहि महिनासम्म खासै संक्रमीत बढेको डाटा नराखि बढ्दा अमेरिकामा दैनिक हजारौं मर्न थालेका थिए । चीन अनि यूरोपेली देशहरु सोत्तर भइसकेका अवस्थामा फाइब जी नभएका देशहरु कोरोना कहरवाट चोखो भएको तथ्य आउन स्वभाविक नै हो, झन त्यसै समय चीनले सगरमाथाको आफ्नो मोहडावाट हतारतार फाइज जी सेवा स्थापीत गरेपछि यस कन्सपीरेसीले झनै मान्यता पायो, यस विषयमा यसै भनिहाल्ने अवस्था छैन, अध्ययन जरुरी छ ।

कोरोना कहर उच्चतम बिन्दुमा रहँदा एउटा डकुमेन्ट्री बन्यो, प्लान्डेमीक अर्थात प्लान गरिएको एपीडेमीक, यस डकुमेन्ट्री ले त झनै बजार पिट्यो । यसका तथ्यहरु फेरि निराधार थिएनन, जे सुकै होस् कोरोनाको धरातल चाँही धमिलो नै छ भन्ने कुरा यस डकुमेन्ट्रीले स्थापित नै गरिदियो । यस डकुमेन्ट्री अपलोड भएको हप्तादिन नबित्दै मैले हरेको हुँ, ८ मिलियन अर्थात ८० लाखले हेरिसकेका थिए । बेलायतका यूवाहरु माझ एउटा तठस्त अध्ययन गरियो, अधिकांशले कोरोना केवल कन्सपीरेसी भएको सम्म बताए, कोरोनालाई विश्वभरि एउटा त्रासको नयाँ स्वरुमा लिइयो यद्धपी नेपाल र भारतमा भनें अहिलेसम्म कोरोना कहरले भन्दा आत्महत्या र अन्य मानोसामाजिक समस्याले मर्ने र प्रभावितहरुको सख्याँ झनै बढेको पाइन्छ ।

नेपालीहरुले बिसिजी डिपीटी गरेर लहरेखोकी बिरुद्धको खोप लगाएकाले श्वाँसप्रश्वासको समस्या हुने कोरोना नलाग्ने तर्क पनि आयो, स्मरण रहोस् नेपाली खोपहरु नेपालका उत्पादन हैनन, हामी पश्चिमा देशहरुको ह्यूमन ट्रायलका अधिकांश खोपहरु निशुल्क लगाएर हुर्केका हौं, जीवनकालमा साइड एफेक्ट धान्नुपर्ने संभावना एकातिर अनि त्यही अनुदानको खोपको आधारमा हामी सुरक्षित छौं भन्ने कुतर्क एकातिर, खोपका कारणले कोरोना नलाग्ने चाँही मलाई पटक्कै विश्वास भएन ।
फिल्म योर हस्पीटल ह्याशट्याग चलाइयो, मान्छेहरु अस्पतालले मृतकको सँख्या घटाइरहेको छ भनी अस्पतालमा लुकी लुकी भिडियो खिच्न सम्म पुगे, चीन बाहेक अन्य देशले मृतकको सँख्या घटाउन या बढाउन सक्ने अवस्था चाँही थिएन ।

शिक्षित भनाउँदा समाजहरुको कन्सपीरेसी
कोरोनाको क्लीनीकल पाटो भन्दा सामाजिक अनि आर्थिक पाटो धेरै छ, धनुषा नेपालमा एक संक्रमीत युवाले रिपोर्ट नेगेटिभ आएपछि पनि आफ्नै घर र समाजमा भोगेका भेदभावका कारण आत्महत्या नै गरेदिए । कोरोना संक्रमितको उपचारमा संल्गन आइसोलेशनको क्रममा मध्य बानेश्वरको एउटा होस्टललाई आश्रयस्थल बनाएका डाक्टरहरु सहितको स्वास्थ्यकर्मीहरुको टोलीलाई टोलका एकहूल नागरिकहरुले घेरे, अपशब्द बोले र अपमान गरे । घरबेटीले संक्रमितको सेवामा समर्पित डाक्टर, नर्स, ल्याब सहयोगीहरुलाई कोठामा छिर्नै नदिएको, घरको पर्खाल तथा गेटमा ‘संक्रमितको घर’ भनि तूल, ब्यानर टाँस्ने किसिमले शिक्षित भनाउँदो समाजले आफ्नो रोगी मानसिकता देखाइरहेका छन् । कोरोनाको आफ्टरम्याथमा यस्ता सामाजिक समस्या हामीजस्तो देशहरुमा धेरै नै देखिए ।

तर एउटा कुरा चैं बुझेहुन्छ, “हैन केही भइहाले उपचारका लागि कुन मुखले फेरी उही चिकित्सकको अनुहारको सामना गर्लौ? कि कन्सपीरेसी का थियोरिष्टहरुको मा पुग्छौ? हँ?” सकिन्छ भने हात जोडेर, भूँई टेकेर माफी माग यस्तो घृणित गल्तीका लागि । नत्र इतिहासले ती टोल, ति घरबेटी, ति छिमेकीलाई सदाका लागि संकिर्ण तथा राक्षसी प्रवितिको कुनै पनि अनुसन्धानमा पहिलो प्राथमिकतामा राख्नेछन् ।

कोरोनासँग डराउने हैन सतर्क रहने हो, यस्ता धेरै महामारीहरु आए र ति महामारीहरुसँगै हामी आज बाँचिरहेका छौं, जीवन चलिरहेकै छ, चल्दै गर्दछ तर यस्तो विषम परिस्थितिका विघ्नहर्ताजस्ता स्वास्थ्यकर्मीहरुको अपमान, पीडा, समस्या भने थप्ने काम नहोस्, भगवानै नभए माथा टेक्ने ठाउँ फेरी खोजीराख्नु आ-आफ्नो कन्स्पीरेसीमा ।

यो बायोलोजीक्ल वार भए पनि पूँजीवादीहरुको चलखेल भएपनि यसको असरसँग हामी बाँच्न जरुरी छ, कोरोनाको धरातल कन्सपीरेसीस्टहरुको नजरमा उति स्पष्ट चाँही छैन । विश्व स्वास्थ संगठनको डान, अमेरिकी राष्ट्रपति ट्रम्पको क्लोरोक्वीन ओखती मोह, चनीका किटहरु यूरोपमा बिक्रि प्रकरण , विश्वव्यापीरुपमा नै पिसीआर टेस्टका मेसिनहरुको ओराली लाग्दो प्रभावशिलता, सरकारहरुले परिक्षण किट अनि सुरक्षा सामाग्री किन्दाका भ्रष्टाचारका प्रकरणहरु नेपालमा पनि झनै देखियो, कोरोना पक्कै पनि कसैका लागि कमाउने भाँडो भएको छ भने कसैका लागि जीवीकोपार्जनमाथी प्रश्न चिन्ह, एउटा ब्यापक ठूलो प्रशनचिन्ह….


Loading comments...