BREAKING | सज्जा चौलागाईं बनिन नेपाल आइडल – Nepal Idol सिजन ३ को बिजेता


काठमाण्डौ, १२ भदौ, २०७७ । देशकै चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को अन्तर्गत आज भएको अन्तिम ‘शो’ले नेपालको तेस्रो नेपाल आइडल प्राप्त गरेको छ । नेपाल आइडलका विभिन्न छनौट चरणहरु पार गर्दै उत्कृष्ट तीनमा पुग्न सफल सज्जा चौलागाईं – Sajja Chaulagain नेपाल आइडल सिजन ३ को ट्रफि उचाल्न सफल हुनुभएको छ ।

Grand Finale का लागि उत्कृष्ट अन्तिम् ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल तथा किरणकुमार भुजेल पुग्न सफल भएका थिए । आफ्ना मन परेका प्रतियोगीलाई बढी भन्दा बढी भोट गर्नका लागि Grand Finale को ३ घण्टा अघि सम्म अन्तिम् पटकका लागि भोटिङ खुल्ला राखिएको थियो ।

प्रत्यक्ष प्रशारणका क्रममा AP1 टेलिभिजनले एउटा सूचना जारी गर्दै Grand Finale अघिका नियमित श्रृंखलाहरु बिथोलिन गएका क्षमा माग्दै सूचना सम्प्रेषण गर्दै भनेको थियो, “कोभिड १९ का कारण नेपाल आइडल पनि अछुतो रहन सकेन । जसले नेपाल आइडलका नियमित कार्यक्रमहरुलाई असर गरेको थियो । नेपाल आइडलका सहभागीहरुमध्ये एकलाई कोरोना पोजेटिभ देखिएपछि निर्णायक टोली लगायत, कलाकार तथा प्राविधिकहरुको टोली आइसोलेशनमा बस्नुपरेको थियो । निर्माण टोली तथा सहभागीहरुको सुरक्षालाई ध्यान दिंदै नियमित श्रृंखला अवरुद्ध गर्नुपरेको थियो ।

Grand Finale का लागि दर्शकहरुको भोटिङ तथा तीनैजना जजहरुको मूल्याङ्कनका आधारमा आजको बिजेता घोषणाको तयारी थाल्दै आजको कार्यक्रम तयार पारिएको छ । बिजेताको घोषणा अन्नपूर्ण मेडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घोषणा गर्नुभएको थियो ।

फर्स्ट रनरअप प्रवीण भेटवाल हुनुभएसँगै नगद १० लाख प्राप्त गर्नुभएको छ सेकेण्ड रनरअफ हुन सफल हुनुभएको छ किरण कुमार भुजेल ।


Grand Finale को प्रशारण हेर्नका लागि सामाग्री यहाँ छः

Nepal Idol सिजन ३ को GRAND FINALE 


Loading comments...