मौसमको मूडः आगामी ३ दिनको मौसम कस्तो छ? पूर्वानुमान हेर्नुहोस्


काठमाण्डौ, १३ भाद्र, २०७७ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । हाल देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १३ गते (शनिवार)
दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न. १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १४ गते (आइतवार)
दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १५ गते (सोमवार)
दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश न. १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


Loading comments...