डिजिटल माध्यमबाट महामारीमा जनतालाई स्वास्थ्य परामर्श दिएर मनोबल बढाउँदै स्वयंमसेवी चिकित्सकहरु


काठमाण्डौ, १४ भाद्र, २०७७ । नेपालगंजबाट ३५ बर्षीय राकेश श्रेष्ठ ( नाम परिवर्तन) कल गर्नुहुन्छ एनसेल कल टु डाक्टर सेवामा अनि भन्नुहुन्छ २ दिन अगाडी उहाले पी सी आर गर्नु भएको रहेछ त्यसबेला उहाको रिपोर्ट नेगेटिभ आएको थियो, राकेश जी भित्र उल्लास र खुसि भरपुर थियो। उच्च मनोबल र आवश्यक सतर्कता सहित आफ्नो दैनिकी चलिरहनु भएको थियो ।

अचानक दुइ दिन नबित्तै उहाको खुसि मा तुषारापात भयो ज्वोरो आयो तैपनि केहि होइन होला भन्दै हतोत्साहित नभए समय चल्दै थियो तेही दिन साझा बाट उहाले गन्थ / बास्ना अनि स्वाद थाहा पाउन छोड्नु भयो त्यसपछि पछि पुन उहाले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो । हाल वहाँ आइसोलेशनमा हुनुहुन्छ। चिकित्सककको प्रतक्ष्य निगरानीमा हुनुहुन्छ।

ग्यस्ट्रिक बाहेक अन्य कुनै पुरानो रोग नभएका राकेशको आइसोलेसन बसाइको आज छैठौ दिन अन्य स्वास्थ्य अवस्था ठिक छ तर अझै पनि गन्थ र स्वाद थाहा पाउनु भएको छैन ।

उचित सुझाब र उच्च मनोबल को लागि हाम्रो पात्रोमा कार्यरत चिकित्सकले परामर्श दिएपछि राकेशको खटपटीकेहि हद सम्म काम भएको होला हामि उहाको पूर्ण स्वास्थलाभको कामना गर्दछ।

यस ‘Ncell कल टु डाक्टर’ सेवालाई स्वयंमसेवी भावले नेतृत्व गरीरहनुभएका डा. रबिन बस्नेत भन्नुहुन्छ, ‘सम्पूर्ण देश र विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनिहरुलाई आवश्य सतर्कता आपनाएर कोरोनाबाट बच्न हाम्रो पात्रो र पात्रोको यस भिडियो कलिङ सेवामा समर्पित सम्पूर्ण चिकित्सकहरु अनुरोध छ ।’

हाम्रो पात्रोको ‘Ncell कल टु डाक्टर’ सेवा प्रयोग गर्न यो लिंक थिच्नुहोस्ः https://bit.ly/2y2MPcd


Loading comments...