Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

प्रधानाध्यापक अपहरणको अभियोगमा महिला पक्राउ

१४ भाद्र २०७७, आईतवार २२:४५

सिन्धुली, १४ भदौ, २०७७ । तिनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई स-कुशल फेला पारी उद्धार गरेको हो ।

प्रतिमाको साथबाट २ वटा खाली सकेट बम र १ थान सुतली बम बरामद भएको घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय