१३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न


रौतहट, भाद्र १५, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले पुजारी श्रीराम साहको हत्या भएको मन्दिर प्राङ्गणलाई भव्य हनुमान मन्दिर बनाउने घोषणा गरेको भोलीपल्टै स्वर्गीय पुजारीको १३औं दिनको पुण्यतिथीमा उनकै पहलमा आज हनुमान मन्दिर निर्माणको शिलान्यास भएको छ ।

हनुमान मन्दिर शिलान्यास कार्यक्रममामा मौलापुर नगरपालिकाको मेयर रीना कुमारी र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहको संयुक्त शिलान्यास कार्यक्रममा नेकपाको नेता एवं बिधायक प्रत्याशी उपेन्द्र साह,प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाही गोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनीधि, नेता एवं पुजारी श्रीराम साहको परिवारको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

संयोग आजै हत्यामा संलग्न भएको आरोपमा देवाही गोनाही नगरपालिकाको वडा नं. १ का स्थानीय रामनरेश पटेल तथा सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भाद्र ३ गते राती खाना खान भनी बसेको अवस्थामा पुजारी साहको कन्चटमा गोली हानी हत्या गरीएको थियो । दुवै आरपीलाई भारतीय प्रहरीको सहयोगमा दुवैलाई बिहारको पूर्वी चम्पारणको मोतिहारीस्थित ढाकाथानाबाट पक्राउ गरी ल्याइएको छ ।

त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाडी बढाउन र वहाँको योगदानलाई स्थापित गर्न माननीय प्रभु साहले हिजोमात्रै हत्याभएको उक्त स्थानमा विशाल हनुमान मन्दिरको निर्माण तथा मठ निर्माणको घोषणा भएको भोलीपल्ट नै उच्च प्राथमिकता दिंदै शिलान्यास भएको हो ।

वहाँको सम्मानमा साधू-सन्तहरूले भण्डाराको आयोजना गरेकाछन भने रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुखहरूले उक्त स्थानको निरीक्षण गरि त्यहा प्रहरी चौकी राख्ने प्रतिबद्धता गर्नु भएकोछ । यस अवसरमा पुजारी श्रीरामप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।


नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री


Loading comments...