मौसमको मूडः कस्तो रहनेछ आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्


काठमाण्डौ, १६ भाद्र, २०७७ ।  हाल मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको छ ।

हाल देशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षा समेत भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १६ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १७ गते (वुधबार)
दिउँसो: देशभर सामान्यतया बदली रही बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १८ गते (बिहिबार)
दिउँसो: देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


Loading comments...