
थाइल्याण्डका राजाबिरोधी युवाहरुको ‘फेसबुक ग्रुप’लाई राज्यले हटायो
१६ भाद्र २०७७, मंगलवार ०९:१६
भारत, १६ भाद्र, २०७७ । थाइल्याण्डमा राजा भूमिवोलको मृत्यूपछि अहिलेका राजाका विषयमा निकै विवाद अनि बिरोधहरु हुँदै आएका छन् । राजाका प्रेम प्रसङ, विलासी जीवनयापन देखि घरीघरी उनीबारे आउने अन्य विवादास्पद तथ्यहरु एकातिर छन्, अर्कोतर्फ थाइल्याण्डका नागरीकहरुको अविछिन्न राजसंस्थाप्रतिको कथित आस्था पनि छ । यसैक्रममा थाइल्याण्डका राजसंस्था विरोधी नागरिकहरुले १० लाख सदस्य सहितको ‘Royalist Marketplace’ नामको फेसबुक ग्रुप सक्रिय थियो । त्यसै ग्रुप मार्फत् उनीहरु आफ्ना एजेण्डा र योजनाहरु साझा गर्ने गर्दथे । सरकार यस ग्रुपका सञ्चालक र मोडरेटर बिरुद्ध कानुनी प्रक्रियामा जाने बताइएको पनि थियो तर अन्तत थाई सरकारले फेसबुकसँग कुरा गरेर उक्त ग्रुपलाई सफाया गरिदिएको हो ।
सरकारमा रहेका मिलिटरी व्यक्तित्वको नेतृत्वका बिरोधमा राजधानी बैंककमा दैनिकजसो प्रर्दशन हुने र युवा प्रदर्शनकारीहरुले राजसंस्थाको रिफर्मेशनको माग गरेका दैनिक घटनाहरु थाई सरकारले लुकाउन खोज्दा खोज्दै पनि सर्वत्र चर्चामा रह्यो । रोयल मार्केट प्लेस नामको यस ग्रप स्वयम देशवाहिर बसेको थाइ शिक्षणविद्ध पविन चाचाभपोल्गुनले शुरु गरेका थिए, गत सोमवार राती थाई सरकारको डिजीटल इकोनोमी र सोसाइटी मन्त्रालयको अनुरोधमा फेसबुकले उक्त ग्रुपलाई बन्द गरिदिएको सन्देश देखाइयो । पविन जो अहिले जापानमा बस्दछन्, उनका अनुसार फेसबुकले मिलिटरी दस्ताले नेतृत्व गरेको थाई सरकारको दबाब झेल्न सकेन ।
Facebook blocks page about Thailand’s king as protesters demand democracy https://t.co/SqBLQMELcC
— CBS News (@CBSNews) August 25, 2020
रुइटरस्लाई पविनले आफ्नो ग्रुप प्रजातान्त्रिक प्रक्रियाको स्थापनार्थ थाई संसदका लागि पैरवी गरिरहेको ग्रुप रहेको र थाई युवाहरुको प्रजातान्त्रिक अभिव्यक्तिको साझा डिजीटल थलोको रहेको बताएका हुन् ।
सोमबार यसरी ग्रुप फेसबुकले ब्लक गरेपछि पविनले त्यही नाममा खोलेका अर्का ग्रुपमा मगंलवार सम्ममा नै करिब ५ लाख युवा सदस्यहरु आवद्ध भइसकेका थिए । फेसबुकले पनि अहिले आएर थाइ सरकारको यस अनुरोधलाई अबका दिनमा कानुनी दायरामा लिएर जाने तर आफ्ना प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुन नदिने घुमाउरो स्पष्टिकरण दिएको छ ।
थाइल्याण्डमा राजा या राजपरिवार विरुद्धमा बोलेका या लेखेका या केहि कदम उठाएका १५ वर्षसम्म कारावासको सजाय तोकिएको छ । यस महिनाको शुरुमा थाइल्याण्डका जिजीटल मन्त्रालयका मन्त्रीले फेसबुकलाई आफ्नो सरकारको अनुरोध नमानिदिएकोमा कडा आलोचना पनि गरेका थिए, अन्तत फेसबुक झुकेर उक्त ग्रुप बन्द गर्न बाध्य त भयो पनि होला तर त्यही नामको अर्को ग्रपका यथेस्ट सदस्यहरु भेला भइसकेका छन् ।
थाइल्याण्डको डिजीटल मन्त्रालयले पविनका विरुद्धमा साइबर क्राइमको मुद्दा फाइल गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा