
नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको मृत शरीर ४ महिनापछि भेटियो
भारत, १६ भाद्र, २०७७ । ५२ वर्षिय मोरिस मे ६ बाट नै हेमीस्फायर अल्टनमा अन्ति पटक दौडदैं गरेको देखिएपछि हराएका थिए, सन् २०१९ सम्म करिब ४ वर्ष मोरिस बेलायतका नेपालका लागि राजदुत भएक थिए । लाइभमाण्डुले मोरिस बेपत्ता भएको दिनदेखि हरेक अपडेटहरु फलो गरिरहेको थियो, आज दुःखका साथ मोरिसको शरीर मृत अवस्थामा भेटिएको खबल राख्दै प्रिय राजदुत मोरिसलाई भावबिवहल श्रद्धाञ्जलीका साथ अलविदा भन्न चाहन्छौं ।
गत मे ६, २०२० का दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका थिएनन, उनको अवस्था अज्ञात रहेको थियो ।
एलीस हल्ट जङ्गलमा मोरिसको मृत शरीर भेटिएको हो र अधिकारीहरुले उक्त शरीरलाई अनि मृत्यू प्रकरणलाई शंकास्पद रुपमा हेरेको बेलायती मेडियाहरुले लेखेक छन् ।
आधिकारिक पहिचान नगरिएपछि औपचारीक रुपमा ५२ वर्षिय मोरिसको परिवारलाई जानकारी गराइसकिएको छ, हुन त फर्नहाम नजिकैको एलिस हल्ट जङ्गलमा प्रहरीहरुले यसअघि पनि मोरिसको खोजि नगरेका हैनन तर कुनै सुराक पत्ता लागेको भने थिएन । यस जङ्गल आसपासमा मोरिस दैनिक दौडन जान्थे, आज उनी हराएको ४ महिनापछि साबिककै ठाँउमा उनको मृत शरीर पाइनु पक्कै पनि शंकास्पद केहि छ भन्ने तर्कहरु पनि उठिरहेका छन् । अधिकारीहरु ९ स्क्वायर किमी वरपर जमिनमा , पानीमा अनि जङ्गलमा मोरिसको केहि सुराक पाइन्छ कि भनेर थप खोज गरिरहेको बताइन्छ । अरु धावकहरुले पनि मोरिसलाई देखेको हुनसक्छ भनी प्रहरी हरेक ठाँउका सिसिटिभी फुटेज लगायतका मान्छेहरुलाई समेत पुछताछ गरेको हो यद्धपी मोरिसको कुनै खबर नपाएपछि गत जुलाईबाट नै प्रहरीले प्रत्यक्ष रोकेको थियो । ३ बालबच्चाका बुवा मोसि नेपालबाट फर्केपछि फिजीमा ब्रिटिश हाई कमिशनका हाई कमिश्नरका रुपमा कार्यरत थिए, बेलायतको परराष्ट्र कार्यलयले समेत यिनलाई अत्यन्त महत्वपूर्ण र सर्वप्रिय साथी भनी सम्वोधन गरेको थियो ।
बेलायतको परराष्ट्र बिभाग अनि कमनवेल्थ अफिसमा ३० वर्ष भन्दा धेरै कार्य गरेका मोरिस सिड्नीका लागि बेलायतका कन्सुल, बेलायतका तर्फवाट मेक्सिको सिटीको दुतावासका राजदुत लगायत थुप्रै रणनैतिक भूमिकामा थिए । टप डिप्लोम्याटका रुपमा गणना हुने मोरिस विश्व भूराजनिति अनि शितयूद्धका अव्यक्त रणनितिहरुमा अत्यन्त गम्भिर र संवेदनशील देशहरुमा कार्य गरिसकेका व्यक्ति थिए । नेपालमा पनि यिनको शादिनता, उदारता र नेपालप्रतिको मायाका प्रिय बनेंका थिए, मोरिसको मृत्यूका हरेश शंकाहरु दुर हुन्, यिनले न्याय पाउन अनि परमात्माले यिनलाई आफूमा समाहित गरुन ।