पेट्रोलको मूल्य बढ्यो


काठमाण्डौ, १६ भाद्र, २०७७ । सरकारबाट पुनः पेट्रोलको मूल्यवृद्धि गरिएको छ । नेपाल आयल निगम लिमिटेडले भाद्र १७ गते मङ्गलबार मध्यरातीबाट लागू हुने गरी प्रति लिटरमा रु. २ (दुई) मूल्य बढाएको हो । यस मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य हरेक लिटरका लागि १०७ रुपैयाँ खर्चिनुपर्ने छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तीको पूरा पाठ
पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनवाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य केही हेरफेर गएर आएकोले निगमको गिति २०७७।०५।१६ को निर्णय अनुसार मिति २०७७।०५।१६ को राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको साविकको खुद्रा विक्रि मुल्यमा रू. २ । ०० प्रति लिटर वृद्धि गरी काठमाण्डौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्रको लागि पेट्रोलको खुद्रा विक्रि मुल्य रू. १०७।०० प्रति लिटर कायम गरिएको छ, भने डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मुल्य हाललाई यथावत नै राखिएको छ । हाल मुल्य समायोजन भए पश्चात् पनि भारतिय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३२ । २६ र डिजेलमा प्रति लिटर रू. ३६ । ७५ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत् जानकारी गराईन्छ।

नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनित मणि उपाध्यायद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीको वास्तवीक प्रति


Loading comments...