श्रीलंकाको सभापतित्वमा बिमस्टेकको तयारी बैठक सम्पन्न


काठमाण्डौ, १८ भाद्र, २०७७ । बिमस्टेक अर्थात बंगालको खाडी छेउका देशहरुको बहूपक्षीय प्राविधीक एवं आर्थिक् समन्वयको संगठनको दक्षिण एसियाली मानचित्रमा थप महत्व बढाउन अनि अवसरहरुको प्रयोग गर्न पछिल्लो समयमा दक्षिण एसियाली देशहरुले सक्रियता देखाउन थालेका छन् । यसै सन्दर्भमा बिमस्टेक सक्रियाका लागि ठोस कार्यविधि लगायतका कार्यहरु अघि बढाउन तथा आगामी नीति तथा कार्ययोजनाहरुमा तयारीका लागि अनलाइनमार्फत छलफल समेत थालेको छ ।

सार्कको क्षेत्रिय प्रभावमा भारत र पाकिस्तानको बैमनस्यता सबैभन्दा ठूलो समस्या भएपछि बंगलादेशको पहलमा बिमस्टेकको बिस्तार भयो र बंगालको खाडी नजिकका भारतीय उपमहाद्वीपका देशहरु यसमा संलग्न भए । बिमस्टेकको सचिवालय बंगलादेश ढाकामा छ र अहिले नेपालका तर्फबाट बिमस्टेकमा डाक्टर डमरु बल्लभ पौडेलले सचिवालय ढाकामा आधारित भएर कार्य गरिरहनु भएको छ ।

पछिल्लो समयमा भारत र श्रीलंकाबिच घट्दो दूरीले समेत बिमस्टेकको संभावनालाई थप मजवुत बनाएको पाइन्छ, यसैसाथ भारतले आफ्नो तर्फबाट बिमस्टेकको २१ औं उच्चस्तरीय आधिकारीक बैठक एसओपीका लागि विदेश मन्त्रालयका पूर्वीय बिभागका सचिव अनुराग श्रीवास्तवलाई नियूक्त गरेको छ । यस एसओपी श्रीलंकाको नेतृत्वमा हुनेछ भने यस भेलाले बिमस्टेकको आगामी मन्त्रीस्तरीय बैठक र सम्मेलन समेतको पनि स्थान र मिति निर्धारण गर्नेछ ।


Loading comments...