Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

जापानवासी एनआरएनको सक्रियतामा २१ करोडको स्वास्थ्य सामग्री नेपाल पठाईंदै

१८ भाद्र २०७७, बिहीबार १७:२८

लोकप्रिय

जापान, १८ भाद्र, २०७७ । जापानस्थित नेपाली समुदायको सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ । सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र हुदै गए पछि जापानवासी नेपालीहरुको सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुने भन्दै गैरआवासीय नेपाली संघले एनआरएनए जापान, कपिल थापा, फुजिरेव्इओ कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विशेष धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई