
हर्षवर्धन श्रींगलाद्वारा ‘भारतीय कूटनीतिको एउटा बृहत क्यानभास’ सन्दर्भमा अनलाइन लेक्चर हुने
१८ भाद्र २०७७, बिहीबार १८:२८
भारत, १८ भाद्र, २०७७ । घरमा बसि बसि अनलाइन भेला अनि जुम सेसनहरुमा सहभागीता जनाइरहनुभएको छ, समयलाई केहि नयाँ जान्ने अनि बुझ्ने हिसाबमा प्रयोग गर्न चाहनुहुन्छ र विदेश नीति तथा परराष्ट्र मामिलामा जान्ने र अपडेट रहन चाहनुहुन्छ भने यो खुला लेक्चर यहाँकै लागी हो ।

“The Broad Canvas of INDIAN DIPLOMACY during the pandemic – यस महामारीको समयमा भारतीय कूटनीतिको एउटा बृहत क्यानभास” शिर्षकमा वृहत अनलाइन भेला आयोजना हुँदैछ, यसमा प्रस्तुतकर्ता छन् भारतीय विदेश सेवाका सदस्य श्री हर्षवर्धन श्रींगला ।
भारतका तर्फबाट अमेरिकाका लागि राजदूत, थाइल्याण्डका लागि भारतीय राजदुत र बंगलादेशका लागि हाई कमिश्नर भएर काम गरेका हर्षवर्द्धन इज्रेल, साउथ अफ्रिका लगायतका देशहरुमा अनि संयूक्त राष्ट्र संघमा पनि कार्य गरिसकेका विदेश नीति अनि परराष्ट्र मामिलाका विशेषज्ञ पनि हुन् । यिनको विशेषज्ञता भारतमा मात्र नभई विश्वभर नै निकै सराहना गरिन्छ, यिनले प्रस्तुत गर्ने यस खुल्ला लेक्चरमा सबैलाई स्वागत अनि निम्तो भनिएको छ ।
भारतीय विदेश मन्त्रालयका उत्तर डिभीजन हेर्न यिनले नेपाल र भुटानसँगको भारतको नीतिलाई निकट रुपमा हरेको बताइन्छ, यिनले महामारीको समयमा भारतीय कूटनीतिको गहन बिश्लेषण र ब्याख्यामा नेपाल भारत सम्बन्धमा अवयवहरु र सीमा विवाद र त्यसको महामारीका पर्न गएको भूराजनैतिक प्रभाव आदिका कुराहरु पनि आउन सक्ने सम्भावना बताइन्छ ।
सेप्टेम्बर ४ मा हुने यस वेबिनारमा सहभागीताका लागि रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल