
मौसमको मूडः आगामी ३ दिनको मौसम कस्तो रहनेछ?
१९ भाद्र २०७७, शुक्रबार ०९:१८
काठमाण्डौ, १९ भाद्र, २०७७ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १९ गते (शुक्रवार)
दिउँसो: देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र २० गते (शनिवार)
दिउँसो: देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र २१ गते (आईतवार)
दिउँसो: देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखा
प्रादेशिक साप्ताहिक मौसम पुर्वानुमान
जारी गरिएको मिति: २०७७/०५ /१८
वैधताको अवधि: २०७७/०५ /१९ शुक्रबार देखि २०७७/०५/२५ बिहीबार सम्म
नोट- साताको शुरु: शुक्रबार, शनिबार, साताको मध्य: आइतबार, सोमबार, मंगलबार र साताको अन्त्य: बुधबार, बिहिबार |
सारांश
- सबै प्रदेशहरुमा साताका अधिकांश दिनहरूमा सामान्य बदलीरहने तर साताको मध्य र अन्तमा प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदलीको सम्भावना रहेको छ
- सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यमवर्षाको सम्भावना रहेको छ।
- साताको मध्य र अन्तमा, प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा रसाताको अन्तमा प्रदेश न. ५ को १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
- देशको पश्चिमि भू-भागमा, अधिकतम र न्युनतम तापक्रममा हल्का बढ्ने तथा मध्य र पुर्वी भू-भागमा अधिकतम र न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन हुने देखिदैन ।
तयार गर्नेः मञ्जु बासी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई