बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?


काठमाण्डौ, २० भाद्र, २०७७ । बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो । त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत तरिकाबाट बेसारबाट बनाइएका कुराहरु खाने गर्नुपर्छ । बेसार मिसाएर तयार गरिने त्यस्ता खानेकुराहरुमा सबैभन्दा प्रिय तथा परिचित पेय पदार्थ हो बेसार-दूध । परापूर्वकाल देखि बेसारको फाइदा बुझेका पूर्वीय सभ्यतामा हुर्किएका हाम्रा पुर्खाहरुले यसलाई महत्वपूर्ण औषधीय घोलको रुपमा हाम्रो पुस्तासम्म परिचय गराइदिएका छन् ।

बेसार-दूध अत्यन्तै फाइदाजनक मानिएको छ । यो औषधीय घोल तयार पार्न अत्यन्तै सजिलो छ, तर के तपाईंलाई थाहा छ यो घोल हामी प्राय गलत तरिकाले तयार पार्छौं? अधिकांशले गर्ने एउटै गल्ती के हो भने दूधमा रेडिमेड बेसारको धूलो मिसाइन्छ ।

कसरी तयार पार्ने त बेसार-दूधको घोल?

विधि
बेसार-दूध बनाउनका लागि हामीमध्ये अधिकांशले प्रयोग गर्ने भनेको घरमैं रहेको बेसारको धूलोलाई तातो दूधमा मिसाएर तयार पारिएको घोल हो । तर तपाईंलाई यो थाहा पाएर अचम्म हुनुहुनेछ की यसरी तयार पारिएको बेसार-दूधको घोल शरिरका लागि त्यती लाभदायक हुँदैन ।

बेसार-दूध बनाउने उत्तम उपाय भनेको काँचो बेसारको गाँठो प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ । यसलाई तयार पार्ने सही विधि यस प्रकार छः

  • बेसार-दूध बनाउनका लागि सबैभन्दा पहिले गाँठो बेसारलाई राम्री पखालेर सिलौटी अथवा मिक्स्चरमा पिस्नुहोस् ।
  • एउटा भाँडोमा २ कप दूध तथा एक कप पानी राख्नुहोस, दूधमा पानी मिसाउँदा तापका कारण भाँडोमा दूधमात्र बाँकी रहनेछ भने पानी सुखिजाने छ ।
  • अब उम्लिंदै गरेको दूधमा बेसारको साना-साना टुक्रालाई राखिदिनुहोस् । अब बेसार राखिसकिएको यस दूधलाई कम्तीमा १५ देखि २० मिनेटसम्म मध्यम तापमा उमालिराख्नुहोस् । मध्यम तापमा बेसार मिसिएको दूध उमाल्नाले बेसारको सबै पोषकतत्व दूधमा राम्ररी मिसिन्छ ।
  • बेसार मिसिएको दूध राम्ररी उम्लिसकेपछि चिया छान्नेले छानेर गिलासमा राख्नुहोस् । यसरी छानिएको बेसारयुक्त दूध अब पिउनका लागि तयार छ ।
  • स्वादका लागि चुटकीजत्तीको कालो नुन तथा मरिचको धूलो पनि मिसाउन सक्नुहुनेछ ।
  • बेसार मिश्रित दूधले कोलेस्ट्रोल, घुँडा, कुहिनो, काँध, कम्मरको पीडा, कब्जियतको समस्याको समाधान गर्नुका साथै रगत सफा गर्न तथा वाथ रोगको समस्या भएकाहरुलाई फाइदा पुर्र्याउँछ । साथै शरीरमा रहेका विषाक्त पदार्थहरुलाई मल या मूत्रको मार्फत बाहिर निकाल्न सहयोग गर्नेछ ।

बेसारबारे अन्य सामाग्री

बेसारको फाइदा तथा केही तथ्यहरु


Loading comments...