भारतलाई विश्व सप्लाई चेनको मुटु बनाउन तत्पर छौंः भारतका परराष्ट्र सचिव श्रींगला


भारत, १९ भाद्र, २०७७ । ‘ब्रोड क्यानभास अफ इण्डियन डिप्लोमेसी ड्यूरिङ द प्यान्डेमीक’ नामक खुल्ला वेबीनारमा इण्डियन काउन्सील अफ वर्ल्ड अफेयरसको आयोजना रहेको थियो । भारतीय कूटनीतिमा दक्षता राख्ने अनुभवी र बिशेषज्ञ परराष्ट्रविज्ञहरुको नेतृत्व रहेको यस अफेयरसलाई उक्त कार्यक्रममार्फत मुख्य वक्ता तथा भारतका परराष्ट्र सचिव हर्षवर्धन श्रींगलाले कुटनैतिक कोशेढुंगाहरु र परिपेक्ष्यका बिषयवस्तुहरुमा आफ्नो बुझाई राखेका थिए । उक्त बुँदाहरुले भारत र भारतीय उपमहाद्वीपका अन्य राज्यहरुलाई पनि समेटेको छ, निकटतम छिमेकीका रुपमा नेपालसँगको सम्बन्ध र यस महामारीको परिपेक्ष्यमा अन्य सहकार्यका बुँदाहरु पनि रहेको भएकाले हामी ति बुँदाहरुको सरल नेपाली अनुवाद गर्दैछौं । नेपाल भारत समबन्ध र मुद्दाका लागि यो आलेख भोलीका दिनमा अध्ययन साइटेशन र स्रोत बनोस भन्ने लाइभमाण्डूको यो कसरत रहेको छ ।

भारतमा बिभिन्न संघसंस्था र प्रसिद्ध विश्वविधालयका प्राध्यापक तथा बिद्यार्थी लगायतको यस वेबीनारमा भर्चुअल उपस्थिती थियो भने नेपालका तर्फबाट समेत केहि शोधकर्ता र मेडियाकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा मुख्य वक्ता भारतका परराष्ट्र सचिव हर्षवर्धन श्रींगलाद्वारा ‘संक्रमणका अवस्थामा भारतीय कुटनीती’ विषयक खुल्ला वेबीनारमा भएको लेक्चरको पुरा पाठ (नेपाली अनुवाद)

आइसीडब्लुए भारतको एउटा अतिविशिष्ट व्यक्तित्वहरुको सहभागीतामा बनेको थिकं ट्याकं हो, अहिलेको समयमा यो एउटा प्रगतिशील भारतीय कूटनीतिको एउटा उत्कटता पनि अभिव्यक्त गर्दछ । भारतीय कूटनीतिको आधारशिला र उद्गम हामी उपनिशेष हुँदा देखि, स्वतन्त्रता, पार्टिशनको पीडा, राज्यव्यबस्थाको संरचना मिलानमा भएका संघर्षहरु लगायत अन्य थुप्रै दौरहरुबाट गुज्रेको छ । यस यात्रा कठिन र चुनौतिपूर्ण थियो र भविष्यका पनि थुप्रै चुनौतिहरु छ । भारत सहनशीलताको पदचिह्न सहितको एउटा तठस्त देश हो जो प्रगतिका लागि हरदम निरन्तर लागिपरेको छ, भारत परिवर्तन चाहन्छ, चुनौतिहरु हैन प्रगतिसूचकले भारत चिनिन चाहन्छ ।

अहिलेको समय अत्यन्त कठिन छ, यो सन् २०२० अत्यन्त चुनौतिपूर्ण वर्ष रहेको छ । दोश्रो विश्वयूद्ध पछि विश्वव्यापी संरचनाहरु यसी ठप्प भएको यो पहिलो घटना हो, स्वास्थ इभेन्टका रुपमा शुरु भएको यस अवस्था सन् १९१८ को स्पेनीश इन्फ्लुएन्जासँग तुलना गर्न सकिन्छ । आर्थिक संरचनाको विध्वंश अनि भूराजनैतिक अवस्थामाथिको हमला र हामीले आफ्नो कल्पना पनि नसोचेको सामाजिक शकहरु हामीले यस समयमा भोगीरहेका छौं । विश्वभरि करिब ८ लाखजनाको मृत्यु भइसकेको छ । अनगिन्ती जीवीकोपार्जनका अवसरहरु नष्ट भइसकेका छन् । चीनकोसँगको लाइन अफ एक्चुअल कन्ट्रोलको विषयमा भारतचीन सीमा अवस्था हामी सबैले बुझेकै छौं, ४० वर्षपछि सीमामा फेरि मृत्यूको घटना भएको छ, यो हाम्रा लागि कठिन चुनौति र संवेदनशील घडी छ । भारत सैन्य र कुटनैतिक दुबै संयन्त्रबाट चीनसँग समाधानका लागि लागिपरेको छ, संवादको माध्यमले समस्या समाधानका लागि हामी पूर्णरुपले बिश्वस्त छौै । यस अन्तरक्रियामा म यस विषयमा फेरि फर्कनेछु । कोभिड प्रतिकूलतामा राष्ट्रवादका हरेक आयामहरु प्रभावित छन्, र यस प्रभावमा भारतीय कुटनीति र विदेश नीतिहरु नपर्ने कुरै आउँदैन ।

अब यी चुनौतिहरुलाई हामी कसरी सामना गर्ने छौं ? यी चुनौतिहरु मध्य केहिलाई के हामी भविष्यमा अवसरका रुपमा रुपान्तरण गर्न सक्नेछौं जस्ले भारतको राष्ट्रियतामा थप उँचाई प्रदान गर्नेछ ? यस महामारी र लडकडाउनले विश्वव्यापीकरणको आधारभूत कडीलाई थप नजिकबाट नियाल्न हामीलाई मद्दत गरेको छ, वर्तमान राजनैतिक र आर्थिक तहलाई नजिकबाट पृथकढंगले बुझ्न हामीलाई यस महामारीले सिकाएको छ भन्ने मेरो ठम्याई छ ।

प्रधानमन्त्री मोदीको जी २० समिटमा भएको भाषण र रणनीतिले भारतको बिदेशी राष्ट्र र मुद्दाप्रतिको नजरलाई ब्याख्या गरेको थियो । प्रधानमन्त्रीका अनुसार यस महामारीले अन्तराष्ट्रिय संरचनामा भएको कमी र त्यसका सिमाहरुलाई देखाइदिएको छ, साँघुरो आर्थिक एजेण्डाले अहिलेसम्मका विश्वव्यापीकरणमा मापदण्डहरु परिभाषित थिए, मानवजातको उन्नती र मानवताप्रतिको एक्यवद्धताका लागि नभई राष्ट्रविशेषको फाइदाका लागि र प्रतिस्पर्धाका लागि विश्व राजनीति र नितीहरु परिचालन गरिएका थिए, अन्तराष्ट्रिय समन्वय र विश्वव्यापीकरणका लागि प्रधनमन्त्री मोदीले मानवकेन्द्रित र सहकार्यमुखी नीतिको आह्वान गर्नुभएको छ ।

मानवकेन्द्रित अन्तरािष्ट्रय समन्वयका लागि भारत सदैव रचनात्मक रहिआएको छ, ग्लोवल साउथका हाम्रा साझेदार देशहरुसँग हामीले यस अभ्यास गरेको छौं । इण्डोनशीया, उमन, ईराक र मोजाम्वीकजस्ता देशहरुसँग भारतले मानवकेन्द्रित। सहयोगी र प्राकृतिक विपत्तिका समयमा राहत लगायतका थुप्रै भाइचारा सम्बन्ध कायम गरेका छौं, यस महामारीको समयमा पनि भारतले थुप्रै देशहरुलाई साथ र सहयोग गरेको छ, भारतले विश्वमा अन्तराष्ट्रिय सोलार अलायन्स र कोलिएशन फर डिसास्टर रेसिलिएन्स इन्फ्रास्टक्चर लगायतका समन्वयहरु पनि स्थापना गरेको छ ।

जी २० समिटका अलावा अन्य थुप्रै अन्तराष्ट्रिय मञ्चमा हाम्रा प्रधानमन्त्रीले ग्लोवल सोचको पूनरावलोकन र पूर्नपरिभाषाका लागि पैरवी गर्नुभएको छ, दक्षिण एसियाली नेतृत्वहरुसँग पनि निकै पटक भारतीय पक्षले भेटवार्ता गरेको छ । प्रधानमन्त्री मोदीको प्रथम द्वीपक्षीय भेटवार्ता भने अष्ट्रेलीयन समकक्षीसँग भएको हो । यसपछि भारत इयू समिट पनि भएको थियो, संयूक्त राष्ट्रको हाइ लेभल सेग्मेन्ट पनि प्रधानमन्त्रीले सम्वोधन गर्नुभएको थियो, मरिससको सर्वोच्च अदालतको भवन पनि दुबैदेशका प्रधानमन्त्रीले एकैसाथ भर्चुअली उद्घाटन गर्नुभएको थियो । फोन र भिडियो लगायत औपचारीक मञ्चहरु सहित भारतका प्रधानमन्त्रीले ६४ वटा देशका समकक्षी र सम्बन्धीत व्यक्तिसँग वार्ता गरेर ग्लोवल सोचको पूनरावलोकनका कदमहरु गरिसक्नुभएको छ । भारतको धारणा र आशयले हरेक मञ्च र देशका आधिकारिक पक्षले सहयोग, समर्थन र प्रशंशा गर्दै आएका छन् । भारतका बाह्य मामिला मन्त्रीले महामारीपछि नै करिब ८० देशका समकक्षीसँग वार्ता गर्नुभएको छ । ब्रिक्स, एससीओ र एलआइसी भेलाहरु वहाँले डिजीटल्ली सहभागीत जनाउनुभएको हो, यी भेलाहरुमा अमेरिका, जापान, ब्राजिल र अमेरिकाका पनि मन्त्री समकक्षीहरुको सहभागिता थियो ।

म स्वयमले पनि मेरा वैदेशिक सहकर्मी, समकक्षी र भारतको बिदेशमा रहेका नियोगका साथीहरुसँग बारम्बार यस बिषयमा कुरा गर्दछु ।

डिजिटल डिप्लोमेसीमा भारत यसअर्थमा पनि अगाडि छ, भारत विश्वव्यापी इन्टरेस्टको मान्यता दिने देश हो, भारतको स्थिरताले ग्लोवल सप्लाई चेनमा पनि असर गर्दछ, भारतका लागि विश्व कुनै सीमा नभएको बजार हो जहाँ हजारौं अर्थतन्त्रहरु अन्तरनीहित छन् ।

भारतको यस ग्लोवल इन्टरेस्टले कहिलेकाँही भारतलाई जोखिममा पनि राख्दछ भने अर्कोतर्फ निकै अवसरहरु पनि भारतीय अनि भारतलाई यसले सृजना गर्दछ । भारतले दोश्रो विश्वयूद्ध पछि ग्लोबल मन्दी र क्राइसिसहरुलाई रणनैतिक रुपमा डटेर सामना गरेको छ । स्वास्थका हरेक क्राइसिसपछि भारतले मेडिकल साइन्स र जनस्वास्थका क्षेत्रमा यूगान्तकारी परिवर्तन गरेको छ ।

यस क्राइसिसले तसर्थ पनि धेरै अवसरहरु सृजना गर्नेछ, भारत पक्कै पनि ति अवसरहरुलाई प्रयोग गर्न सक्ने अवस्थामा छ । प्रधानमन्त्रीको द्रष्टव्य बमोजिम हामी भारतलाई विश्व सप्लाई चेनको मुटु बनाउन तत्पर छौं, आत्मनिर्भर भारतको पनि उद्देश्य यहि नै हो ।

भारत सरकार र मन्त्रालयहरु भारतलाई नवप्रर्वतनात्मक बैकल्पिक उत्पादन केन्द्र बनाउन तत्पर छन्, हाम्रा बैदेशि कुटनैतिक नियोगहरु पनि आयात निर्यातका थप अवरहरु नियाल्दै छन्, भारत आफ्नो ब्यापार अधिकतम देशहरुमा फैलाउन चाहना गर्दछ । विश्वव्यापी बिजनेश कम्पनीहरुसँग भारतमा उत्पादन पोर्टफोलियो स्थापनाका लागि कुरा भइसकेको अवस्था छ ।

केमीकल , टेक्सटायल, फार्मा, जेम्स, एपरेल्स लगायतका क्षेत्रमा भारत छिट्टै विश्वव्यापी उपस्थिती जनाउँदैछ, यी क्षेत्रमा उत्पादन बढाएर हामी आन्तरिक र बाह्य दुबै मागहरु यथेष्ट पूर्ति गर्न सक्ने अवस्थामा पुग्दैछौं । यसका साथै भ्यालयू चेनमा अग्रणी भूमिका खेल्द्यने क्षेत्रहरु इन्जिनियरीङ, इलेक्टा्रेनिक्स, डिजाइन, आउटसोर्सिगं) लगायतका क्षेत्रमा अघि बढ्ने द्रष्टव्यले पनि साकारोक्ति पाँउदैछ । प्रविधीको बिकास र इन्टलेक्चुअल प्रोपर्टि राइटेसका विषयमा पनि भारत चनाखो भइरहेको छ ।

महामारीमा डिजीटल स्पेसमा विशेष बिकास भएको छ, यूएईको सोर्भनिटी हेल्थ फण्ड देखि गुगल, फेसबुक र मुडवाला लगायतका विश्वव्यापी कम्पनीहरुले महामारीपछि भारतमा अरबौं डलर खन्याएका छन्, सरकारले फिनटेक आन्दोलनमा आधारहरु तयार गरिसकेको छ, बिभिन्न देशहरुमा भारतीय अनलाइन पे संरचनालाई प्रयोग गर्न हामी आधार बनाँउदैछौं, सिंगापुर, भुटान, यूएई र वहराइनमा त भारतीय पेमेन्ट गेटवे रुपे कार्ड सञ्चालनमा आइनै सकेको छ ।

भारत विश्वयापी व्यापारमा ठूलो भूमिका खेल्न र ग्लावल सप्लाई चेनको मुटु बन्ने संघारमा छ ।

उपस्थित सज्जन तथा महिलावृन्दहरु, भारत वुदैव कुटुम्वकममा विश्वास राख्दछ, निष्काम कर्म अर्थात राम्रा कामको फल हेरिनेछैन भन्ने कुरालाई भारतले आत्मसाथ गरेको छ । महामारीमा विश्वभरि भारतले अत्यावश्यक हाइडा्रेक्लोरोक्वीन र पारासिटामोलकाृे अविछिन्न पूर्ति गर्यो । भारतभित्र पनि कमी नहुनेगरि स्टक राख्ने, लकडाउन अवधिमा नै भारतका आखतीउत्पादकहरु १५० भन्दा बढि देशहरुमा फैलिएका छन् ।

प्रधानमन्त्रीको द्रष्टव्य बमोजिम भारतले मानव केन्द्रित नीतिहरु बनाएको छ, भारतले महामारीम विश्वव्यापी आवश्यक्तालाई पूर्ति गर्दै ओखतीहरुको पूर्ति कायम राखेको हो । यस कुरालाई हामी महामारीपछि पनि कायम राख्नेछौं ।

हाम्रो कुटनीतिको प्रार्थमिक्तामा हामीले छिमेकीलाई प्रथममा राखेका छौं, दक्षिण एसियाका हरेक छिमेकीलाई हामीले सर्वोच्च प्राथमिकतामा राख्दछौं, महामारीको क्रममा म स्वयम पनि आधिकारिक भ्रमणका क्रममा छिमेकी राष्ट्र बंगलादेश पुगेको थिँए । आशियानको क्रस रोड नीतिमा भारतको अर्थपूर्ण सहभागिता र उल्लेख्य नेतृत्व कायम छ, एसियाको भविष्यलाई उज्यालो बनाउने यस परियोजनामा भारतले हरसंभव साथ दिनेछ । भारतीय सागर क्षेत्रका छिमेकीहरुसँग पनि भारतको सुमधूर सम्बन्धको नीति प्रधानमन्त्रीको ‘सागर भिजन’ले साकार गरेको छ ।

पछिल्ला ५ वर्षम पश्चिमा देश र खाडीमुलुकहरुमा भारतले उल्लेख्य निकटता र साझेदारी ल्याएको छ, भारतको कूल क्रेडिटको दुई तिहाई अप्रिकी मुलुकहरुमा दिइएको छ, पछिल्ला ५ वर्षमा अफ्रिकामा मात्र राष्ट्रपति, उपराष्ट्रपति अनि प्रधानमन्त्री तहको दुबैपक्षका ३० भन्दा बढि भ्रमणहरु भएका छन् । छिमेकी राष्ट्रको सुरक्षार्थ पनि भारतको संलग्नता र सोच मैत्तीपूर्ण रहेको छ । जैवीक हतियार र साइबर आक्रमणका कुरामा पनि भारत संवेदनशील रुपमा तयार छ ।

यस परिपेक्ष्य अन्तत म यहाँहरुलाई बन्दे भारत मिसन तर्फ तान्न चाहन्छु, महामारीको अवस्थामा १२ लाख भारतीयहरु आफ्नो देश जमिन, समुन्द्र र हवाई मार्ग प्रयोग गरेर आएका छन्, भारत कसैलाई पनि पछाडि छाड्न चाँहदैन ।

अन्तमा म गुरु रविन्द्रनाथ टेगोरको भनाईका साथ बिट मार्न चाहन्छु, समस्यासँग लुकेर जोगिने भन्दा पनि त्यसलाई भय बिना समाना गर्ने सामर्थ्यको गुरु टेगोरले पैरवी गुर्नभएको हो, हामी चाहेर यस प्रतिकुल अवस्थामा आएका हैनौं र हामी यस कोभिड चुनौतिबाट बाहिर आउन हरसम्भव प्रयास गर्नेछौं, धन्यवाद !


Loading comments...