‘कोभिड-१९ खोप कूटनीति’मा भारतको बृहत्तर योजना


नयाँ दिल्ली, भाद्र २०, २०७७ । कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्‍न मुलुकहरुले काम गरिरहेका छन् । जसमा भारतले पनि खोप विकासको कामलाई तिव्रता दिइरहेको छ । भारतले खोप विकास, उत्पादन र वितरणमा विभिन्‍न पाँच तरिकलाई अवलम्बन गरेको छ ।

जसमा नि:शुल्क खोपदेखि आपूर्ति सुनिश्‍चितता, जसमा भारतले छिमेकी मुलुकदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई सहयोग गर्ने योजनामा रहेको एक अधिकारीले बताए । विश्‍वमा विकास भइरहेका खोप उत्पादक र विभिन्‍न मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ भारतले यस्तो निर्णय गरेको जनाइएको छ ।

भारतीय कम्पनीहरूले दुईवटा कोरोनाविरुद्धका खोपको विकासमा काम गरिरहेका छन् । जुन हाल ‘क्लिनिकल परीक्षण’मा छन् । यद्यपि यी खोपहरुको बृहत उत्पादन गरिने र यसमा भारतको पुणेमा रहेको सीरम इन्स्टिच्यूट अफ इंडिया (एसआईआई) द्वारा निर्मित खोप पनि समावेश हुनसक्ने जनाइएको छ ।

खोप विकास गरिसकेपछि कसरी उत्पादन र वितरणलाई थप व्यवस्थित र सुदृढ बनाउने भन्‍ने विषयमा अझै छलफल चलिरहेको ती अधिकारीले बताए । जस्तो कि कुनै पनि प्लेटफर्मलाई भारतले आपूर्तिको अधिकार दिएमा त्यो आपूर्तिकर्ताले सम्झौताको सम्मान गर्दै कहाँ खोप बिक्री गर्ने र कहाँ नगर्ने भन्‍ने कुरामा भएको सहमतिलाई पालना गर्नुपर्दछ ।

नीति आयोगका प्रमुख डा. भिके पउलको नेतृत्वमा खोपका बारेमा विज्ञहरुको समूहसँग परामर्श गरेर सरकारी अधिकारीहरुले योजनाको विवरण तयार गरिरहेका छन् । एकपटक तयार र अनुमोदित भएपछि नयाँ दिल्लीले सम्भावित लाभाग्राहीसँग सम्झौतालाई अन्तिम रूप दिने ती अधिकारीहरूले जानकारी दिए ।

भारतले पहिला कुन छिमेकी र कसलाई उपलब्ध गराउने भन्‍ने विषयमा भारतसँग मिलेर यसबारे अध्ययन गरिरहेका राष्ट्रहरू र संयुक्त राष्ट्रसंघ (यूएन) जस्ता अन्तर्राष्ट्रिय फोरममा भारतको सहयोगी र सहयोगी भूमिका खेल्ने राष्ट्रहरु पहिलो प्राथमिकतामा पर्ने बताइएको छ । यसका लागि विभिन्‍न पाँच मोडेलहरुमा छलफल भइरहेको छ ।

पाँच मोडेलहरुमा पहिलो नि: शुल्क वितरण गरिने छ । जसमा बंगलादेश, अफगानिस्तान, र अन्य सार्क देश राष्ट्रहरु समावेश हुनेछन् भने केही छिमेकीहरुलाई प्रतिबन्ध लगाउन सकिने छ । ती अधिकारीहरूका अनुसार पाकिस्तनलाई तत्काल खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको छ । किनकी पाकिस्तान चिनियाँ खोपमा निर्भर रहन्छ भन्‍ने भारतको विश्‍वास छ ।

दोस्रो मोडेलमा भारतका अन्तर्राष्ट्रिय दायित्वहरूको एक हिस्साका रूपमा गरिब देशहरूमा वितरण गरिने र खोपमा भारी अनुदान उपलब्ध गराइने छ । धेरै अफ्रिकी देशहरूले यसबाट फाइदा लिन सक्नेछन् ।

१५ अगस्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुले क्लिनिकल ट्रायललाई मान्यता दिएर प्रमाणित भएपछि आन्तरिक खपतका लागि भारत ठूलो मात्रमा उत्पादन गर्न सक्षम भएको बताएका थिए । “एक होइन, दुई होइन, भारतमा तीनवटा कोरोना भाइरस खोपको परीक्षण भइरहेको छ,” उनले स्वतन्त्रता दिवसको सम्बोधनमा लालकिलाबाट सम्बोधनका क्रममा उल्लेख गरेका थिए ।

गत साता विदेश सचिव हर्षवर्धन श्रिंगलाले ढाकाको भ्रमणका क्रममा भने, “हाम्रा नजिकका छिमेकीहरू, मित्रहरू, साझेदारहरू र अन्य देशहरुलाई भारतले खोप उपलब्ध गराउने छ ।”

अक्सफोर्ड एस्ट्राजेनेका खोप – भारतको सेरम इन्स्टिट्यूटले सह-उत्पादक रहेको छ । यो खोप परीक्षणको तेस्रो वा अन्तिम चरणमा छ र विश्वव्यापी खोपको दौडमा अग्रपंक्तिमा रहेको खोपको एक हिस्सा हो । भारतमा अन्य दुई खोपहरु जयदु काडिला र भारत बायोटेक मानव परीक्षणको दोस्रो चरणमा छन् ।

तेस्रो मोडेलमा अन्तर्गत प्रापक देशहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । “जब खोपहरू तयार हुन्छन्, तिनीहरू खुला बजारमा उपलब्ध हुँदैनन्, तर कडाइका साथ सरकार-नियन्त्रित च्यानल मार्फत् वितरण हुनेछन् । जसका कारण खोप महँगो भएको अवस्थामा गरिब देशहरुले यो खोप किन्‍न सक्ने छैनन् । भारतले त्यस्ता मुलुकहरुलाई अनुदानमा खोप उपलब्ध गराउने छ,” भ्याक्सिन सम्बन्धी रणनीति तयार गर्ने समूहका एक सदस्यले भने ।

चौथो मोडेल अन्तर्गत, दुई देशहरुलाई दुई भारतमा तेस्रो चरणको परीक्षणमा रहेका खोपहरुको परीक्षणमा सहभागी गराइने भएको छ । र पाँचौं मोडेलमा, भारतले दुई खोपको सह-उत्पादनको लागि केहि देशहरूलाई अवसर प्रदान गर्न सक्छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउने छ ।

यी सम्पूर्ण रणनीतिको तयारी डा. पउलको नेतृत्वमा रहेको समिति र केन्द्रीय स्वास्थ्य सचिव राजेश भुषणको अध्यक्षतामा रहेको विज्ञ समितिले तय गर्ने जनाइएको छ । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू कहिले भारतमा उपलब्ध हुन्छन् भन्‍ने स्पष्ट छैन । तर, आपतकालीन खोप प्रयोग गर्न सकिने विषयमा छलफल भइरहेको समेत जनाइएको छ ।


Loading comments...