Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

मंगोलियामाथी भएको चीनियाँ दमनविरुद्ध जापानमा प्रदर्शन

२१ भाद्र २०७७, आईतवार १३:३६

लोकप्रिय

टोकयो, २१ भाद्र, २०७७ । जापानको टोकयोस्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन भएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै जापानका मङोलियन समूदाय तथा जापानी अधिकारकर्मीहरूले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका हुन ।

चीन मंगोलियामाथि दमनको नीति लिएको र मंगोलियाको भाषा र संस्कृतिमाथि प्रहार गरिरहेको विरोधमा मंगोलियनहरु लामो समयदेखि चीनको आलोचना गरिरहेका थिए ।

पछिल्लो समय चीनले मंगोलियन भाषामा पठनपाठन गर्न नपाइने बताएपछि मंगोलियनहरु आक्रोशित बनेका हुन् । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले साताको शुरुवातदेखि नै विरोध गर्दै आएका थिए ।

मंगलवारदेखि नयाँ शैक्षिक सत्र शुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बच्चाहरुलाई विद्यालय भर्ना गरेका थिएनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्रि मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्ने बताइएको थियो ।

मंगोलियनहरू यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा भएको बताएका थिए । चिन सरककारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् ।

 

‘हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौँ !’ हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले अमेरिकी सरकारले वित्त पोषित ब्रोडकास्टर रेडियो फ्री एशियासँग भने ।

सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागु गरेर हङकङको स्वायत्ततामा प्रहार गरेको छ ।

अहिले पछिल्लो समय मंगोलियाको भाषा र संस्कृतिमा प्रहार गरिरहेको चीनले भारतसँग पनि सीमा समस्या सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा