हसाउने ‘स्टीभ हार्वे’का अस्थिर वैवाहिक जीवन


अमेरिका, २१ भाद्र, २०७७ । आफ्नाी तेश्रो श्रीमतीसँगको तितो सम्बन्ध बिच्छेदको तयारीमा रहेका विश्वप्रसिद्ध टेलीभीजन व्यक्तित्व स्टीभ हार्वेलाई नचिन्ने र नदेख्ने मान्छेहरु कमै छन् होला, भर्खरै राडार अनलाइनले स्टीभको चरित्रगत कुराहरुलाई प्रस्तुत गरेर यिनका जीवन स्क्याण्डलका घटनाहरुलाई प्रकाशन गरेको छ ।

व्यक्तिगत र व्यवसायीक दुबै हिसाबले स्टीभले निकै तितामिठा घटनाक्रमबाट गुजरेका पाइन्छन्, हुन त आफ्ना कार्यक्रमहरुमा स्टीभले आफूलाई रिलेशनशीप एक्पर्ट त भन्छन पनि तर यिनी स्वयमको सम्बन्धका टुक्राहरु अनि चोटहरुले इनको हाँस्यरस मन पराउनेहरु स्तव्ध छन् ।

आफ्नो पहिलो श्रीमतीलाई स्टीभले दोश्रो महिलासँगको पिरतीका कारणले छाडे तर पछि यिनकी पहिलो श्रीमती मर्सिया हार्भे (Marcia Harvey) ले यिनलाई टर्चर, भेदभाव र ब्रेनवासिङ गरेको भनी मुद्धा हालिन् ।

टेक्सासमा भएका ४ वटा घर बेचेर हार्वेले केवल आफ्नो ‘डिभोर्स ल सुट’ मात्र लडेका हुन्, अब तेश्री श्रीमती माराजोरीसँगको डिभोर्स यूद्धमा टेक्सासको चौथो घर पनि स्वाहा भइसकेका हार्वीको व्यक्तिगत जीवनले व्यसायीक जीवनलाई पनि धराशायी बनाउने त हैन भन्ने डर देखिन थालेको छ ।

मीस यूनिभर्स पेजेन्टमा गलत विजेता धोषणा गर्ने जस्तो अन्य धेरै रेसिस्ट कन्ट्रोभर्सिसम्म हार्वीको संलग्नता स्पष्ट देखिन्छ, हार्वीले एकफेर पत्रिकाका पत्रकारहरुले आफूलाई नभेट्न भनेका कुराहरुले त यिनलाई झनै मेम र ट्रोलहरुको उचाईमा पूर्यायो ।

आफ्नो उत्तेजक र अतिविशिष्ट जीवनशैली कायम राख्न हार्वेलाई अहिले निकै हम्मे हम्मे परेको बताइन्छ । उनले धेरै ठाँउमा ऋणहरु लिएको खबर छ, अहिले विशेषत हार्वे आफ्नो व्यवसायीक जीवनमा जीवनका अनेक त्रुटिहरुका कारणले निकै खस्कदो अवस्थामा छन् ।

टिभी स्क्रीनमा हार्वे निकै खुलस्त, सामान्य अनि फरासिला भएर प्रस्तुत हुन्छन्, यिनको धारणार शब्दचयन नै यिनको चर्चाको र लोकप्रियताको मुख्य कारण हो । अहिले यिनी सन् २०१९ पछि तेश्रो श्रीमती मारीजोरीसँगको डिभोर्स ब्याटलका कारण तनावमा छन् । टेक्सासको ४ वटा प्रोपर्टी बिक्रिमा राखेका यिनले करिब २ मिलियन डलर बराबरको सम्पती यहि डिभोर्स मुद्दा लड्नैका लागि बेचिभ्याएका छन् । पछिल्लो समय तेश्रो श्रीमती मारीजोरी र उन्को आफ्नै नाममा संयूक्त रहेका केहि सम्पतीलाई हार्वेले आफ्नो एकल नाममा त ल्याए तर यसै कारणले रिसाएकी मारीजोरी भने छोरीलाई लिएर विश्व टुरमा निस्केको समाचारले अमेरिकी मिडियामा निकै चर्चा पाएको थियो ।

हार्वेको टिभी कार्यक्रम अहिले स्थगनमा छ, उनी उक्त कार्यक्रमलाई रिलन्च गर्ने भन्दा पनि व्यक्तित झमेलामा धेरै व्यस्त पाइन्छन् भनी पश्चिमी मेडियाहरुले समाचार बनाएका छन् ।

यिनकी तेश्री श्रीमती पछिल्लो समय क्रिस जेनरसँग हार्वेको निकटतालाई लिएर रिसाएकी थिइन, पक्रस एउटा मोमेजर (मदर र म्यानेजर) छिन्, कार्दाशियन फेशनको पृष्ठभूमिमा बसेर ब्यापार अघि बढाउने जेनरसँग हार्वेको निकटताले चर्चा पाएको हो ।

हार्वेको पहिलो श्रीमती मार्सियासँग यिनको विवाह सन् १९९० मा भएको हो, पहिलो श्रीमती गर्भवती हुँदा यिनले मेरी भेगन नामक महिलासँग निकट भएको समाचार आएको थियो ।

यिनै भेगन स्टीभकी दोश्री श्रीमती बनाएर सन् १९९६ मा हार्वेले भित्राए, पहिलो श्रीमतीलाई हार्वेले निकै लामो कानुनी प्रकरणपछि बच्चाका लागि भनेर ४० हजार डलर तिरेका थिए । दोश्रो श्रीमतीसँग हार्वीले सन् २००५ मा डिभोर्स गरे, त्यसको २ वर्षमा अहिलेकी तेश्री मारीजोरीसँग यिनले सम्बन्ध गाँसे । दोश्रो श्रीमतीसँगको डिभोर्स प्रकरणमा हार्वेले आफ्नो सम्पतीका तथ्यहरु लुकाएको आरोप पनि लाग्यो । तेश्री श्रीमती मारीजोरीले ६० मिलियन डलरको मागदावी मुद्दा हालेकी छिन् । टर्चर, भेदभाव र ब्रेनवासको मुद्दासँगै आत्मा मारेको आरोप सहित मारीजोरी अदालत गएकी हुन् । पतिका कारण आफू आत्महत्यासम्म गर्ने अवस्थामा पुगेकी मारीजोरीको आरोप छ ।

सन् २०१७ मा हाउ टु डेट ए ह्वाइट हुमन नामक पुस्तकको विमोजन क्रममा अनस्क्रीनमा नै यिनले, “यहाँहरुलाई एसियन मनपर्दछ मलाई त चाइनिज खानासम्म मनपर्दैन” भनेपछि यिनीमाथि आलोचनाको वर्षा नै भयो । वास्तवमा उनले ‘म आफूले उच्चारण नै गर्न नसक्ने खानेकुरा खान सक्दिन’ भनी हार्वेले भनेका थिए । त्यैपनि इनले पछि माफी मागे तर यिनको आलोचना झनै चुलियो र यिनलाई रेसिस्ट सेलीब्रेटीको सूचीमा राखियो ।

बिल कस्वी अमेरिकी केमडियन हुन जस्लाई ६० जना महिलाहरुले यौन दुरब्यवहारको मुद्दा हालेका थिए । हार्वेले बिललाई सार्वजनिकरुपमा नै समर्थन गरेपछि यिनको उचाई झनै घटेको मानिन्छ । अब जे होस् हार्वेको ओरोलो लागेको छवी, व्यक्तिगत जीवनका ओराली लाग्दा कथाहरु अनि व्यक्तिगत चरित्रीक मुद्दाहरुले कतै यिनलाई सडकमा नै ल्याउने त हैन भन्ने आंकलन हुन थालेको छ ।


Loading comments...