Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार

UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग 

२२ भाद्र २०७७, सोमबार ००:२६

रौतहट, २२ भाद्र, २०७७ । गरुडाका ‘निरन्जन राम’हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भूमिकाको कारणले बिजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउँदै फेरि ‘पुजारी श्रीराम साह हत्याकाण्ड’मा पनि प्रहरीको भूमिकामाथी गम्भिर प्रश्न उठन थालेको छ । पुजारी हत्याकाण्डमा रौतहट प्रहरीले गरेको छानबिन एवम् अनुसन्धानको हवाला दिंदै प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ लिखित प्रतिवेदन सार्वजनिक गर्र्यो ।

पारिवारिक सदस्यहरुका अनुसार प्रहरीद्वारा हिरासतमा लिइएकाहरुसँग पुजारी साहको कुनै लेनदेन नै भएको छैन । जसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले गरिसकेका छन । “हाम्रो बिचमा कुनै लेनदेन र झै-झगड़ा समेत नरहेको बताई रहेको अवस्थामा प्रहरीको उक्त प्रतिवेदनमाथी कसरी विश्वास गर्ने ? यहाँ त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको स्पष्ट हुन्छ” प्रतिवादीका पिता बताउँछन् ।

घटना सम्बन्धमा दुवै पक्षका पारिवारिक सदस्य तथा स्थानीयहरुसँगको भिडियो सम्वाद हेर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले फेसबुक पेज मार्फत अनुसन्धानको रिपोर्टमाथी प्रश्न गर्दै लेख्नुभएको छ, “कुनै पनि घटनाको निष्पक्ष छानबिन गरि ‘दूधको दूध – पानीको पानी’ बाहिर ल्याउनु प्रहरीको कर्तव्य हो तर यसरी दिनदहाडै रातलाई दिन बताउने प्रहरीको कार्यलाई किमार्थ सही मान्न सकिन्न । यसर्थ यस घटनाको अनुसंधानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी छ । यसप्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस ।”

“यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी छ । यसप्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस्” स्वर्गीय पुजारी साहका परिवार तथा प्रतिवादीका परिवारले माग गरेका छन् ।

गत भाद्र ३ गते राती खाना खान भनी बसेको अवस्थामा पुजारी साहको कन्चटमा गोली हानी हत्या गरीएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।

रौतहट प्रहरीद्वारा जारी रिपोर्ट विरुद्ध असन्तुष्टि जनाउँदै परिवारले गुनासो पोखेका छन् (भिडियो)


यस सम्बन्धमा प्रकाशित पछिल्ला सामाग्रीहरु
१) नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री
२) १३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न
३) UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका