BREAKING – सुशान्त आत्महत्या प्रकरण अर्कै मोडमा: लागूऔषध मुद्दामा ‘NCB’द्वारा प्रेमिका रिया पक्राउ


मुम्बई, २३ भाद्र, २०७७ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या घटनामा अहिलेसम्म ठूलो गिरफ्तारी भएको छ । मुद्दामा मुख्‍य आरोपी भनिएकी रिया चक्रवर्तीलाई भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (एनसीबी NCB) ले ८ (C), २७ (A), २९, २० (B) तथा २८ धारा अन्तर्गत पक्राउ गरेको छ । अब बुधवार (९ सेप्टेम्बर) का दिन उनलाई अदालतमा उपस्थित गराइने छ ।

रिया र सुसान्त लामो समयदेखि रिलेसनशिपमा थिए भने सुसान्तको आत्महत्या प्रकरणमा प्रारम्भदेखि नै उनीमाथी आत्महत्याका लागि उक्साएको भन्ने आरोप लाग्दै आएको थियो ।

स्मरण रहोस् रियाको गिरफ्तारी लागूपदार्थ (DRUGS) को मुद्दा अन्तर्गत भएको हो । उनको गिरफ्तारी सुशान्तको मृत्यूको घटना अन्तर्गत भएको भने हैन । ‘एनसीबी’ ले सुशान्तसँग सम्बन्धित लागूपदार्थतर्फको ऐंगलको समेत जाँच गरिरहेको छ ।

रियालाई पक्राउ गरिएको पुष्टी ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (एनसीबी NCB)का उप निर्देशक केपिएस मल्होत्राले भारतीय समय अनुसार अपरान्ह ४ बजे गर्नुभएको हो ।

यहि बीच रियालाई स्वास्थ्य परिक्षणका लागि ‘एनसीबी’ ले मुम्बइस्थित ‘सायन’ अस्पताल पुर्र्याएको छ । जहाँ उनको कोरोना टेस्‍ट समेत गरिने छ ।

‘एनसीबी’ ले कैंयन दिन लगाएर गरेको सोधपुछको क्रममा रियाले बलिडउडसँग सम्बन्धीत व्यक्तिहरुलाई लागूऔषध उपलब्ध गराउने गरेको आरोप स्वीकार गरेपछि मात्रै आज बिहानैबाट उनलाई पक्राउ गर्ने कानूनी प्रक्रियाको तयारी गरिएको थियो । यति मात्र हैन, रियाले ‘एनसीबी’सँगको सोधपुछका क्रममा यो पनि स्वीकार गरेकी थिइन की उनी लागूऔषध पेडलर्स (कारोबारी)सँग लगातार सम्पर्कमा समेत थिइन । यही स्विकारोक्ती नै उनलाई भारतको ‘६७, एनडीपीएस ऐक्‍ट’ अन्तर्गत पक्राउ गर्ने आधार बन्यो ।

‘एनसीबी’ले लिएको बयानका क्रममा रियाले लागूऔषधमा संलग्न २५ बलिउडकर्मीहरुको नाम लिएकी थिइन । अब हेर्न बाँकी छ बलिउडको चमकधमकभित्र लागूऔषधको चास्नीमा डुबेका स्टार भनाउँदाहरु को को हुन् ?

अदालतमा हुनेछ रियालाई हिरासतमा राखि अनुसन्धान गर्न माग
९ सेप्टेम्बरका दिन यस अघि नै पक्राउ परिसकेका रियाका आफ्नै भाई शौविक चक्रवर्ती, सुशान्तका म्यानेजर सैमुअल मिराण्डा तथा घरेलु सहयोगी दीपेश सावन्तको प्रहरी हिरासतको समय सक्किंदैछ । अब ‘एनसीबी’ले रियासहित अन्य ति तीनैजनालाई एकसाथ अदालतमा उपस्थित गराउने छ । अदालतको कार्यवाही भिडियो कन्‍फ्रेन्सिङ अन्तर्गत हुनेछ ।

रियाले लागूऔषध उपलब्ध गराउन गरिन मदत
अहिलेसम्म रियाले आफूमाथि लागेका लागूऔषध सम्बन्धी लागेका आरोपहरुलाई अश्विकार गर्दै आएकी थिइन, तर ‘एनसीबी’ले केही प्रमाणसहित राखेको तेश्रो दिनको बयानका क्रममा अवाक बनेकी रियाले स्विकार गर्दै भनेकी थिइन, “हो मैले लागूऔषध उपलब्ध गराउन सहयोग गरेको थिएँ” । बयानका क्रममा उनले यो पनि स्विकार गर्दै भनेकी थिइन कि उनले सुशान्तको केही ‘ड्रग्स पार्टि’हरुको पनि म सहभागी थिएँ जहा सुशान्तले उनलाई लागूऔषध प्रयोग गर्न भनेका थिए । रिया भन्छिन्, “म ठ्याक्कै त भन्न सक्दिन तर सुशान्तले ति पार्टिहरुमा मारिजुआना (गाँजा) को सेवन गरेका हुनसक्छन् ।”

तेस्रो दिनकै बयानका क्रममा रियाले खुलासा गरिन बलिउडका २५ ठूला नामहरु
‘एनसीबी’सँगको प्रारम्भिक बयानका क्रममा रियाले कुनैपनि आरोपलाई मान्न अस्विकार गरेकी थिइन । तर तेस्रो दिन थप प्रमाण तथा संकेतहरुका साथ बयानका लागि रियासँग बसेको ‘एनसीबी’को टोलीले उनीमाथि लगाएको आरोपहरुलाई पुष्टि गर्नेखालको सफलता हासिल गरेको थियो । आरोप स्विकार गर्दै उनले भनेकी थिइन जान-अञ्जानमा मैले पनि लागूऔषध प्रयोग गरें । सोही बयानका क्रममा रियाले बलिउड उद्योगका २५ ठूला नामहरुको खुलासा गरेकी थिइन । रियासँग सोधिएको थियो, “जुन जुन ड्रग पार्टिहरुमा तपाईं सहभागी हुनुभो, त्यहाँ को को थिए?” ‘एनसीबी’ले राखेको सोही प्रश्नको जवाफ दिंदै २५ जना बलिउडकर्मीहरुको नामको खुलासा गरेकी थिइन । अब ‘एनसीबी’ले थप बलिया प्रमाणहरु बटुलेर ति २५ ठूला बलिउडकर्मीहरुलाई अनुसन्धानमा सहयोग गर्न पत्राचार गर्नेछ ।

‘एनसीबी’का प्रमाणसहितका प्रश्नका सामू पूर्णतः टुटिसकेकी थिइन रिया, बताइन ‘यथार्त’
रियासँग ‘एनसीबी’का कैंयन अधिकारीहरुले विभिन्न एंगलमा केन्द्रित रहँदै बयान लिरहेका थिए । तर रियाका अधिकांश जवाफ सुशान्तको वरीपरि मात्र केन्द्रित रहँदै आएको थियो । उनी हरेक प्रश्नको जवाफमा प्राय भन्ने गर्थिन, “हो मैले सुशान्तका लागि लागूऔषध उपलब्ध गराउँदै आएको थिएँ, सुशान्त लागूऔषध प्रयोग गर्ने गर्थें ।” हुन सक्छ रियाको वकीलले उनलाई कानूनी पाठबारे जानकारी दिंदा भनेका हुनसक्छन् की कुनैपनि आरोपको स्विकारोक्ति नलिनु ।

यस्तोमा तेस्रो दिन ‘एनसीबी’ का अधिकारीले रियालाई भनेका थिए कि तपाईं जे गर्दै हुनुहुन्छ यो कार्यलाई लागूऔषध ओसारपोसार गर्ने संरक्षण गर्ने पेडलर तथा लागूऔषधको कारोबारी अन्तर्गत पर्दछ । जसमा तपाईंले बढिभन्दा बढि सजाय भोग्नुपर्नेछ । राम्रो यही हुनेछ यदि तपाईंले लागूऔषध प्रयोग गरेको हो अथवा कतै लागूऔषधको लागी सहयोग गरेको हो भने स्वीकार गर्नुहोस् ।

स्रोतका अनुसार ‘एनसीबी’को यो कुरापछि रिया लगभग हारीसकेकी थिइन र उनले ‘एनसीबी’को उक्त आरोपलाई स्विकार गर्दै भनिन, “हो मैले पनि लागूऔषध प्रयोग गरें ।”

रियाको यो स्विकारोक्ति पश्चात लागूऔषधसँग सम्बन्धीत व्यवस्थापनका लागि भएका च्याट सन्देश सहितका अन्य प्रमाणहरु रियाका अगाडी प्रस्तुत गरिएका थिए जसपश्चात रियाले यसअघि एकोहोरो रुपमा सुशान्तसँग सम्बन्धित लागूऔषधको कुरालाई थन्क्याउँदै नयाँ तथ्यहरुसहित बयान दिन थालेकि थिइन ।

बिहार राज्यका डीजीपीको बयान
रियालाई पक्राउ गरिएपछि बिहार राज्यका डीजीपी गुप्‍तेश्‍वर पाण्डेले भने, ‘रिया चक्रवर्ती पूर्णतः एक्‍सपोज भइसकेकी छिन । उनी लागूऔषध कारोबारी (पेडलर्स)को सम्पर्कमा थिइन । यही कुरा पुष्टि भइसकेपछि उनलाई पक्राउ गरिएको हो । ‘एनसीबी’ले रिया विरुद्धका सबै आवश्यक प्रमाणहरु जुटाएको छ ।’

के भन्छन् त रियाका वकील?
‘एनसीबी’ले राखेको लागूऔषध सम्बन्धी आरोपहरुलाई रियाले स्विकारीसकेपछि रियाका वकील सतीश मनशिन्देले सुशान्तलाई ड्रग अडिक्‍ट (लागूऔषधका आदी) भनेका छन् । उनले भने, “रियाले ड्रग अडिक्टसँग भएको प्रेमको सजाय पाएकी छिन् ।”

‘एनसीबी’ले गर्यो उल्टोतर्फबाट अनुसन्धान (Reverse Investigation – र‍िभर्स इन्‍भेस्‍ट‍िगेशन)
यहाँलाई जानकारी रहोस् की, भारतको नारकोटिक्‍स ब्‍यूरोले सुशान्त आत्महत्यासँग सम्बन्धीत यस घटनालाई पुरै उल्टोतर्फबाट अर्थात् रिभर्स इन्‍भेस्‍ट‍िगेशन गरेको हो । लागूऔषधका लागि भएका च्याट सन्देश हातपरेपछि जतिबेला ‘एनसीबी’ले ति सन्देशहरु साझा गरिए त्यतिबेला ‘एनसीबी’ले कसैलाई पनि अनुसन्धानका लागि पत्राचार गरेको थिएन । घटनामा यस अघि मुम्बईमा सबैभन्दा पहिले दुइजना सक्रिय लागूऔषध कारोबारी (पेडलर्स) लाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरुमा जैद विलात्रा तथा अब्‍दुल बासित परिहार थिए । उनीहरुले ‘एनसीबी’लाई बयानका क्रममा रियाका भाई शौविक चक्रवर्ती तथा सुशान्तका म्यानेजर सैमुअल मिराण्डाको नाम लिएका थिए । अब्दुल र जैदले दिएको बयान पछि ‘एनसीबी’को टोलीले रियाका भाई शौविक तथा सैमुअललाई सोधपुछ पछि पक्राउ गरेको थियो । बयानका क्रममा शौविकले आरोप स्विकार्दै भनेका थिए कि दिदी रियाले भनेको भरमा मैले लागूऔषध खरिद गरेको थिएँ ।

आजको यो पक्राउसँगै सुशान्तको आत्महत्यासँग गुजल्टिएका वास्तविकताहरु खुल्नेछन् अथवा अझै कुनै अर्कै नयाँ आयाम भेटिन्छ त्यो हेर्न बाँकी नै छ ।


सुशान्त सिंह राजपूतको कथित आत्महत्यासँग सम्बन्धीत अन्य सामाग्री हेर्नुहोस्ः

सुशान्त सिंह राजपूत कथित आत्महत्या नयाँ मोडतर्फः प्राविधिक रफिक भन्छन् ताल्चा तोडेपछि मलाई ढोका खोल्न दिइएन


Loading comments...