
सभामुख सापकोटाद्वारा जितिया पर्वको शुभकामना
२५ भाद्र २०७७, बिहीबार ११:०३
काठमाण्डौ, २५ भाद्र, २०७७ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले जितिया पर्व २०७७ को अवसरमा आम नेपालीलाई सामाजिक, साँस्कृतिक एकताको प्रेरणाको कामनासहित शुभकामना दिनुभएको छ ।
जारी शुभकामना सन्देशमा के लेखिएको छ?
नेपालको विशेषगरी तराई मधेशमा बसोबास गर्ने थारु जातिका महिलाहरुको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जितियामा महिलाहरुले सन्तानको सुख, खुसीयाली र दीर्घायुको कामना गर्दै उपवास बसेर पुजापाठ गरी स्थान अनुसार धुमधामसँग मनाउने गर्दछन् । जितियामा पुरुष पनि उत्तिकै सक्रिय हुने भएकोले यसलाई महिला–पुरुषको साझा पर्वका रुपमा पनि लिने गरिन्छ ।
यो बर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण अवस्था असामान्य रहेकोले उच्च सतर्कताका साथ पर्व मनाउनुहुन सबैमा आग्रह गर्दछु ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँकृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउँदै आएका छन् ।
जितिया पर्वले नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच प्रगाढ पारिवारिक सम्बन्ध एवम् सामाजिक, साँस्कृतिक एकताका लागि थप प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।
२०७७।०५।२५
अग्निप्रसाद सापकोटा
जारी शुभकामना सन्देशको वास्तविक प्रति
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ