‘पाङगोङ सो’को ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा


नयाँ दिल्ली, २५ भाद्र, २०७७ । चीन-भारत सीमा विवाद बढ्दै जाँदा भारतीय सेनाले सीमा गस्तीलाई तीव्रता दिएको छ । भारतीय सञ्‍चारमाध्यम द प्रिन्टका अनुसार भारतीय सेनाले ‘पाङगोङ सो’को दक्षिणी क्षेत्रका ३० वटा वटा क्षेत्रहरु नियन्त्रणमा लिएको छ । जुन यसअघि नियन्त्रणमा अथवा आंशिक नियन्त्रणमा थिए।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच पछिल्लो तानातानीपछि भारतीय सेनाले यस्तो कदम चालेको हो ।

सरकारी स्रोतका अनुसार रेजाङ ला र रेकिन ला दुबै इलाकासहित स्पेङगुर गापमा प्रभुत्व जमाएका छन र २७ देखि ३१ सम्मको गस्ती पोइन्ट निर्धारण गरिएको छ । यसमा ब्ल्याक टप, हानान, हेलमेट, गुरुङ हिल, गोरखा हिल र मगर हिलको पहाडहरुमा पनि भारतीय सेनाले नियन्त्रणमा लिएको छ ।

पूर्वी लद्दाखमा भएको झडपअघि यी इलाकाहरुमा भारतीय सेना थिएनन् अथवा आंशिक नियन्त्रणमा थिए ।

कब्जा पश्चात ‘पाङगोङ सो’को भिडियो हेर्नुहोस्

जुन भएमा हिंसात्मक झडपपछि आफ्नो सीमा रक्षामा थप आक्रामक बनेको भारतीय सेनाले सुदृढीकरण गर्दै गएको छ । जबकि अन्य केही पछिल्ला दिनहरुमा कब्जा गरिएका छन् ।

भारतीय सेनाले पाङगोङ सोको दक्षिणी किनारमा पीएलए गतिविधि अघि बढाएपछि “एकतर्फी तथ्यलाई परिवर्तन गर्ने चिनियाँ अभिप्रायलाई असफल बनाइएको छ ।”

यो कदमले भारतको पक्षलाई वार्ताको टेबलमा बस्दा पनि डिल गर्न सहज तुल्याउने स्रोतले जनाएको छ ।

पूर्वी लद्दाखमा झन्डै १६ सय वर्ग किलोमिटरको विवादित क्षेत्र रहेको छ, जसमध्ये करिब ३५० वर्ग किलोमिटर पाङगोङ सोको दक्षिणमा रहेको छ । अर्को १,२५० वर्ग किलोमिटर झीलको उत्तरी क्षेत्रहरूमा विवादित छ र यसमा डेप्साङ मैदानमा १,००० वर्ग किमी छ ।

पूर्व कोर्प्स कमाण्डर लेफ्टिनेंट जनरल पीजेएसएस पन्‍नू (सेवानिवृत्त) ले दक्षिणी ब्यांकले भारतीय सेनालाई उत्तरी ब्यांकमा भएका गतिविधिहरू अनुगमनको क्षेत्रमा फाइदा पुर्‍याउने बताएका थिए ।

“चिनियाँहरूले पनि दक्षिणी किनारमा सैनिक गस्तीमा कडाइ पारेको छ, किनकि भारतीय सेनाले यस क्षेत्रमा केही महत्वपूर्ण उचाइमा नियन्त्रण कायम राखेको छ ।”

भारतीय सेना र चिनियाँ सेनाबीच तानातानी र झडपकै स्थिति रहेकोले एक अर्काको सामना गर्नुपरेको बेला एलओसीको अवस्था अझै तनावपूर्ण छ ।

सेना प्रमुख जनरल एमएम नरभाने लद्दाख क्षेत्रको सुरक्षा अवस्था र परिचालन तयारीको समीक्षा गर्न बिहीबार लेहको दुई दिने भ्रमणको लागि प्रस्थान गरेका छन् ।

यसभन्दा पहिले प्रकाशित रिपोर्ट अनुसार भारतीय सेनाका विशेष इकाइहरू उच्चस्थानमा छन् ।

सरकारी स्रोतका अनुसार रेजाङ ला र रेकिन ला दुबै इलाकासहित स्पेङगुर गापमा प्रभुत्व जमाएका छन र २७ देखि ३१ सम्मको गस्ती पोइन्ट निर्धारण गरिएको छ । यसमा ब्ल्याक टप, हानान, हेलमेट, गुरुङ हिल, गोरखा हिल र मगर हिलको पहाडहरुमा पनि भारतीय सेनाले नियन्त्रणमा लिएको छ ।

 

Army now holding 30 dominating heights, earlier unoccupied, on southern bank of Pangong Tso


Loading comments...