Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

१७ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा इन्जिनियरविरुद्ध मुद्दा दायर – आफन्त लगायतका खातामा १० करोड

२५ भाद्र २०७७, बिहीबार २२:३४

साउदी, २५ भाद्र, २०७७ । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशी प्रसाद गुप्तासमेत १३ जना उपर बिगो रु.१६,७२,५६,४९६।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज काशी प्रसाद गुप्ताले मिति २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६।०३।०५ मा सि.डि.ई. पदबाट अवकाश भएको अवधिसम्म निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.१६,७२,५६,४९६।८६ बिगो कायम गरी निज काशी प्रसाद गुप्ता र निजको श्रीमती मीता गुप्तासमेत १३ जना बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

तत्कालीन सि.डि.ई. काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६।०९।२९ सम्मको वैध आय रू.१,११,६९,९६२।६३ आर्जन गरेको र सोही अवधिमा निजले रू.१७,८४,२६,४५९।४९ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू.१६,७२,५६,४९६।८६ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएकोले आरोपी काशी प्रसाद गुप्ताको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिँदा निज राष्ट्रसेवक कर्मचारी काशी प्रसाद गुप्तालाई सजाय हुन माग दावी लिइएको र निज काशी प्रसाद गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पति काशी प्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी काशी प्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रही साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियार हुने भ्रष्टाचारजन्य कसुर गरेको देखिँदा निज आरोपी मिता गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो रू.१६,७२,५६,४९६।८६ कायम गरी सजाय हुन मागदावी लिई १३ जना उपर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

साथै निज आरोपी काशी प्रसाद गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली रू.१०,४४,४३,७८३।९८ रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गर्ने गरी मागदावी लिइएको बेहोरा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको