
बेलायतद्वारा जाकिर नायकको टिभीहरूलाई ‘३ लाख पाउण्ड’को जरिवाना
२६ भाद्र २०७७, शुक्रबार १०:०४
बेलायत, २६ भाद्र, २०७७ । कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टिभी र पीस टिभी उर्दू- टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउण्ड जरिवाना गरेको छ ।
सो च्यानलहरूबाट घृणा, हिंसा र आतंकवादलाई उक्साउने सामाग्री प्रसारण हुने आरोपमा जरिवाना लगाईएको छ ।
पीस टिभीको होल्डिङ कम्पनी लर्ड कम्युनिकेसनलाई १ लाख पाउण्ड जरिवाना गरिएको छ भने पीस टिभी उर्दूको होल्डिङ कम्पनी क्लब टिभीलाई २ लाख पाउण्ड जरिवाना गरिएको छ । बेलायती वाच डगको एक विज्ञप्तिमा भनिएको छ, “आज हाम्रो प्रसारण नियम तोड्दा पिस टिभी उर्दूका इजाजत पत्र धारकलाई २ लाख पाउण्ड र पीस टिभीको इजाजत पत्र धारकलाई १ लाख पाउण्ड जरिवाना गरेको छ।”
बिज्ञप्तिमा थप भनिएको छ, “हाम्रो अनुसन्धानले पीस टिभी उर्दू र पीस टिभीमा प्रसारण गरिएको कार्यक्रमहरूमा घृणायुक्त बोली र अत्यधिक आपत्तिजनक सामग्री प्रसारण भइरहेको छ जसले हिंसा र अपराध उक्साउने सम्भावना थियो।”
U.K. media watchdog fines Zakir Naik’s Peace TV 300,000 pounds for ‘hate speech’ https://t.co/5sKEUASVVs
— Vineet Khare विनीत खरे وینیت کھرے (@vineetkhare) May 18, 2020
भारतमा उनी विरुद्ध घृणा फैलाएको आरोप लागेको छ म सो च्यानलहरूबाट घृणा फैलाएको आरोपमा मुद्दा लागेदेखी नाइक भारतबाट फरार छन् । नाइकले २०१६ मा मुस्लिम बहुल देश मलेशियामा शरण लिएका थिए । त्यसबेलादेखि उनी त्यहाँ बसोबास गरिरहेका छन् । भारतले उनको प्रत्यर्पणको लागि क्वालालम्पुरलाई दबाब दिदै आएको छ।
मोदी सरकारले जाकिर नाईकको प्रत्यर्पण गर्न मलेसियालाई औपचारिक अनुरोध पनि पठाईसकेको छ ।
नाइक एशियामा इस्लामी कट्टरपन्थीकरणको लागि जिम्मेवार मानिन्छ । धेरै जसो कट्टरपन्थीकरण ईण्डोनेशियालगायत दक्षिण-पूर्वी एशियामा भइरहेको छ । श्रीलंकामा इस्टर बम बिष्फोटनश्रीलंकामा इस्टरका दिन भएको बम बिष्फोटको मास्टर माइन्ड पनि जाकिर नाईकको भाषणबाट प्रेरित थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल