
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
२६ भाद्र २०७७, शुक्रबार २३:४१
कास्की, २६ भदौ, २०७७ । सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।
रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ