
आतंकवाद विरुद्ध भारत-अमेरिकाको एक स्वर – पाकिस्तानले आतंकवादी संगठन विरुद्ध तत्काल कार्यवाही गरोस्
२७ भाद्र २०७७, शनिबार २१:००
वाशिङटन, २७ भाद्र, २०७७ । भारत तथा अमेरिकाले पाकिस्तानलाई २६/११ मा भएको मुम्बई हमला तथा पठानकोट वायु सेनाको अड्डामाथि भएको हमलासहित अन्य आतंकवादी हमलामा संलग्नहरुमाथि तत्काल कानूनी कार्यवाहीको माग गरेका छन् ।
भारत और अमेरिकाद्वारा बिहिबार जारी संयुक्त बयानमा लेखिएको छ, “पाकिस्तानले आतंकवादी संगठनहरुका विरुद्ध तत्काल तथा निशर्त बिना कुनै परिवर्तनका साथ कार्यवाही गर्नुपर्ने आवश्यक्ता आइसकेको छ । पाकिस्तानले यो कुराको सुनिश्चित गर्न सक्नुपर्छ की उसको नियन्त्रणमा भएको कुनैपनि क्षेत्रको प्रयोग आतंकवादी गतिविधिहरुमा छैन ।”
दुवै देशले इस्लामाबादबाट मुम्बई हमला तथा पठानकोट वायूसेनाको अड्डामा भएको हमला सहित अन्य आतंकवादी हमलाहरुमा दोषिहरुलाई उन्मुक्ति नदिएर निशर्त कानूनी कार्यवाहीको माग समेत गरेका छन् । “भारत-अमेरिका आतंकवाद निरोधी संयुक्त कार्य समूह”को १७ औं बैठक तथा “इंडिया-यूएस डेजिग्नेशन डायलग”को तेश्रो सत्र पश्चात जारी एक संयुक्त बयानमार्फत दुबै देशले आतंकवादको परोक्ष प्रयोग तथा सीमा-पारी भइरहेको आतंकवादको कडा शब्दामा निन्दा गरिएको छ ।
यो सत्र यही सेप्टेम्बर ९ तथा १० तारिखका दिन अनलाइन मार्फत् आयोजन गरिएको थियो । भारतको विदेश मन्त्रालयमा “काउंटर टेररिज्म” (आतंकवाद निरोध)का संयुक्त सचिव महावीर सिंघवीले भारतीय प्रतिनिधिमण्डल तथा अमेरिकी विदेश मन्त्रालयको “काउन्टर टेररिज्म”का समन्वयक नैथन सेल्सले अमेरिकी पक्षको प्रतिनिधित्व गरेका थिए । दुबै पक्षद्वारा संयुक्त रुपमा जारी बयानमा भनिएको छ, “पाकिस्तानले आतंकवादी संगठनहरुका विरुद्ध तत्काल तथा निशर्त बिना कुनै परिवर्तनका साथ कार्यवाहीको आवश्यक्ता छ । पाकिस्तानले यो कुराको सुनिश्चित गर्न सक्नुपर्छ की उसको नियन्त्रणमा भएको कुनैपनि क्षेत्रको प्रयोग आतंकवादी गतिविधिहरुमा छैन ।”
अमेरिकी पक्षले आतंकवाद विरुद्धको लडाईमा भारतका जनता तथा भारतीय सरकार प्रति समर्थनको कुरा दोहोर्र्याएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल