
दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ
२७ भाद्र २०७७, शनिबार २२:५८
काठमाडौं, २७ भाद्र, २०७७ । काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका-२ घर भएका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर, काभ्रे नमोबुद्ध नगरपालिका-८ घर भएका २७ वर्षीय सन्तोष रम्तेल, रौतहट च.पुर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन् ।
चितवनबाट अन्दाजी ३५ लाख रुपैयाँमा किनबेच गर्न भनि लिएर आएको उक्त कछुबा सहित महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबि कालिमाटी र पिसिसिबि स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई