
भारतद्वारा “नेपाल–भारत महिला मैत्री समाज”लाई आपतकालीन राहत सामग्री हस्तान्तरण
२८ भाद्र २०७७, आईतवार १५:४२
काठमाण्डौ, २८ भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।
भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।
DCM Ms. Namgya C. Khampa handed over a consignment of disaster relief material to Ms. Chanda Chaudhary, MP and President of NIWFS. The relief material includes tents and plastic sheets for distribution in disaster affected areas in five districts in Provinces 2, 3, 5 and 7. pic.twitter.com/OkyEJei523
— IndiaInNepal (@IndiaInNepal) September 13, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा