
‘पुजारी श्रीराम साहको हत्या’बारे प्रहरीद्वारा जारी अनुसन्धान प्रतिवेदनप्रति ‘नेपाल विश्व हिन्दु महासंघ’को ध्यानाकर्षण
जनकपुर, २८ भाद्र, २०७७ । ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे महासंघकाे ठहर छ।
महासंघले जारी गरेकाे प्रेस विज्ञप्तिमा लेखिएकाे छ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व। श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’
यसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले गरिसकेका छन । आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवी आफुहरूले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेका छन् र उनीहरूको परिवार बीच अन्य कुनै प्रकारको झै-झगडा समेत नरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पुजारी हत्या सम्बन्धमा प्रकाशित पछिल्ला सामाग्रीहरु
१) नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री
२) १३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न
३) UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)
४) UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग
यसर्थ, घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास भएको हाम्रो ठहर छ । प्रहरी प्रतिबेदनलाई तत्काल खारेज गरी हत्याको छानबिनका लागि बिशेष समिती बनाई वास्तविक दोषी र घटनाको बास्तविकतालाई यथाशिघ्र सार्वजनिक गर्न हामी केन्द्र सरकार गृह मन्त्रालयसङ्ग माग गर्दछौ । त्यस्तै, स्व.सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाही गर्न समेत हामी माग गर्दछौं ।
पुजारीका हत्यामा सम्लग्नलाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एवम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथी कारबाही गर्न गृह मन्त्रालयलाई हामी गम्भीर हुन आग्रह गर्दछौं । हाम्रो आग्रहलाई वेवास्ता गरिए हामी यस कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिने एबम खबरदारीका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं भनी विज्ञप्तिमा लेखिएकाे छ ।
त्यस्तै महासंघकाे कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ? सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दु विरोधि सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए ।
नेपाल विश्व हिन्दु महासंघद्वारा जारी विज्ञप्तीको पूरा पाठ
घटनासँग सम्बन्धित अघिल्ला भिडियो रिपोर्टहरुः