Lifestyle Portal
  •   २१ मंसिर २०७८, मंगलवार

प्रहरी कर्मचारीको आचारसंहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक

२८ भाद्र २०७७, आईतवार २२:५६

लोकप्रिय

काठमाडौं, २८ भदौ, २०७७ । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक तथा नेपाल प्रहरी कार्ययोजना २०७७ को कार्यान्वयन Tracking Software शुभारम्भ भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक गर्नुभएको छ । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७७ को कार्यान्वयन Tracking Software समेत सोही अवसरमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सबैको साझा शत्रुको रुपमा कोभिड-१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।

सबै तस्वीरः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ