Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

स्वास्थसेवामा रोवोट प्रविधी अनि आर्टिफिसीयल इन्टेलिजेन्स

२९ भाद्र २०७७, सोमबार ००:२१

लाइभमाण्डू । विश्वप्रसिद्ध स्वास्थसेवा एवं अध्ययनको थलो, मायोक्लीनीकले स्वास्थसेवामा रोवोटीक प्रविधी अनि आर्टिफीसीयल इन्टेलिजेन्सले अबका बर्षमा धेरै परिवर्तन अनि नवप्रर्वतन आउने तथ्य प्रकाशित गरेको छ । मुख्यतया शल्यचिकित्सक अर्थात सर्जनहरुको कार्यलाई रोवोटीक प्रविधीले अझै सहज, सुलभ अनि सहजै संग कठीन तथा लामा समयमा शल्यक्रिया गर्न सक्ने जनाएको छ । अहिलेसम्म घुँडाको स्थानान्तरण शल्यक्रिया, ढाडको शल्यक्रिया लगायत व्यबहारीक स्वास्थहरुमा रोवोटहरु को उपस्थिती, प्रयोग बहुतै उपयोगी साबित भएको छ । केही हप्ता अघि बेलायतमा प्रोस्टेट क्यान्सरको सर्जरी नै चिकित्सकले रोवोट मार्फत गरेका अनि शल्यक्रिया अझ सहज अनि कम पीडादायी भएको चिकित्सक स्वयमले बताएको खबर अलजजिरा च्यानलले देखाएको थियो ।

यसक्रममा पहिले बिरामीको शरीरमा प्राविधीक चिप्स हालेर रोवोटका मार्फत शल्यक्रिया गरेको भिडीयो देखाइएको छ, शल्यक्रिया गर्ने चिकित्सक स्वयमले पनि आँखाको शल्यक्रिया गर्दा रोवोट मार्फत थप सहज अनि सुलभ शल्यक्रिया गरेको बताएका थिए । रीक पोपर्ट नाम गरेका यि मुत्ररोग विशेषज्ञ स्वयमले १० बर्ष अघि नै आफूले गराएको आँखाको लेजर सर्जरीमा रोवोट प्रयोग गरिएको बताएका हुन् । एकजना सर्जनका अनुभवका आधारमा डाक्टर रीकले रोवोटीक ज्ञानका आधारमा शल्यक्रिया अब झन छिटै, अझ प्रभावकारी अनि कम पीडादायी ढगंले हुन सक्ने बताए । अझ यस प्रविधीले शल्यक्रिया गरेमा मान्छेको जिवन रक्षात्मक समयको थप सदुपयोग हुने र शल्यक्रियामा एउटा वरदान नै हुने बताइन्छ ।

हुन त रोवोटीक प्रविधीको स्वाद हामीमध्य धेरैले चाखिसकेका हुनसक्छौं, हवाईजहाज मा अटोपाईलट पनि रोवोटीक या अटोमेटेड तवर नै हो जहाँ जहाजलाई पाइलटले भन्दा प्रविधीले उडाइरहेको हुन्छ ।

ए आई अनि रोवोट ज्ञानको अर्को पक्ष भने वृद्धवृद्धाको ख्याल राख्ने अनि हेरचाहको लागि धेरै रहेको बताइन्छ । हामीले अत्यन्त माया गर्ने हाम्रा अघिल्ला पुस्ताका वृद्धवृद्धा लाई हिडडुलमा सहयोग गर्ने, उठाउने, दिशापीसाब गर्दा सहयोग गर्ने नि सहारा दिने रुपमा पनि यस्ता यन्त्र मानवहरुको प्रयोग भइरहेको अनि बिकास पनि गरिरहेको बताइन्छ । लवरेन्स ली नामक बेलायती पत्रकारले बनाएको अलजजिराको यस रिपोर्टमा रोवोटको सेवामा मानविय समवेदना नहुने कारणले अहिले बिकसीत देशहरुको स्वास्थ उपचार अनि हेरचाह क्षेत्रमा रोवोटको प्रयोग बिवाद अनि बहसको पनि बिषय रहेको उनी बताउदछन् । माया र ख्याल गर्ने दायित्व मेसीनलाई आउटसोर्स गर्न हुन्छ त ? बहसको बिषय हो, उनी भन्दछन् । उत्तरी लण्डनका एउटा वृद्धाश्रमका सञ्चालक सन्जीव कनोरियाका अनुसार रोवोटहरुको प्रयोगले वृद्धवृद्धाहरुमा भएको बिर्षने बानी अनुरुप दैनिक कुराहरु सम्झाउन सहयोग गर्दछ । कसैले दैनिक गर्ने केही कुरा भुलेपनि रोवोटले त्यो कुरा सम्झाउन सहयोग गर्ने अनि व्यक्तिगत आनीवानीको ध्यान राख्दै व्यक्तिपरक सेवा दिन सहयोग हुने उनले बताए । कुनै कुरा बिर्सने अनि पछि संझना आएर मैले भुलेछु भन्ने संझना आउँदा वृद्धवृद्धामा धेरै भावनात्मक संवेग अनि आत्मविश्वासको कमी हुने गरेको मा रोवोट ले त्यो परिस्थिती आउन नदिने सन्जीवले बताए । केही रोवोटहरु सामान्य प्रश्नोत्तर गर्न सक्ने अनि उनीहरुमा जडीत कम्यूटर मार्फत वृद्धवृद्धाका आफन्तसंग सहज भीडीयो कल गर्न सकिने आले पनि भएकाले वृद्धवृद्धाको जिवन एक्लो भइहाल्न नपाउने दावी पनि गर्दछन सञ्चालक सन्जीब ।

अरु जेसुकै गर्न सके पनि रोवोट हरुले माया गर्न सक्दैनन भन्ने प्रश्नमा वारवीक बिश्वबिधालयका मानविय मौलिक व्यबहार विशेषज्ञ टम सोरेलको आफ्नै धारणा छ । उन्का अनुसार विशेषत वृद्धवृद्धाहरु को ख्याल राखिने ठाँउमा जीवनको उत्तरार्धमा उनीहरुले मानविय स्पर्श अनि प्रेम र संवाद अपेक्षा गरेका हुन्छन् । यस्तो अपेक्षालाई संवोधन नगरि रोवोटको कार्य बृद्धाश्रम जस्तो संवेदनशील ठाँउमा हुन नहुने कुरामा उनले जोड दिए ।

व्यस्त बिश्वमा रोवोट अनि मेसीन ज्ञान एउटा मानविय प्रतिस्थापक प्रणाली भएको छ, जसको आफ्नै विशेषता अनि दुर्गुण छ । यर्थाथ त के हो भने बिश्वका धेरै बिकसीत देशमा स्वास्थ सेवाको क्षेत्रमा मान्छेहरुलाई रोवोटले प्रतिस्थापन गर्न थालिसकेका छन् । के थाहा कुनै दिन चिकित्सकनै बिनाको अस्पतालमा रोवोटको सेवा लिन हामी पनि पुग्ने पो हौं कि ?

मायो क्लीनीकको व्लग अनि अलजजिराको रिपोर्टमा आधारित

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय